ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

कोशीमा एमाले र राप्रपा मिले, सिटौलालाई चुनौति

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

बुटवल,८ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने लिखित सहमति भएको छ ।

एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो ।
कोशी प्रदेशमा हाल कोशीमा राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मत भार १९ रहेको छ । कोशी प्रदेशमा मतदाताको कूल मतभार १० हजार १३५ रहेको छ ।

कोशी प्रदेशको सबैभन्दा ठूलो पार्टी एमाले हो, जोसँग छन् ४० सांसद । त्यसपछि क्रमशः कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ प्रदेशसभा सांसद रहेका छन् । यी सबै गरेर प्रदेश सांसदहरूको कूल मत भार ४ हजार ९२९ हुनेछ ।

स्थानीय तहतर्फ यस प्रदेशमा १३७ वटा पालिका रहेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली कांग्रेसका ११३ जना प्रमुख–उपप्रमुख छन् । दोस्रोमा एमालेका ११२, माओवादीका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४(४ र स्वतन्त्र ३ जना रहेका छन् । कुल मिलाएर स्थानीय तहका २७४ जनप्रतिनिधिको जम्मा मत भार ५ हजार २०६ रहेको छ ।

प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४ हजार ६९९ हुने छ । यद्यपि सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टी रहेकाले गठबन्धनका उम्मेदवार कृष्ण सिटौलालाई चुनौति हुनसक्ने देखिएको छ । यसअघि जसपाको हेमराज राई पनि गठबन्धनको स्पष्ट वहुमत हुंदाहुंदै पराजित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?