ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

सिद्धार्थनगरमा नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

बुटवल, १८ असोज ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले पुरानो नक्सा पास नभएका भवनहरुको अभिलेखीकरण गरी घर नक्सा अभिलेखीकरण प्रमाणपत्र वितरण सुरु गरेको छ ।

नगरवासीहरुले घर बनाएर नक्सा पास नगर्दा विभिन्न निकायमा समस्या भोग्न थालेको गुनासो प्राप्त भएपछि नगरपालिकाको कार्यालयले पुरानो नक्सा पास नभएका भवनहरुको नक्सापास नियमित गर्ने सम्बन्धी विशेष कार्यविधी २०७७ (प्रथम संसोधन २०७९) र नगरपालिकाको स्वीकृत भवन तथा योजना मापदण्ड २०७२ अनुसार घर नक्सा अभिलेखीकरण गरी प्रमाणपत्र वितरण सुरु गरेको हो ।

बिहिवार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अभिलेखीकरणका लागि दर्ता भएको नगरपालिका वडा नं. ३ स्थित धरधनी सिता बोहरा क्षेत्रीको निवेदनको घर नक्सा अभिलेखीकरण प्रमाणपत्र परिवारको सदस्यलाई प्रदान गरेर वितरण कार्यको सुरुवात गरेका हुन् ।

जसका लागि कार्यालयले ०७९ चैत १७ गते ९० दिन म्यादको सार्वजनिक सूचना जारी गरेर मापदण्ड अनुसार नगरपालिका क्षेत्रभित्र निर्माण भएका तर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त नभएका (सार्वजनिक मापदण्डका कारण नक्सापास नभएका बाहेक) ०७८ चैत १५ अघिसम्मका आवसीय घर तथा भवनका संरचनाहरुको नक्सा नियमित वा अभिलेखीकरण गराउनका लागि आह्वान गरेको थियो ।

सूचना पश्चात म्याद अवधीमा घर नक्सा अभिलेखीकरण गराउनका लागि ४८ वटा निवेदन दर्ता भई नियम अनुसार कार्य भइरहेको सिद्धार्थनगर नगरपालिकाका भवन तथा नक्सा शाखा प्रमुख मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

दर्ता भएका निवेदनहरुमा कार्यवाही भइरहेको र क्रमशः अन्य घरधनीहरुलाई पनि मापदण्ड अनुसार अभिलेखिकरण प्रमाणपत्र उपलब्ध गराइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

पुरानो घर नक्सा पास नगरेका नगरवासीले समस्या भोग्न थालेपछि आफुहरुले नगरवासीको हितमा समस्याको निकास निकालेर कार्य गरिरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

‘घर निर्माण गरिसकेको तर मापदण्ड अनुसार भएपनि कार्यालयबाट निर्माण सम्पन्न प्रमाणपत्र नलिएका नगरवासीहरुले दुःख पाएको गुनासो आउन थालेपछि हामीले नगरवासीको हितमा नक्सा सम्बन्धी कार्यविधी संसोधन गरेर भवन तथा योजना मापदण्ड अनुसार अभिलेखीकरण गरी निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्न थालेका हौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘यस कार्यले समस्यामा परेका नगरवासीहरुको समाधान गर्ने प्रयास गरेका छौँ ।’

घर नक्सा अभिलेखीकरण प्रमाण पत्र प्राप्तीपछि घरधनी परिवारका सदस्य विजय बोहरा क्षेत्रीले नगरपालिकाले गरेको कार्यको प्रशंसा गरे । उनले अभिलेखीकरण प्रमाण पत्र नहँुदा आफुहरुलाई धेरै समस्या परेको बताउँदै अब प्रमाणपत्र प्राप्तीपछि धेरै सहज हुने बताए ।

‘घर नक्सा सम्बन्धमा नगरपालिकाले धेरै राम्रो काम गरेको छ’ उनले भने, ‘प्रमाण पत्र नहुदाँ धेरै समस्या भोग्नु परेको थियो, नियमअनुसार नै प्रमाण पत्र पाउँदा अब रोकिएका सबै काम हुने भए, हामी खुशी छौँ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?