ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

जघन्य अपराधका दोषीलाई आममाफीबारे राष्ट्रपतिलाई ध्यानाकर्षणपत्र

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

बुटवल,१५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल ९रिगल० लाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएको हो ।

आममाफीको विरोधमा राष्ट्रपतिकहाँ ध्यानाकर्षण पत्र लिएर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू शीतलनिवास पुगेका थिए ।

रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी, मुलतबी परिवर्तन वा कम गर्ने व्यवस्था विगतदेखि नै गलत प्रयोग भइरहेको उल्लेख गरेको छ ।

राष्ट्रपतिकहाँ बुझाएको ध्यानाकर्षणपत्रमा यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भएपनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ भनिएको छ ।
त्यसो त आइतबारको प्रतिनिधिसभाको बैठकमा पनि सभापति लामिछानेले आममाफीप्रति आपत्ति जनाउँदै राष्ट्रपतिले दिनदहाडै मान्छे काट्नेलाई छाडेको खुशीयालीमा पाटी गरेको आरोप समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?