ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
पालिका खबर

स्वास्थ्य क्षेत्रमा ‘तरक्की गर्दै’ मर्चवारी

२९ भाद्र २०८०, शुक्रबार ०६:०२
२९ भाद्र २०८०, शुक्रबार ०६:०२

मर्चवारी, २९ भदौ। रूपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउँपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान सहितका कार्यक्रम ल्याएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउँपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।

स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरू पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको मिहेनत र परिश्रमले गाउँपालिकाले उक्त स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरूको हौसला गाउँ कार्यपालिकाले बढाउन एक कार्यक्रमको आयोजना गर्न सम्मान गर्नेछ, उनले भने, जिल्ला भित्र बुटवल उपमहानगर, सदरमुकामको सिद्धार्थ नगरपालिका जस्ता क्षेत्रलाई उछिन्दै सिमावर्ती क्षेत्रको र्मचवारी गाउपालिका सेवा प्रवाहमा उत्कृष्ट हुनु समग्र मर्चावार क्षेत्रकै एउटा पहिचान बनाएको छ । यसमा हामी गौरवान्वित छौं, उनले थपे, यो अवस्थालाई कायम राख्नका लागि स्वास्थ्यकर्मीहरू अब निरन्तर काम गरि नै रहुन भन्ने हाम्रो चाहना हो । सबै स्वास्थ्यकर्मीहरूले उत्तरदायित्व बहन गर्दै ग्रामिण जनतालाई सेवा पु¥याउँदै आएका छन् । गाउँपालिकाले सिमित साधन स्रोतले अधिकतम सेवा प्रदान गर्ने गरेको छ ।

उनका अनुसार गत बर्ष स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले पनि लगानी बढाएको थियो । स्वास्थ्य संस्थाका कर्मचारीहरूले गाउँपालिकाले लिएको लक्ष्य अनुसार नै काम गरेको परिणाम स्वरूप जिल्लामा पहिलो भएको प्रमाण हो । नेपाल सरकारको ससर्त स्वास्थ्य कार्यक्रम बाहेक गाउँपालिकाले पनि स्वास्थ्य क्षेत्रका विभिन्न १६ वटा उत्कृष्ट कार्य गरेको तथ्याँकले देखाएको छ । जस्मा पुर्ण सस्थागत प्रसुती सेवायुतm जिल्लाको पहिलो स्थानिय तह सुनिश्चिता घोषणा गरेको थियो । मर्चवारीका सबै स्वास्थ्य सस्थालाई पोषणमैत्री स्वास्थ्य सस्था सुनिश्चितता घोषणा गरेको थियो ।

बालिका विमा योजना ल्याएर १ सय ८३ जनालाई जनही रु.२०,००० का दरले जम्मा गरि कुल रु.३६ लाख ६० हजार लगानी गरि बालिकाको शुरक्षार्थ बिमा गरिएको छ । त्यसै गरि जिल्ला भित्र कुनै पनि स्वास्थ्य सस्था वा अस्पतालमा २ वटै एम्बुलेन्सबाट पुर्याउनका लागि १ हजार १ सय ४२ जना आम नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो । पालिकाबाट महिला स्वास्थ्य सेविका (एफसिएचभि) हरूालाई प्रति महिना खोप क्लिनिक, गाउघर क्लिनिक, आमा समूहको बैठक र समिक्षा प्रगति समिक्षामा भाग लिए वापत रु.१ हजारका दरले जम्मा गरि ६ लाख ६० हजार प्रोत्साहन स्वरूप प्रदान गरेको थियो । रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अब्यस्थित रहेको जग्गाालाई रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको नाममा कित्ता नं.५११ को ५ विघा ६ कट्ठा १० धुर जग्गा दर्ता गरिदिएको छ ।

यसैगरि प्राथमिक आँखा उपचार केन्द्र मर्चवारी २ अमवामा स्थापना गरि सञ्चालनमा ल्याएको अध्यक्ष बरईले जानकारी गराए । गाउपालिकाको ७ वटै स्वास्थ्य संँस्थाहरूलाई आवश्यकता अनुसार सोफाथ्रिसिटर,दराज,टेबल,कुर्सि,बेन्च,डेस्कटप,प्रिन्टर प्रदान गरिएको थियो । एन्टि रेबिज खोप असोज महिनामा सञ्चालनमा ल्याई कुल ४ सय जनालाई रेबिज खोप दिइएको थियो । बगौली स्वास्थ्य चौकीको जिर्ण भवनलाई मरम्मत सम्भार गरि रंगरोगन गरिएको थियो । स्वास्थ्य सेविका र स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन प्याकेज ल्याई परिवार योजना शिविरबाट ७५ जनालाई स्थाई बध्याकरण सेवा गराउन सहयोग गरिएको थियो । बैकल्पिक सौर्य उर्जाको लागि समन्वय गरि रायपर प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत ब्याकअपका लागि सोलार जडान गरिएको थियो ।

त्यसै गरि रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको तालिम हललाई सुविधा सम्पन्न बनाइनुका साथै १६ देखी २३ महिना भित्र ६ सय ३३ जना बालबालिकालाई पुर्ण खोप सुनिश्चिता गरिएको गाउपालिकाले जनाएको छ । यि कार्यक्रमलाई निरन्तरता दिदै अझै पनि स्वास्थ्य सेवाका विभिन्न आयामहरूलाई पुरा गर्न गाउपालिका प्रतिवद्ध रहेको छ,अध्यक्ष बरईले भने,दुर्गमका जनतालाई पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखिएको छ । त्यस पछि अबको अभियान शैक्षिक सुधारको रहेको उनले बताए । एक जनाको पनि माध्यमिक तहको दरबन्दी नभएको यस पालिकामा गाउपालिकाकै सबै श्रोतले ब्यहोर्ने गरि पाँच वटा माध्यमिक तहको विद्यालय सञ्चालनमा छन । त्यसको ब्यवस्थापनका साथै माथिल्लो कक्षालाई छात्र छात्रा छुट्टयाउने गरि सेक्सन ब्यवस्थापनमा आफु लागेको बताए । यसका लागि शिक्षा शाखाले अग्रसरता लिएर काम गर्न लगाईने उनले बताए ।

नेपालको संविधान २०७२ ले स्थानिय सरकारको रूपमा रहेको स्थानिय तहको एकल सुचिमा माध्यमिक तहको शिक्षा र आधारभुत स्वास्थ्य राखेका कारण स्थानिय तहले पहिलो चरणमा एकल सुचिमा राखिएका कार्यक्रमलाई प्राथमिकतामा राखि काम गर्नु पर्ने हुदा यो मर्चवारी गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । त्यस पछि कृषि,रोजगार र स्थानिय पुर्वाधारलाई पनि जोड दिइएर काम गर्ने उनले जानकारी गराएका थिए । पहिलो बर्षमा स्वास्थ्य क्षेत्रमा लगानी गरि जिल्लामा पहिलो हुन सफल भइएको छ, उनले भने, अब स्वास्थ्यको सोही अवस्था कायम राख्दै शिक्षालाई पनि जिल्लामा उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहेको छ । यसका लागि सबै सरोकारवालाको सहयोग र साथ आवश्यक रहेको उनले औल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?