ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

गैंडहवालाई केन्द्र मानेर इलाका प्रशासन स्थापना गर्न माग

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

गैंडहवा, २६ भदौ ।

रुपन्देहीको गैंडहवा गाउपालिकामा पालिकास्तरीय सर्वदलीय बैठक सम्पन्न भाएको छ । बैठकमा सहभागीले शुद्धोधन गाउँपालिकामा ईलाका प्रशासन कार्यालय आउने भएपछि सैनामैना, कञ्चन, गैंडहवा, लुम्बिनीका जनतालाई सेवा लिन पायक नपर्ने भन्दै गैंडहवामै कार्यालय स्थापनाको माग गरे छन् । रुपन्देही जिल्लाको क्षेत्र नं. ५ भित्र गैडहवा गाउँपालिका पायक पर्ने भन्दै सहभागीले पायक पर्ने ठाउँमा ईलाका प्रशासन कार्यालय स्थापनको माग गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।

सर्वदलीय बैठकपछि जिल्ला प्रशासन कार्यलयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएको गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । आफ्नो ठाउँबाट आफुले अन्य पालिकासंग समन्वय गरेर जनताको चाहाना अनुसार ईलाका प्रशासन ल्याउन पहल गर्ने पौडेलले बताए ।

रुपन्देही क्षेत्र नं. ५ का संघीय सांसद वासुदेव घिमिरे, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ताले रुपन्देही क्षेत्र नं. ५ मा जनताको आवश्यकता अनुसार ईलाका प्रशासन कार्यलय आवश्यक रहेको बताउदै लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाको सहमति अनुसार गैडहवाको कुनै पनि ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरी पहल गर्ने बताएका थिए ।

बैठकमा विभिन्न पालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुद्धोधन गाउँपालिकामा ईलाका प्रशासन कार्यालयको सेवा लिन असहज हुने, पायक नपर्ने भन्दै भैरहवा नै जान तयार भएको बताएका छन् । यस विषयलाई लिएर लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाँउपालिका गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका, मायादेवी गाउँपालिकाको दुईवटा वडालाई समेत समेटर ईलाका प्रशासन माग गर्ने निर्णय सर्वदलीय बैठकले गरेको गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?