ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

मेयरको निर्वाचनमा बोलेअनुसार काम गरेको दाबी, जनताले के भन्छन कुन्नी ?

२५ असार २०७७, बिहीबार
२५ असार २०७७, बिहीबार

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धता अनुसार काम गरेको दावि गरेका छन् । तिन वर्ष पुरा गरेको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले विहिवार तुलसीपुरमा गौरव पुर्ण तिन वर्ष र आगामी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनको समयमा आफुहरुले गरेको प्रतिवद्धता अनुसार काम गदै आएको बताएका हुन् ।
मेयर पाण्डेले “खुसी जनता – समृद्ध तुलसीपुर” “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर” को अभियानमा रहेको बताएका छन् । उनले उपमहानगरपालिकालाई देशकै नमूना स्थानीय सरकारको रुपमा स्थापित गर्ने दुरदृष्टिका साथ आफुहरुले काम गरिरहेको बताएका छन् । आफुहरुले जिम्मेवारी सम्हाले देखी मुलुकले अनुसरण गर्ने खालका केहि नयाँ योजना र कार्यक्रमहरु अगाडी बढाएको उनले दावि गरे । कोभिड १९ को संक्रमणका क्रममा संक्रमितको संख्या वढ्न नदिन र कोहि भोक भोक बस्न नपरोस् भनेर विभिन्न योजनाहरु अगाडि बढाएको उनले बताएका छन् । एकाएक विश्वलाई नै समस्यामा पार्ने गरी आएको कोभिड १९ को महामारीलाई नियन्त्रण तथा व्यवस्थापनमा सिमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण र अलपत्र अवस्थामा देश तथा विदेशमा रहेका नागरीकहरुलाई घरसम्म ल्याउनुका साथै रोजगारी गुमेर घरको चुलो नबल्नेहरुको चुलो बाल्नमा सफल भएको उनको दावी छ ।

निर्वाचनको समयमा नागरिकसंग प्रतिबद्धता गरे अनुसार नै तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय, मेट्रो कलेज, लगायतका वृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको, तुलसीपुरको पहिचानका रुपमा तुलसी टे«ड टावरको डिपिआर समेत भएर नगर विकास कोषबाट ऋण स्वीकृत हुने चरणमा रहेको, जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई यो आर्थिक वर्षबाट अगाडी बढाएको, चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिईएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार बनाएको, मेसनरी समान खरिद गरेको उनले बताए । उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर बनाउने अभियान अन्तर्गत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिब ८ सय घर खरको छानोमुक्त भइसकेको उनले जानकारी दिएका छन् । अन्य ७ सय ५० घरका लागि टेण्डर प्रक्रिया भइ जस्तापाता खरिद भइसकेको लगाएतका थुप्रै उपलब्धीमुलुक कामहरुको बारेमा जानकारी दिईएको छ ।

त्यस्तै मेयर पाण्डेले तुलसीपुरलाई आगामी बर्षदेखी पेपरलेस उपमहानगरवनाउनाकोलागी तयारी पुरा भएको जानकारी दिएका छन् ।

उपमहानगरका मेयरले यस्तो दाबी गरेपनि जनताले भने उपमहानगरको कामलाई कसरी हेरेका छन्, यो भने सुन्न बाँकी नै छ ।

उनका अनुसार नयाँ आर्थिक बर्षको सुरुवातदेखी नै उपमहानगरपालिकामा हुने वित्तिय कारोवार बैङ्क मार्फत गराउने तयारी भएको छ । त्यसका लागी उपमहानगरपालिकामै बैङ्कको काउन्टर स्थापना हुने उनेले बताए । २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिधिहरुले असार २५ गते जिम्मेवारी सम्हालेका थिए । पाँच वर्षको लागी निर्वाचित जनप्रतिनिधिहरुको अझै दुई वर्ष बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?