ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

उपमहानगर भन्छ ‘नहर सफाइ’ स्थानीय भन्छन् ‘नदि दोहन’

२५ असार २०७७, बिहीबार
२५ असार २०७७, बिहीबार

बर्षायामको मौसम शुरु हुने अवस्थामा रहेको बेला नगरपालिकाले नै नदी दोहन गरेको हुँदा समयमै नगरपालिकाको ध्यान जानुपर्ने स्थानिय जानकारहरु बताउँछन ।
 
नदी सफाईको नाममा नदिजन्य बस्तु उत्खनन् गरी विक्रि वितरण गरेको भन्दै बुटवलको तिनाउ नदि किनारमा रहेका स्थानियहरुले विरोध गरेका छन ।
बुटवल उपमहानरपालिकाले सोह्र छत्तीस मौजा सिंचाई उपभोक्ता समितिको वाँध निर्माण स्थल बुटवल–३ पुलमा नहर सफाईको नाममा नदिजन्य बस्तु उत्खनन् गरेर विक्रि वितरण गरेको भन्दै पुलचोक टोल विकास संस्था, नागरिक समाज तथा सरोकारवाला निकायले विरोध गरेका हुन ।
बुटवल उपमहानरपालिकाले सोह्र छत्तीस मौजा सिंचाईको मुख्य बाँध स्थलको सफाई र सफाईबाट निस्कीएको नदिजन्य पदार्थ निकाल्नको लागि सुर्य किरण कन्टक्सन प्रा.लि. ले ७ लाख २६ हजारमा लिलामीमा ठेक्का दिएको छ ।
यसरी लगाइएको ठेक्का अनुसार ठेकेदारले अहिले नदिजन्य बस्तु उत्खनन् गरी

विक्रि वितरण गर्दै आएको छ । स्थानिय तिनाउ नदिका जानकार तथा समाजसेवी विमल बहादुर शाक्यले केही रुपैयाँको आर्थिक लोभमा बुटवल उपमहानरपालिकाले गंभीर त्रुटी गरेको बताउँछन् । उनले भने–‘केही रुपैयाँ लोभमा अमूल्य जनताको धन जनको क्षति गर्ने अधिकार नगरपालिकालाई छैन ।’

विगतका बर्षहरुमा पनि यसरी सोह्र छत्तीस मौजा सिंचाई उपभोक्ता समितिको वाँधको सरसफाई हुने गरेको र सरसफाईबाट निस्कीएको नदिजन्य बस्तु तिनाउ नदिमा नै फाल्ने गरीएकोमा यो बर्ष भने नगरपालिकाले ठेक्का नै लगाएर नदिजन्य बस्तु उत्खनन् गर्नु आफैमा लाजको विषयमा भएको जानकार तथा समाजसेवी विमल बहादुर शाक्यले बताए । यसमा अर्थ रहेको उनको भनाई छ ।

उनका अनुसार यसरी उन्खनन् गरिएको नदिजन्य बस्तुको कारण नदि किनारामा बस्ने व्यक्तिहरुको घरबास नै उठीबास हुने समय नआउला भन्न नसकीने अवस्था रहेको छ । विगतमा दिनहरुमा पनि तिनाउ नदिमा ठुलो बाँढी आउने गरेको यसबाट लाखौ, करोडौ रुपैयाँ बराबरको क्षती भएको भन्दै यो तर्फ सोच्नको लागि उनले आग्रह समेत गरे ।

बुटवल उपमहानरपालिका वडा नम्बर ३ पुलचोक टोल विकास संस्थाका अध्यक्ष राजु पौडेलले विगत केही दिन देखि निरन्तर रुपमा तिनाउ नदिको दोहन भैरहेको भन्दै यसको विरोध गरिएको जानकारी दिए । उनले स्थानिय टोल विकास संस्थाले यो विषयमा आफै नै जागरुक भएर केही अनुपातमा निकालिएको नदिजन्य बस्तुलाई रोक्ने काम गरिएको तर पछिल्लो दिनमा भने ठेकेदार कम्पनीले आफुले पैसा तिरेर बस्तु लैजाने गरेको भन्दै यो विषयमा नगरपालिकामा नै विरोध गर्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिका लोभले लाभ, लाभले विलाप हुने अवस्था आउन नदिनको लागि खासमा यो विषयमा गम्भिर हुनुपर्ने अवस्था आएको अध्यक्ष राजु पौडेलको भनाई रहेको छ । स्थानि सरोकारावाला व्याक्ति तथा रुपन्देही नागरिक समाजका अध्यक्ष खगेन्द्र पौडेलले खासगरी नहर सफाई गरि निस्कीएको नदिजन्य पद्धार्थलाई नदिमा नै मिसाएर नदिको वाहव कम गर्ने तर्फ लाग्नुपर्ने बाताउँछन । उनले नदि तटबन्द गर्नुको सट्टा उल्टै उत्खनन गरेर विक्रि वितरण गर्नु आफैमा लज्जाको विषय भएको बताए ।

विगतका बर्षहरुमा पनि सिंचाई डिभिजन कार्यलय बाट स्वीकृत लिएर करिव ३ सय घनमिटर मात्रै नदिजन्य बस्तु निकालेर सोही नदीमा नै राख्ने गरिएकोमा अहिले पनि ति नदजिन्य बस्तु विक्री वितरण गरिएको थियो । बर्षायामको मौसम सुरु हुने अवस्थामा रहेको बेलामा नगरपालिकाले नै नदी दोहन गरेको भन्दै यसमा समयमा नै नगरपालिकाको ध्यान जानुपर्ने स्थानिय जानकारहरु बताउँछन ।

१६/३६ सिचाई आयोजनाबाट उपमहानगरपालिकामा नहर सफा गर्न निवेदन आएपछि उपमहानगरपालिकाले लिलामी प्रक्रियाबाट नहर सफा गर्न सूचना नै प्रकाशित गरेको छ । सूचना अनुसार बाधलाई पुरानै अवस्थामा ल्याउने गरी सुर्य किरण कन्टक्सन प्रा.लिले ७ लाख २६ हजारमा लिलामी पाएको थियो ।
त्यहि अनुसार अहिले कन्टक्सनले नदिजन्य पदार्थ बाधबाट निकालेको उपमहानगरपालिकाले बताएको छ । बाध सफा गर्दा बस्ती जोखिम हुने नभई बस्ती अझ सुरक्षित हुने र नदिमा फाल्नुभन्दा आयस्रोतको रुपमा उपयोग गर्ने योजना अनुसार नदिजन्य पदार्थ लिलामी गरिएको उपमहानगरपालिकाको   दावी छ ।

यता, बुटवल उपमहानरपालिकाका बरिष्ठ अधिकृत विष्णु खनालले लिलामी दिदा उपमहानगरपालिकाले नहरको ढलानसम्म रहेको नदिजन्य पदार्थ सम्बन्धित क्रेताले लैजान पाउने र खोलामा भने पस्न नपाउने सम्झौता गरेको जनाकारी दिए । यस अघि तिनाउ नदि दोहन हुँदा नदीको सतह ४ देखि १५ मिटरसम्म गहिरिनाले जोखिम बढेको अवस्थामा बाध सफाईका नाममा नदिजन्य पदार्थलाई विक्रि गरी आयस्रोत बनाउँदा खोला बस्तीमा पस्न सक्ने स्थानियको भनाई छ ।

जलस्रोत ऐन २०४९ अनुसार नदीजन्य वस्तु निकाल्दा उपकरण प्रयोग गर्न नपाइने प्रावधान छ तर सम्बन्धित निकायबाट यसको पालना नभएको आरोप स्थानियको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?