ट्रेंडिंग:

>> भागबन्डा मिलाउन चार सदस्यीय कार्यदल >> अब के होला लुम्बिनीको शिखर सम्मेलन ? रोक्न एमालेको माग >> भलाई कोषद्वारा स्वर्ण महोत्सवको लोगो सार्वजनिक >> प्रदेशमा पनि सरकार फेर्ने माओवादी निर्णय >> राप्रपा नयां गठबन्धनमा नअटाउने >> नयां गठबन्धनमा नेकपा एस पनि ! >> अर्थमन्त्री नपाएपछि माओवादीले गठबन्धन फे-यो : कांग्रेस >> सत्ता गठबन्धन भत्कियो, एमाले र रास्वपा आजै सरकारमा जाने >> सत्ता गठबन्धनको बैठक स्थगित >> नेकपा एमालेले बोलायो सचिवालय बैठक, राजनीतिमा एकाएक तरंग >> नयां सत्ता गठबन्धनको पक्षमा १५७ सांसदहरुको समर्थन ! , आज ८ बजे बस्ने गठबन्धनको वैठक निर्णायक >> चिकित्सक दिवसमा सम्मान, मुखपत्र विमोचन तथा अन्तक्र्रिया >> प्यूठानका सांसद सूर्य थापासँग २४ घण्टा >> मायादेवीमा दादुरा–रुबेला खोप अभियान सुरु >> स्थानीय तहको कार्यसम्पादनमा प्रश्नः गतसाल उत्कृष्ट अहिले फेल ! >> विवादको घेरामा लुम्बिनी सम्मेलन >> ‘जीवन बाँच्न जीवन बदल्न जान्नुपर्दछ’ >> मुद्दा मामिला भन्दा ‘मेलमिलापमा’ प्राथमिकता >> गण्डकमा बगर खेतीलाई प्रोत्साहन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विश्वमै दुर्लभ तीन महिने महायज्ञ निलकण्ठ बाबाधाममा चल्दै >> लुम्बिनीको शिखर सम्मेलनबारे संघीय संसदमा उठ्यो प्रश्नः सम्मेलन रोक्न एमालेको माग (भिडियोसहित) >> राजनीतिक र आर्थिक संकट समाधानका लागि संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी >> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान
प्रदेश खबर

‘संकटमा मिडिया बचाउ’

८ असार २०७७, सोमबार
८ असार २०७७, सोमबार

प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले विश्वमा महामारीको रुप लिएको कोभिड १९का कारण संचार गृहहरु संकटपूर्ण घडिमा गुज्रिएको जनाउदै बचाई राख्न सरकारसंग आग्रह गरेको छ । जनतालाई सुसुचित गर्ने आफ्नो कर्तव्यवाट कहिल्लै विमुख नभएका संचार गृहहरु कोभिड १९को चपेटामा परेको जनाउदै समाजले रुपन्देहीका संचार माध्यमहरुलाई बचाउन आवश्यक कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष नवराज कुंवर र सचिव माधव नेपालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा सरकारले गरेको लकडाउनले संचारमाध्यमहरुको एक मात्र आर्थिक स्रोत विज्ञापन वजार अहिले तहस नहस र ठप्प भएको र घरभाडा विजुली देखि संस्थामा कार्यरत पत्रकार, कर्मचारीहरुलाई मासीक तलव दिन नसक्ने अवस्था सन्निकट आएको उल्लेख गरिएको छ ।

‘यो कठीन घडीमा हामी प्रदेश तथा स्थानिय सरकार समक्ष आग्रह गर्दछौ तपाईहरुले आफ्नो उत्तरदायित्व संझनुहोस । अविभावकीय जिम्मेवारी वोध गर्नुहोस । र हामीलाई सरकारवीहिन नागरिकको जस्तो दर्जावाट मुक्त गर्नुहोस ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । समाजले प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेका स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूको आधारमा कम्तिमा ४ करोड लागतको सूचना स्थानीय, १० करोड लागतको सूचना प्रदेश र १० करोड माथिको सूचना राष्ट्रिय सञ्चार माध्यम मार्फत प्रकाशित प्रशारित गर्ने गरी सार्वजनिक खरिद ऐन¸ २०६३ संशोधन गर्न समेत माग गरेको छ ।

‘संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा अहिले सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ । सार्वजनिक खरिद ऐन–२०६३ को दफा १४ र्मा बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिनेछ ।’ भन्ने मौजुदा ऐनमा भएको यो दफा संघीयताको मर्म विपरीत छ ।
यसका कारणले मोफसलमा रहेका मिडियाहरु सरकारी विज्ञापनबाट वञ्चित भएका छन् । मोफसलमा रहेका मिडियाहरुले अझै पनि संघीयताको महसुस गर्न सकेका छैनन् । यसको संशोधन हुन जरुरी छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?