ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
प्रदेश खबर
स्थानीय खबर

बजेट अधिवेशनको तयारीमा बर्दघाट

१० बैशाख २०८०, आईतवार ०६:२२
१० बैशाख २०८०, आईतवार ०६:२२

नवलपरासी, बैशाख- जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो ।
लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता अभिवृद्धि गराउने र जनसहभागिता बढाउनका लागि कार्यसुचि सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाकारी गराए । कार्यसुची अनुसार सबै नगरबासीले कुन दिन के हुदैछ,भनेर थाहा पाउनेछन्,उनले भने,त्यसमा सहभागि भई आफ्नो सुझावहरु राख्ने छन् । यसले नगरसभामा प्रस्तुत गरिने कार्यक्रमहरु बढि भन्दा बढि प्रभावकारी हुने विश्वास लिईनेको उनको भनाई थियो । नगरको विकासमा नगर सरकारको नेतृत्व हो,तर विकासमा नगरराज्यका नागरिक सबै सहभागि हुन पाउनु पर्छ । त्यसमा नगरराज्यका सबै नागरिकको सहभागिताले मात्र नगरको विकास निर्माण सम्भव छ । सरकारले एकतार्फि रुपमा आफ्नो कार्यक्रम र बजेट बनाउने हो,भन्ने नागरिकको स्वामित्व कम हुन्छ,त्यसमा नगरबासीले गौरव गर्ने अवस्था पनि हुदैन् ।
जति विकास गरे पनि यदि नागरिकको स्वामित्व लिईने,गौरव गर्ने र आत्मसन्तुष्टी भएन भन्ने ति बिकासको सार्थकता हुदैन्,प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने,अहिले नगरपालिकाले विभिन्न १२ वटा अभियानहरु सञ्चालन गरिरहेको छ,त्यसमा नगरबासीको प्रत्यक्ष सहभागिता रहेको छ । यसले विकासको मुलधारमा नागरिक सहभागि बन्दै छन् । नगरसरकारको कार्तब्य अभियानमा नागरिकलाई सरिक गराउने मात्रै नभई बनाउने बजेट कार्यक्रमका लागि योजना तर्जुमामा पनि ति नागरिकहरुको सक्रिय सहभागिता आवश्यक पर्छ । यसले विकासमा सबै सहभागि र साझेदार बन्ने छन् । यसले नागरिकलाई सन्तुष्टी समेत प्राप्त हुनेछ ।
उनका अनुसार बैशाख १ गते देखी ६ गतेसम्म कार्यतालिका निर्माण गर्ने काम थियो र त्यसको जिम्मेवार योजना शाखा रहेको थियो । ७ गते देखी १२ गतेसम्म विषयगत समितिको बैठक र नीतिगत पृष्टपोषणको समय रहेको छ,त्यसको जिम्मेवारी नगरका सदस्य सचिव अर्थात प्रमुख प्रशासकिय अधिकृतको रहेको छ । त्यसै गरि बैशाख ७ गते देखी १३ गते कै अवधीमा राजश्व परामर्श समितिको बैठक र अन्तिम प्रतिवेदन तयारी गर्ने कार्य पनि तोकिएको छ । त्यसको जिम्मेवार राजश्व शाखालाई दिईएकोछ । स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठक र बजेटको सिमा निर्धारण गर्ने कार्य बैशाख १४ गतेसम्म नै समय अवधि तोकिएको छ । सो जिम्मेवारी आर्थिक प्रशासन तथा योजना शाखाले लिइएको छ ।
त्यसै गरि बैशाख १४ गतेसम्म वार्ड स्तरमा पनि वडागत र शाखागत बजेट सिलिगँ(सिमा) र मार्गदर्शन निर्माण कार्य योजना शाखाले गर्दैछ । सरोकारवालासँग पुर्व बजेट छलफल कार्यक्रम बैशाख २३ हुने छ । सो कार्य प्रमुख प्रशासकिय अधिकृतले गर्ने छन् । बैशाख २४ गते कार्यपालिका बैठक बस्ने बैठकले बजेट सिलिगँ र मार्गदर्शन अनुमोदन गर्नेछ । २४ गते नै वार्ड समिति र शाखालाई बजेट सिलिगँ सहितको मार्ग निर्देशन उपलब्ध गराईने छ सो कार्य आर्थिक प्रशासन तथा योजना शाखाले गर्ने छ । २४ गते नै वडागत बजेट सहजीकरण टोली वडागत बजेट समयसारणी आदान प्रदान गरिने छ । तत्पश्चात बैशाख २७ गते देखी जेठ ८ गतेसम्म वार्ड समितिले वडास्तरिय योजना तर्जुमा गरि योजना प्राथमिकता निर्धारण गरि पठाउने छ । जेठ १० गते वार्ड समितिले पठाएको योजना प्राथमिकीकरण तथा योजना तर्जुमाबाट प्राप्त योजनाहरु विषयगत समितिमा पठाईने छ ।
वार्डबाट प्राप्त योजनाहरु विषयगत समितिमा पठाइए पछि सदस्य सचिवले जेठ १० गते देखी १५ गतेसम्म विषयगत छलफल चलाउने छन् । ति समितिबाट पास भई आएका योजनाहरु योजना शाखाले बजेट र कार्यक्रम सहितको निर्णय नगरप्रमुख समक्ष प्रस्तुत गर्नेछन् ।, त्यसको अवधी जेठ १९ देखी २० गतेसम्म रहने छ । योजना शाखाले २० गते नै नीति तथा कार्यक्रमको अन्तिम मस्यौदा पनि तयारगर्ने छ । जेठ २१ गते कार्यपालिकाको बैठकमा बजेट,योजना नीति तथा कार्यक्रम पेश हुनेछ । सो कार्य नगर उपप्रमुखले गर्ने छन् । कार्यपालिकाले अन्तिम टुगाँे लगाए पछि जेठ २६ गते नगरसभामा नीति तथा कार्यक्रम योजना शाखाले प्रस्तुत गर्नेछ । जेठ २९ गते कार्यपालिकाको बैठकबाट र नगरसभाबाट आएको सुझावहरु माथि छलफल र परिमार्जन सहित योजना शाखाले काम गर्नेछ ।
असार ३ गते हुने नगरसभामा उप्रमुखद्धारा बजेट प्रस्तुत हुनेछ । असार ६ गते नगरसभाबाट बजेट स्वीकृत हुने छ । नगरसभाले पास गरेको नीति कार्यक्रम तथा बजेट कार्यक्रमलाई सर्वसाधारणका लागि असार २५ गते प्रकाशन गर्नेछ । बजेट कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत असार २५ गते देखी ३१ गते भित्रमा योजना शाखाले गर्ने गरि कार्यतालिका सार्वजनिक गरिएको छ । ति सबै प्रकृयाबारे सर्वसाधारणलाई जानकारी होस भनेर सार्वजनिक गरिएको बताउदै प्रमुख प्रशासकिय अधिकृत सापकोटाले नगरका प्रत्येक नागरिकले अ आफ्नो जनप्रतिनिधी मार्फत आवश्यक सहयोग गर्नेमा पनि विश्वास ब्यतm गरिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?