ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
खबर

रामग्राममा बार्षिक ४१ करोडको बिप्रेषण

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

नवलपरासी,१२ चैत
जिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रीएको छ । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।

नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्राप्त गरेको विप्रेषण विवरणाको आधारमा सो तथ्याँक तयार पारिएको नगरपालिकको रोजगार शाखाले जनाएको हो ।

विदेश जानेमा सबै भन्द बढि मलेशियामा २६ प्रतिसत रहेका छन् । दोश्रो स्थानमा कतार र साउदी अरब रहेको छ । त्यहा १९/१९ प्रतिसत कमदार कार्यरतत छन् । त्यसै गरि तेश्रो स्थनमा यु.ए.इ दुबई रहेको छ,जहाँ १३ प्रतिसत कामदार गएको तथ्याँक छ । त्यसै गरि बिप्रेषण प्राप्त हुने अन्य देश मध्ये अमेरिका ५ प्रतिसत,कवेद ४ प्रतिसत,बहराईन २ प्रतिसत,अष्ट्रेलिया २ प्रतिसत भारत १ प्रतिसत र अन्य ६ प्रतिसत रहेका छन् । त्यसैगरि विदेशबाट प्राप्त बिप्रेषणको उपयोगको अवस्था विश्लेषण गर्दा २३ प्रतिसत रकम ऋण तिर्नमा,२१ प्रतिसत घरखर्च तथा खानपानमा,१४ प्रतिसत बचत,१२ प्रतिसत घर निर्माणमा,९प्रतिसत स्वास्थ्य उपचार खर्च,८ प्रतिसत शिक्षा,५ प्रतिसत जग्गा खरिद र १ प्रतिसत रकम मात्र ब्यवसाय शुरु गर्नमा प्रयोग हुदै आएको छ ।

बैदेशिक रोजगारीको क्रममा काम गर्नु पर्ने समस्याबारेमा सबै भन्दा बढि ९० जनाले भने अनुसारको काम र दाब दुबै नपाएको बताएका छन् । भागेर काम गरिरहेको मध्ये ३० जना रहेका छन् । १५ जना लामो समय देखी तलब नपाएको,१५ जना मालिक नेपाल फर्कन नदिएको,१६ जना कम्पनीले बस्न दिएको तर खाना नदिएको १ जना जेलमा परेको,३ जना लामो समय देखी सम्पर्कमा नआएको जस्त समस्याहरु पनि उल्लेख गरिएको छ । विदेश जानेमा सबै भन्दा बढि वार्ड नं.१८ बाट ४ सय १८ जना रहेका छन् । त्यसै गरि वार्ड नं.१४ बाट ३ सय ४७ जना,वार्ड नं.१५ ३ सय ४७ जना रहेका छन् । त्यसै गरि वार्ड नं.१६ बाट ३ सय १६ जना विदेश गएका छन् ।
विदेश जानेमा सबै भन्दा बढि ३१ बर्ष देखी ४० बर्ष उमेर समुहका १ हजार ३ सय ६ जना रहेका छन् । २१ बर्ष देखी ३० बर्ष उमेर समुहका ९ सय ७६ जना,४१ बर्ष देखी ५० बर्ष उमेर समुहका ५ सय ७७,१८ बर्ष देखी २० बर्ष उमेर समुहका २० जना र ५० बर्ष माथि उमेरका ८० जना रहेका छन् । जातीगत विवरण अनुसार सबै भन्दा बढि मधेशी समुदाय १ हजार १ सय ३६ जना,तराईका जनजाती ७ सय ८१ जना,तराई दलित ५ सय ३७ जना,तराईका दलित १ सय २६ जना,मुस्लिम २ सय १४ जना,तराईका ब्राम्हण ७३ र पहाडका ब्राम्हण ८७ जना रहेका छन् ।

बैदेशिक रोजगारीबाट नगरक्षेत्रमा विप्रेषण भित्रिने गरिएको भए पनि यसमा नगरपालिकाले गौरव गर्ने कुरा नभएको नगरप्रमुख धनपत यादवले बताए । विदेशमा रोजगारी खोज्दै नेपाली जानु बाध्यता भएको हुदा अगामी दिनमा नगरपालिकाले स्वदेशमै रोजगारी कसरी सृजना गर्ने र स्वदेशमै रोजगारको अवसर प्रदान गर्नका लागि रोजगार रणनीति बनाउने कार्य भई रहेको उनले बताए । रणनीति निर्माण पश्चात सो रणनीति अनुसार नगरपालिकाले रोजगारीका कार्यक्रम लागु गर्नेछ, नगरप्रमुख यादवले भने,यसको जिम्मेवारी नगरपालिकाको रोजगार शाखालाई लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?