Logo
२४ जेष्ठ २०८०, बुधबार

संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन


बुटवल,२८ माघ । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा डोटीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख छ ।

‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको ज्ञापन पत्रमा भनिएको छ । गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि संघीयता खारेज गर्नु पर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।

संघीयता धान्न नेपालमा साधनस्रोत नभएको र मुलुक दिन प्रतिदिन विदेशीको ऋणमा पर्ने खतरा भएको ज्ञापन पत्रमा उल्लेख छ ।

मुलुकमा आर्थिक भार थप्ने गरि प्रदेशको शासकीय स्वरुप राख्नको औचित्य नभएको भन्दै प्रादेशिक तह खारेज गरि प्रदेशलाई जाने सम्पूर्ण वजेट गाउँको विकासमा लगाउनु पर्ने आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

८ बुँदे ज्ञापन पत्रमा गणतन्त्रलाई कमजोर पारेर आफ्ना राजनीति स्वार्थ पुरा गर्न देशलाई प्रतिगमन तर्फ लगिएकाले सरकार गम्भीर हुनु पर्ने,देशको राष्ट्रियता तथा कालापानी सहितको भू भागलाई संसदभित्र तथा बाहिर अन्तराष्टियकरण गर्नु पर्ने, अतिक्रमण भूभागलाई फिर्ता लिन सरकारले अविलम्ब प्रयत्न गर्नु पर्ने माग गरिएको छ ।

यस्तै एमसीसी अविलम्ब खारेज गर्नु पर्ने, धर्म परिवर्तनका लागि भइरहेका गतिविधिविरुद्ध आवश्यक कदम चाल्नु पर्ने, महँगी, बेरोजगार, कालो बजारी नियन्त्रण लगायतका माग राख्दैज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन