Logo
२४ जेष्ठ २०८०, बुधबार

सुदूरपश्चिम प्रदेशले तेस्रोपटकमा चुन्यो सभामुख


बुटवल,३ माघ । सुदूरपश्चिम प्रदेशले तेस्रो मतदानमा सभामुखमा निर्वाचित गरेको छ । आज भएको मतदानमा २९ मत सहित माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका हुन् ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटक सम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा भण्डारी निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन