Logo
११ मंसिर २०७९, आईतवार
Logo

विश्वकप फुटबल : उद्घाटन खेलमा आयोजक कतार पराजित


बुटवल,५ मंसिर । विश्वकप फुटबलको उदघाटन खेलमा आयोजक राष्ट्र कतार पराजित भएको छ । प्रतिद्वन्द्वी इक्वेडरसँग कतार २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

६ महिना लामो तयारी गरेको भए पनि कतारका खेलाडी आफ्नै घरेलु मैदानमा आशा गरे अनुसार उत्कृष्ट खेल्न नसक्दा पहिलो खेलमै पराजय बेहोर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?