ट्रेंडिंग:

>> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट >> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो >> बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने >> सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र >> महामारीले जन्मिएका ‘उद्यमी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> यातायात व्यवस्था कार्यालय बुटवलका पुर्व प्रमुख सहित ५ जना नक्कली लाइसेन्स प्रकरणमा पक्राउ >> एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण >> टी–२० विश्वकपः बंगलादेशसँग १० वर्षपछि बद्ला लिने मौका >> सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर >> बजाज पल्सर एन १५० अब नेपाली बजारमा >> घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक >> पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने >> लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट >> तेस्रो न्यू होराइजन एसईई फेस्टमा विद्यार्थीको उत्साहजनक सहभागिता >> बुटवलमा ग्रील जोनलाई संघीय सरकारको एक करोड वजेट >> बूढीगण्डकीको अन्यौलतालाई हटाउनुपर्छ : विश्वप्रकाश >> कबाड व्यवसायीको काठमाडौँमा प्रदर्शन, बालेनविरुद्ध नाराबाजी >> करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव >> भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु >> संसदीय समितिको बैठकमा एनजीओको खाजा ! >> युसीएमएस भैरहवाद्वारा कपिलवस्तुमा सरोकारवालाहरुसँग अन्तरक्रिया >> पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते >> कांग्रेस र एमालेका जनप्रतिनिधिले वहिष्कार गरेपछि काठमाडौंको नगरसभा स्थगित >> भिजिट भिसाको दुरुपयोग बढ्दैः अध्यागमनले ५ सय भन्दा बढीलाई विमानस्थलबाटै फर्कायो >> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

युएईविरुद्धको शृंखलामा नेपालको जित

२ मंसिर २०७९, शुक्रबार
२ मंसिर २०७९, शुक्रबार

न्युज कारखाना
काठमाडौ, २ मंसिर

संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे ।

एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍(१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो । नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए ।

आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए । ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो विकेटले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए । दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो ।

यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेल ले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।

आयन खानले ६३ बलमा सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोडेका थिए । बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन बनाए । यसैगरी अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडेका थिए । रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।

यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो ।

अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?