ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

इन्टलेक्च्यूअल स्कुलमा नमुना निर्वाचन

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

 

बुटवल ३० कात्तिक । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले नमुना निर्वाचन गरेका छन् ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराई नमुना निर्वाचन बुधबार गरिएको हो ।
नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिशील पार्टी बीच प्रतिनिधि सभा र प्रदेश सभा सांसद र समानुपातिक सांसदका लागि निर्वाचन आयोगले तयार गरेको नमुना मतदानको चुनाव चिन्ह र ४ वटा मतपत्र तयार गरि निर्वाचनकै झल्को दिने गरि विद्यार्थीहरुले निर्वाचन सम्पन्न गरेका छन् ।
विद्यार्थीहरुले उमेदवारी दर्ता, घोषणा पत्र सार्वजनिक गर्ने, प्रचारप्रसार गर्ने लगाएतका कार्य सम्पन्न गरि मतदान प्रक्रिया शुरु गरेका थिए ।
दुई पार्टी मध्ये नेपाल समाजसेवी पार्टीले प्रतिनिधि सभातर्फ कक्षा ९ की छात्रा एन्जीला श्रेष्ठ र प्रदेश सभातर्फ कक्षा ८ का छात्र सुजल पौडेललाई उमेदवार बनाएको थियो भने नेपाल प्रगतिशील पार्टीको नामबाट प्रतिनिधिसभातर्फ कक्षा ९ का छात्र आर्यन सुवेदी र प्रदेशसभातर्फ कक्षा ९ कै छात्रा मारियम थापालाई उमेदवार बनाएको थियो भने दुबै दल बाट प्रतिनिधि र प्रदेश सभाको समानुपातिक गरि ३–३ जना लाई उमेदवार बनाएका थिए । नमुना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थीत बनाउनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा शिक्षक सुरज विक रहेका थिए भने मतदानका क्रममा अन्य शिक्षकहरुले सघाएका थिए ।
मतदान पश्चात् भएको मतगणनामा प्रतिनिधि सभातर्फ नेपाल समाजसेवी पार्टीको उमेदवार एन्जीला श्रेष्ठ र प्रदेश सभा तर्फ नेपाल प्रगतिसिल पार्टीको मरियाम थापा विजयी भएका थिए भने समानुपातिकतर्फ प्रगतिसील पार्टीबाट संघिय सभामा एक तथा प्रदेश सभामा पनि एकजना निर्वाचित भएका छन् भने समाजसेवी पार्टीबाट संघिय सभाका २ जना र प्रदेश सभामा पनि २ जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?