ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो
फोटो कथा

रुपन्देही ५ मा वासुदेवलाई १० घण्टा पछ्याउँदा जे देखियो (फोटो फिचर)

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

बुटवल, २९ कात्तिक – चुनावी चटारोमा व्यस्त रुपन्देही ५ का सांसद उम्मेदवार बासुदेव घिमिरे कात्तिक २८ गते बिहान साढे ८ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं।७ र ८ को सीमा भैसहियाचोकमा घरदैलोका लागि आए । न्युज बुटवलटुडे डटकमलाई बिहान ७ बजेको समय दिए अनुसार संवाददाता समयमै पुगेपनि उम्मेदवार घिमिरे भने सैनामैनाको रामापुरबाट आउने क्रममा अपर्झट वैठक बस्न परेकाले निर्धारित समयभन्दा डेढघण्टा ढिलो आइपुगे । भैसहियाचोकमा एमालेबाट प्रदेश सभा सदस्य उम्मेदवार रामचन्द्र यादव,एमाले नगर अध्यक्ष निशार अहमद खान,युवा नेता हाफिज खानसहित घिमिरेको जम्काभेट जनमत पार्टीबाट सोही क्षेत्रका प्रदेश सभा सदस्य उम्मेदवार सीके गुप्तासंग भयो । घिमिरेले गुप्तासंग हात मिलाए । छोटो भलाकुसारी गरेपछि आफ्नो पार्टीको घरदैलोका लागि उत्तरतिर मोडिए ।

 

 

सबैभन्दा पहिला उनले भैसहियाचोकका घरमै रहेका युवा पवनकुमार गुप्तालाई भेटेर नमस्कार गर्दै हात मिलाए । आफू सांसद उम्मेदवार भएको परिचय दिए । घिमिरे बोलेर सक्न नभ्याउंदै पवनले मेयर हुंदा राम्रो काम गरेर चर्चित भएको सुनेको बताए । उनले बालेन शाहले पनि घिमिरेको कामको तारिफ गरेको टिभीमा हेरेको बताए । गुप्ताले अघि भने–‘आफ्नो क्षेत्रमा उम्मेदवार भएर आएको प्रत्यक्ष देख्न पाउंदा एकदमै खुशी लाग्यो ।’

 

सोमबारको घरदैलोको पहिलो भेटमै मतदाताको सकारात्मक प्रतिक्रियाले उत्साहित घिमिरेले आफु र आफ्नो पार्टीका उम्मेदवारलाई सुर्य चिन्हमा मत दिएर जिताउन अनुरोध गर्दै अघि बढे ।

 

 

त्यस क्रममा इस्तियाक अहमदसंग घिमिरेको भेट भयो । घिमिरेले आफू उम्मेदवार भएको बताउंदै आफ्नोबारे केही थाहा छ कि भन्ने जिज्ञासा राखे । इस्तियाकले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर देशभरि चर्चित बनाउने मान्छेका रुपमा सुनेका बताए । दलको आवद्धता नखुलाई उनले यसपटक बासुदेवलाई भोट दिने सुनाए ।

 

 

त्यसपछि बासुदेवले अलगु यादवलाई भेटे । घरमै बसेका यादवले उम्मेदवार घिमिरेसंग केही समस्याहरु तेस्र्याए । उनले लुम्बिनी क्षेत्रमा स्तरीय सरकारी अस्पताल नहुंदा उपचारका लागि भारत वा भैरहवा जानुपर्ने वाध्यता रहेको सुनाए । निम्न वर्गीय परिवारका उनले गरीबहरुलाई निःशुल्क उपचारको व्यवस्था भए राम्रो हुने अपेक्षा राखे ।

 

त्यसपछि उम्मेदवार घिमिरे सानो भरबलिया गाउंमा पुगे । त्यहां चन्द्रभुषण यादवका परिवारसंग भोट मागे । यादवले यो क्षेत्रबाट तीन पटकसम्म चुनाव जितेका नेताले खासै काम गर्न नसकेकाले यसपटक नयांलाई रोज्ने खुलेरै बताए । उनले पनि बासुदेवले तिलोत्तमाको मेयर हुंदा राम्रो काम गरेको थाहा पाएको सुनाए ।

सोही ठाउंका गाडी चालक राजन यादवले पनि तीन पटक चुनाव जित्दा धेरै काम गर्न सकिने भएपनि नगरेको भन्दै असन्तुष्टी जनाए ।

 

त्यहांबाट उम्मेदवार घिमिरे ठूलो भरौलिया गाउंको मुस्ताक अहमदको घरमा पुगे ।  मुस्ताकले किसानले समयमा मल, बिउ, सिंचाई, अस्पतालको अभाव वर्षौंदेखि झेल्दै आएको गुनासो गरे । उनले गाउं र शहरमा समेत ढलको उचित व्यवस्थापन नहुंदा फोहोर र दुर्गन्ध फैलिएको, ठउं ठाउंमा सडक नपुगेको, भएका सडक पनि जीर्ण भएका बताए । मुस्ताकले पनि बासुदेव तिलोत्तमाको मेयर हुंदा राम्रो काम गरेको सुनेकाले अब यहां जितेमा यो क्षेत्रको राम्रो विकास हुने आशा गरेको सुनाए ।

 

ठूलो भरबलियाकै परबेज आलम खां,रहमतुल्ला खानलाई उम्मेदवार घिमिरेले भेट्दा दुबैजनाले  घिमिरेले राम्रो काम गरेको सुनेको बताए ।

घरदैलोकै क्रममा वडा नंं ८ सानो एकलाका कांग्रेस कार्यकर्ता हृदयराम यादवसंग बासुदेवले भोट मागे । यादवले एमाले उम्मेदवार घिमिरे र कांग्रेसका भरत शाहबीच कडा प्रतिस्पर्धा हुने माहोल देखेको बताए । उनले जनताले यसपटक रुपन्देही ५ मा परिवर्तन खोजेको स्पष्टै बताए ।

सोही वडाकै ठूलो एकलाकी शहिदुन निशा अन्सारीले यसअघि तीन पटक चुनाव जितेका नेताबाट अपेक्षा अनुसार काम नभएकोे भन्दै नयां उम्मेदवार रोज्ने बताइन् ।

 

यतिन्जेल मध्यान्हको १२ बज्न आंटेको थियो । सबैलाई भोक पनि लागेको थियो । उम्मेदवार घिमिरेसहित घरदैलोमा हिंडेको करिब २५ जनाको टोली एकलाबाट महजिदिया पुग्यो । त्यहां एमाले नगर अध्यक्ष निशार अहमद खानका दाजुको घरमा खाना तयार गरिएको थियो । उम्मेदवार घिमिरे सहित दाल भात र कुखुराको मासु सहितको खाना खाए । घरमा पकाएको खाना होटेलको भन्दा स्वादिलो भन्दै सबैले प्रसंशा गरे ।

खाना खाएर हिंड्ने बेला करिब १ बजे गाउंमै एकजनाको मृत्यु भएको खबर आयो । उम्मेदवार घिमिरेसहितको घरदैलो टोली मृतकको घरमा गएर केहीबेर बस्यो । अनि शबलाई मुस्लिम परम्परा अनुसार अन्त्येष्टी गर्ने – गाड्ने थलोमा पनि टोली गयो । त्यहां उम्मेदवार घिमिरेले मृतकलाई माटोले खाल्डामा पुर्ने काममा पनि सरिक भए । मृतकको अन्त्येष्टी सकिएपछि घिमिरेका प्रतिस्पर्धी कांग्रेसका भरत शाह पनि टुप्लुक्क आइपुगे । तर दुई उम्मेदवारबीच भेट हुन पाएन ।

 

त्यसपछि घरदैलो टोली वडा नंं ७ को शिवगढिया र अधिहारी पुग्यो । त्यहां ७० वर्षिया नन्दलाल गुप्ताले उम्मेदवार घिमिरेसंग ठूलाबडाले सिधासाधा जनतामाथि अन्याय र थिचोमिचो गरिरहेको गुनासो पोखे । एकजनाले आफ्नो घरबाट सडक जाने बाटो कांडे तार लगाएर बन्द गरिदिएको तर कतैबाट न्याय नपाएको बताए । गुप्ताले कांग्रेसले जित्दा गरिबले न्याय नपाउने र महंगी मात्र बढ्ने तर्क गरे ।

 

यसपछि घरदैलोमा एकजना पण्डित योगेन्द्र पाण्डे थपिए । उनले हाते माइकमार्फत एमालेको चुनाव चिन्ह सुरज -सुर्य हो, भत्ता दिन शुरुवात गर्ने पार्टी एमाले हो भन्दै कमेडी शैलीमा फलाक्दै एमालेलाई भोट माग्दै हिंडे । उनको उपस्थितिले उम्मेदवार घिमिरेले पनि रमाइलो र सहज महसुस गरे ।

 

घरदैलोका क्रममा उम्मेदवार घिमिरेसंग वडा नंं ७ अधियारीका १८ वर्षिय धर्मेन्द्रकुमार यादवले आफुले समयमा पाठ्यपुस्तक नपाउंदा पढाईमा असर परेको भन्दै नयां उम्मेदवारलाई भोट दिने बताए ।  म्यादी प्रहरीमा भर्ना हुन सबै प्रकृया पुरा गरी नाम निस्केपनि पक्षपात गरेर काम नदिएकोमा उनले दुखेसो पोखे ।

 

यसपछि उम्मेदवार घिमिरे वडा नं ७ कै पासीटोल पुगे । त्यहां रामविलास पासीले बृद्धभत्ता दिने पार्टी एमाले भएको भन्दै आफूले एमालेलाई नै भोट दिने खुलस्त पारे । घरदैलोमा मतदाताहरुले विगतमा कमजोर रहेको क्षेत्रमा एमालेका नेता खिमलाल भट्टराई राष्ट्रिय सभा सदस्य भइसकेपछि थुप्रै विकास निर्माणका योजना र वजेट पारेर एमालेको पक्षमा जनमत बलियो बनाएको भन्दै उनको योगदानको पनि खुलेर सराहना गरे ।

 

घरदैलोमा भेटिएका युवा उपेन्द्र अधिकारीले विकासलाई बुझेका,युवा पुस्तालाई प्रतिनिधित्व गर्ने उम्मेदवार बासुदेव घिमिरेलाई सिंगो ५ नम्बर क्षेत्रले खोजिरहेको बताए । ‘विगतमा कांग्रेसको दवदवा रहेको यो क्षेत्रमा यसपटक बासुदेवको असाध्यै क्रेज छ, उनीप्रतिको आकर्षण देखेर हामी छक्क परेका छौं’–अधिकारीले भने–‘उनले जिते भने तिलोत्तमा जस्तै यो क्षेत्रलाई २ वर्षमै परिवर्तनको महसुस गराउछन्, ५ वर्षमा त कायापलट गर्छन् भन्ने विश्वास छ ।

 

यतिन्जेल दिउंसोको पौने ५ बजिसकेको थियो । घरदैलो टोली खुनगाई पुग्यो । त्यहां सवा ५ बजेदेखि कोणसभा शुरु भयो । कोणसभामा उम्मेदवार घिमिरे र यादव तथा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले भाषण गरे । भाषणका क्रममा नेताहरुले तीनपटकसम्म चुनाव जितेको कांग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको तर्क गर्दै यसपटक एमालेलाई मत दिन स्थानीयसंग आग्रह गरे ।

 

‘सोंचे भन्दा राम्रो रेस्पोन्सले उत्साहित’

करिब साढे ६ बजे कोणसभा सकिएसंगै यो दिनको घरदैलो पनि सकियो । उम्मेदवार घिमिरेले क्षेत्रका ३२ वडामध्ये सोमबारसम्म २६ वटा वडामा घरदैलो गरेर भ्याएको बताए । त्यस क्रममा मतदाताबाट सोचे भन्दा धेरै राम्रो रेस्पोन्स पाउंदा उत्साहित बनाएको  घिमिरेले बताए । रुपन्देही ५ का जनताले वर्षौंदेखि विकास, समृद्धि र न्यायको साटो थिचोमिचो, अन्याय र अत्याचार भोगेकाले यसपटक परिवर्तन चाहेको घिमिरेको ठम्याई छ ।

 

वडा नं ७,८ र ११ गरी तीनवटा वडामा भएको एक दिनको घरदैलोका क्रममा भेटिएका ९५ प्रतिशत मतदाताले एमालेका सांसद उम्मेदवार बासुदेव घिमिरेलाई मेयर हुंदा तिलोत्तमालाई उत्कृष्ट र नमूना बनाएको कुराबाट प्रभावित भएर तथा नयां अनुहार भएर मत दिन चाहेकोे भावना व्यक्त गरेको पाइयो । मतदाताहरुले उम्मेदवारको अगाडि उनलाई खुशी बनाउन मात्रै यस्तो नभनेका हुन् भने रुपन्देही ५ मा घिमिरे जितको धेरै नजिक रहेको निश्कर्ष निकाल्न सकिन्छ ।

 

 

मौन अवधिमा आर्थिक चलखेलको डर

मतदाताले परिवर्तनको पक्षमा मत जाहेर गर्ने बताएपनि मतदानको पुर्वसन्ध्याको मौन अवधिमा पैसा र जिन्सी बांडेर सम्भावित परिणाम फेरबदल गराउने परिपाटी खासगरी मधेशमा नौलो होइन । एमालेका प्रदेश सभा सदस्य उम्मेदवार रामचन्द्र यादव स्वयं विगतमा पनि यो क्षेत्रमा चुनाव जितेपछि ५ वर्ष अनुहार नदेखाउने तर चुनावको मुखैमा मतदाताको घरघरमा आएर साडी र पैसा बांडेर चुनाव जित्दै आएको इतिहास रहेको अनुभव सुनाए । ‘यहां ५ वर्ष त के १५ वर्षसम्म केही नगरे पनि भयो,तर चुनावको मुखमा पैसाको मुठो बांडेर जितिन्छ भन्ने छ,यसलाई रोक्ने चुनौति छ’–उनले भने–‘निर्वाचन आयोग,प्रहरी प्रशासनले आचारसंहिताविपरितका अवान्छित गतिविधि रोक्नुपर्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?