ट्रेंडिंग:

>> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै
पुर्व अर्थमन्त्री पौडेलको योजना

यस्तो छ पर्यटन विकासको ‘रोडम्याप’

२८ कार्तिक २०७९, सोमबार
२८ कार्तिक २०७९, सोमबार

बुटवल, २८ कात्तिक ।

पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको पर्यटकीय विकासको रोडम्याप तयार पारेका छन् । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै उनले आफ्नो प्रतिवद्धतापत्रमा समेटिएका कुरालाई पर्यटन विकासको रोडम्यापका रुपमा अगाडि सारेका हुन् ।

रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा रुपन्देही २ मात्र नभई जिल्लामा नै तीव्रताका साथ पर्यटन विकास गर्न अल्पकालीन र दीर्घकालीन योजना ल्याएका हुन् ।

पर्यटनको विकासबाट यस क्षेत्रलाई विश्वव्यापी रुपमा चिनाउने बताउँदै उनले प्रतिवद्धता पत्रमा लुम्बिनी, तिलौराकोट, रामग्राम, सैनामैना, देवदहलगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको केन्द्रमा विकास गरिने र पर्यटनलाई यस क्षेत्रको विकासको मुख्य संवाहकका रुपमा स्थापित गरिने उल्लेख गरेका छन् ।

प्रतिवद्धता पत्रमार्फत पुरानो बटौली बजार (वडा नं १ र २), जितगढी, मणिमुकुन्द सेनको दरबार, नुवाकोट गढीजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदा क्षेत्रको संरक्षण र विकास गरी पर्यटन प्रवद्र्धन गरिने जनाइएको छ ।

त्यसैगरी नुवाकोट, वसन्तपुरलगाएतका पहाडी भूभागलाई हिल स्टेसनमा विकास गरिने, निजी क्षेत्रद्वारा निर्माणाधीन केवलकार, रिसोर्ट, होटलजस्ता पर्यटन पूर्वाधारको निर्माण एवम् संचालनमा सहयोग पुर्याउने र ती ठाउँमा आवश्यकताअनुसार सडक, खानेपानी, संचार, विद्युत्, सुरक्षा र स्वास्थ्य चौकीलगायतका पूर्वाधारको विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै तिनाउ तथा दानव नदीमा जल पर्यटनको विकास गरिने र तिनाउ तथा दानव नदी नियन्त्रण गर्दा उपलब्ध हुने सार्वजनिक जग्गामा हरियाली पार्कलगायत पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने बँुदागत रुपमा उल्लेख गरिएको छ ।

त्यसैगरी उर्वर भूमि तथा वन क्षेत्रको उपयोग गर्दै कृषि तथा पर्यापर्यटनको विकास गरिने र सम्भाव्यताको आधारमा वन क्षेत्रमा सफारी पार्क तथा ट्रेकिङ् रुटहरु निर्माण गरिने उल्लेख छ ।

प्रतिवद्धतापत्रमा स्थानीय जनतालाई पर्यटनमैत्री बनाउन र पर्यटकहरुलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्न जनचेतना अभियान सञ्चालन गरिने र पर्यटन सेवासँग सम्बन्धित उत्कृष्ट जनशक्ति उत्पादन गर्न पर्यटन शिक्षालय स्थापना गरिने उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित यस क्षेत्रका महत्वपूर्ण पर्यटकीय स्थलहरूलाई एकआपसमा आबद्ध गर्न पर्यटक बस सेवा सञ्चालन गरिने, चिडियाखोलामा रामापिथेकसको मूर्तिसहितको रक गार्डेन निर्माण गरिने, हिल पार्कमा आधुनिक एवम् आकर्षक पूर्वाधार निर्माण गरिने, हिलपार्क, वसन्तपुर र नुवाकोटमा रुपन्देही आईको निर्माण गरिने, तिलोत्तमास्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र, सैनामैनाको बोलबम पार्क र समावेशी पार्क, बुटवलको ग्लोबल पिस पार्क, मिलन पार्क, लक्ष्मी उद्यानलगायतका पार्क एवं उद्यानहरुमा आकर्षक एंव बहुउपयोगी पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सभा भवन तथा प्रदर्शनीस्थललाई पूर्ण क्षमतामा सचालन गरी आन्तरिक पर्यटन प्रवद्र्ध्नमा समेत उपयोग गरिने, तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको स्टेडियम र सैनामैनामा राष्ट्रियस्तरको फुटबल स्टेडियमको निर्माण गरी खेल क्षेत्रलाई पर्यटन क्षेत्रको विकासमा सदुपयोग गरिने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी बुटवलको चिडियाखोलादेखि पुष्पलालपार्कसम्मको बजार क्षेत्र र कालिका पथ लगाएतका स्थानमा पर्यटन सेवा केन्द्र, यात्रु विश्रामस्थल, सडकपेटी, हरियाली र आकर्षक, सडकबस्तीको व्यवस्थासहित, रात्रिकालीन बजार संचालन गरिने, बेलबासे, बेथरी सडक, सोह्र छत्तीस तथा चार तपाह नहर र सुख्खा खोलालाई व्यवस्थित तटबन्ध, हरियाली तथा सरसफाई र आकर्षक बत्तीसहित सौन्दर्यीकरण गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यसैगरी बेलहिया, बुटवल, लुम्बिनी, तिलौराकोट, सैनामैना, देवदह र रामग्राम जोड्ने प्रमुख सडकहरुमा सौन्दर्यीकरणका साथै सडक पेटी, पर्यटक, विश्रामस्थल र पर्यटक सेवा केन्द्र स्थापना गरिने प्रतिवद्धता जनाइएको छ । शिवनगर सामुदायिक वनदेखि हिलपार्क, लक्ष्मीनगर, ज्योतिनगर, सिद्धबाबा, वसन्तपुर, बुटवल हाइस्कुल, मणिमुकुन्दसेन पार्क, सहश्रधारा, नुवाकोट, मिलनपार्क,पाणिनी पार्क, भैरव पार्क, हबी, शान्तिपार्क, बोलबम हिलपार्क हुँदै सालझण्डीसम्म पर्यटकीय पैदलमार्गको विकास गरिने र नुवाकोट, वसन्तपुर क्षेत्रमा जिपलाइन निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई सहयोग गरिने उल्लेख छ । त्यसैगरी बुटवलस्थित, पाणिनि पार्कमा परम्परागत सामग्री सङ्कलन गर्ने, सङ्ग्रहालय स्थापना गरिने र शंकरनगर सामुदायिक वनमा प्राणी उद्यान स्थापना गरिने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी बुटवल स्थित सहश्रधारालाई धार्मिक पर्यटकीय स्थलमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?