ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
प्रदर्शनीको तयारीका लागि चार प्रदेशको भ्रमण

उत्कृष्ट प्रदर्शनीका रुपमा आयोजना गर्न सुझाव

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

बुटवल, २६ कात्तिक ।

बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको सिलसिलामा रुपन्देही उद्योग संघको एक टोलीले विभिन्न प्रदेशको भ्रमण सम्पन्न गरेको छ । रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा गर्न लागेको प्रदर्शनीमा स्टल दर्ता अभियान कार्यक्रम अन्तर्गत भएको भ्रमणका क्रममा ४ प्रदेशका प्रमुख उद्योग प्रतिष्ठान र उद्योगीहरुसंग अन्तत्र्रिmया गरेर संघका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोली बुटवल फर्केको हो ।

“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मुल नाराका साथ आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन हुन गइरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीको क्रममा गएको टोलीले लुम्विनी, वागमती, मधेश तथा गण्डीक प्रदेशमा रहेका प्रतिष्ठित उद्योग प्रतिष्ठान तथा उद्योग व्यवसायी संघसंस्थाहरुसंग भेटघाट एवं छलफल गरेको थियो । प्रदर्शनीको कामलाई निर्देशन तथा कार्यान्वयन समिति तथा विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरेर अगाडि बढाइएको छ ।

त्यसैक्रममा प्रदर्शनीमा सहभागी हुने उद्योग प्रतिष्ठानहरुका सञ्चालकहरुसंग प्रत्यक्ष भेटगरी आवश्यक सुझाव तथा अन्तत्र्रिmया गर्ने उद्देश्यले भ्रमणको कार्यक्रम तय गरिएको संयोजक माधव प्रसाद पौडेलले बताए । राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रदर्शनीलाई आर्कषक तथा व्यवस्थित बनाउने लक्ष्यसहित कामलाई अगाडि बढाएको बताउँदै संयोजक पौडेलले भ्रमणबाट आफु उत्साहित बनेको प्रतिक्रिया दिए। उनका अनुसार भ्रमणका क्रममा प्रदर्शनीमा नयाँ र नेपालका प्रतिष्ठित उद्योग उत्पादनहरु सहभागिता हुने सुनिश्चित भएको र प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ताका वीचमा पु¥याउन पुलको काम गर्ने कुरामा उद्योगीहरु उत्साहित एवं विश्वस्त देखिएका थिए ।

स्टल सहभागिताका लागि आयोजना गरिएको ४ दिने भ्रमणका क्रममा टोलीले चितवनको नाराणगढमा चितवन उद्योग संघका पदाधिकारी तथा उद्योगीहरुसंग, हेटौडामा मकवानपुर उद्योग संघ, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसहित उद्योगीहरु, वारा र सिमरामा रहेका उद्योग प्रतिष्ठान तथा पोखरामा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योगीहरुसंग सामुहिक तथा छुट्टाछुटै भेटघाट तथा अन्तत्र्रिmया गरिएको स्टल दर्ता उपसमितिका संयोजक एव मुल समितिका सहसंयोजक दिलिप सापकोटाले जानकारी दिए ।
त्यसक्रममा उद्योगीहरुले आर्थिक क्षेत्रमा देखापरेको संकट र त्यसको निकारणका लागि स्वदेशी उत्पादनको प्रवद्र्धन नै पहिलो कदम भएको बताउदै प्रदर्शनीको आयोजनाले आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका थिए । सबै क्षेत्रका उद्योगी तथा संथागत प्रतिनिधिहरुले बुटवलमा आयोजना हुने प्रदर्शनी उत्कृष्ट प्रदर्शनीका रुपमा परिचित रहेको उल्लेख गर्दै यस पटकको आयोजना थप उत्कृष्ट बनाउन शुकामना दिदै सहभागिता जनाउने प्रतिवद्धता जाहेर समेत गरेको सापकोटाले बताए।

भ्रमण टोलीमा सहभागी संघका कोषाध्यक्ष हिरामणी भट्टराईले छलफलका क्रममा प्रदर्शनी आयोजनाका लागि महत्वपूर्ण पाटोका रुपमा रहेको आर्थिकलाई मजबुत बनाउन प्रतिष्ठित उद्योग प्रतिष्ठानहरुको सहभागिताले भूमिका खेल्ने हुदा त्यसमा संघले विषेश ध्यान दिएको बताउदै प्रदर्शनीलाई आकर्षक र नयाँ व्यवस्थापन गर्न आर्थिक क्षेत्रबाट कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

भ्रमणका क्रममा हेटौडामा आयोजित भेटघाटमा मकवानपुर उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, पुर्व अध्यक्ष माधव अधिकारी, हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारी लगायत बोलेका थिए । त्यसैगरी चितवनमा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने, पोखरामा भएको कार्यक्रममा पोखरा उद्योग संघका अध्यक्ष सुरेश बहादुर श्रेष्ठ, सचिव बलराम बराल र सदस्य झलकनाथ आचार्य, सल्लाहाकार चन्द्रबहादुर राजभण्डारी लगायतले बोलेका थिए ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत्पश्चात् निरन्तर सफल रुपमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको र यस पटक थप आर्कषक बनाउने कुरा भ्रमणका क्रममा उद्योगीहरुमाझ प्रतिवद्धता जनाउदै सहयोगको लागि आग्रह गरिएको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताए ।

बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिनेछ । आयोजनालाई सफल तुल्याउन र तयारीको कामलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको छ । करिव ४ सय स्टल सहभागिता रहने प्रदर्शनीमा स्टल दर्ताको काम भैरहेको र हालसम्म १ सय भन्दा बढी उद्योगहरु दर्ता भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?