Logo
११ मंसिर २०७९, आईतवार
Logo

तनाव र चिन्ता कम गर्ने मेडिटेशन जरुरी


बुटवल १७ कात्तिक ।

तनाव र चिन्ता मुक्त जीवन यापनका लागि मेडिटेशन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । व्यस्त दैनिकी हुनेहरुले जीवनलाई सहज बनाउन मेडिटेसन गर्न जरुरी हुने कुरामा उनीहरुले जोड दिए । ओशो बुटवलको आयोजनामा १९ गते शनिबार एकदिने मेडिटेशन कार्याशाला हुने भएको हो ।

व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका कोषाध्यक्ष बलराम पोखरेलले जानकारी दिए । एक हजार जना सहभागिता हुने कार्याशालामा सहभागिता जनाउन तीन सय रुपियाँ शुल्क लाग्ने पोखरेलले बताए ।

कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, व्यस्त दैनिकी हुनेहरुको सहभागिता हुनेछ । कार्यक्रममा स्वामी आनन्दले प्रशिक्षण दिनेछन् । नेपालमा करिव डेढ लाख ओशो सन्यासी रहेका छन् । बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन विहान र साझ ओशो मेडिटेशन गर्ने गरेको छ । कार्यक्रममा ओशो नेपालका अध्यक्ष सन्तोष खनाल, दुर्गा गौतम, विजय नेपाल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?