Logo
११ मंसिर २०७९, आईतवार
Logo

अर्घाखाँचीमा भएकाे माेटरसाईकल दुर्घटनामा दुई जनाकाे मृत्यु


सन्धिखर्क, ११ कात्तिक

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन विमानस्थलनजिकै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा२ जना घाइते भएका छन्।

सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा मोटरसाइकल चलाउने क्रममा गए राति अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।

प्रदेश नम्बर २(०३८।प।५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका( १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।

अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए। न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?