ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

नश्ल सुधार गर्न पशुमा निःशुल्क कृत्रिम गर्भाधान

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा संविधानतह व्यवस्था भए अनुसार यहि जेठ २५ मा सार्वजनिक हुँदै छ । सोही नीति तथा कार्यक्रममा समेट्ने गरी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका किसानहरूले आफ्ना पशु चौपायमा कृत्रिम गर्भाधान गराउँदा पूर्ण रूपमा निःशुल्क गर्ने व्यवस्था गर्न लागेको छ । नेपालमा परम्परागत रूपमा पालिँदै आएका रैथाने पशु चौपायहरूः गाई, भैंसी, बाख्रामा उन्नत खालको सिमोन प्रयोगगरी कृत्रिम गर्भाधन गराएर उत्पादकत्व वृद्धिका लागि प्रभावकारी हुने गरी यो कार्यक्रम सुरुवात गर्न लागिएको हो ।

हाल कुनै पनि किसानले पशु चौपायमा कृत्रिम गर्भाधन गराएपनि पशु स्वास्थ्य प्राविधिकहरूलाई निश्चित रकम दिँदै आएका छन् । सरकारले निःशुल्क रूपमा सिमोन र नाईट्रोजन, ग्लप्स, बुट, एग्रोप, जुत्ता उपलब्ध गराउँदै आएको छ । तर कृत्रिम गर्भाधान गराउने तालिम प्राप्त पशु प्राविधिकहरूले कृत्रिम गर्भाधान गराएबापत (एआई) निश्चित रकम लिँदै आएका छन् । न्यूनतम ४ सय ५० लेखि अधिकतम ६ सय रूपैयाँ लिँदै आएका छन् । यसरी पशु स्वास्थ्य प्राविधिकहरूले लिँदै आएको परिश्रमिक बापतको रकम प्रदेश सरकारले व्यहोर्ने र पूर्णरूपमा कृत्रिम गर्भाधन निःशुल्क गर्ने गरी योजना अगाडि बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा रूपन्देहीका प्रमुख दिपक भुसालले जानकारी दिए ।
प्रमुख भुसालका अनुसार सरकारले नीति तथा कार्यक्रममा यो विषय समेट्न लागेको छ । सोही अनुसार कार्यविधि निर्माण गरी पशु स्वास्थ्य प्राविधिकहरूलाई तालिम प्राप्त प्रमाणपत्रको आधारमा नियुक्ती पत्र दिएर मासिक रूपमा उनीहरूले गरेको एआईको रिर्पोट अनुसार रकम भुक्तानी प्राविधिककै खातामा जाने गरी योजना अगाडि बढेको हो ।

नेपालमा पालिदैँ आएका रैथाने जातका पशु चौपायमा नश्ल सुधार गरी उनीहरूको उत्पादकत्व मासु, दुधमा गर्ने गरी कृत्रिम गर्भाधानको कार्यक्रम लागू भएको छ । जसमा किसानले निःशुल्क रूपमा सिमोन पालिकाको पशु स्वाथ्य शाखा मार्फत पाउँदै आएका छन् ।
प्रदेश सरकारले उपलब्ध गराउने सिमोन सहित का उपकरण जिल्ला स्थिति भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत प्रदान गर्दै आएको छ । जुन पूर्णरूपमा निःशुल्क छन् ।

रूपन्देही जिल्लाको सियारी गाउँपालिकाका पशु प्राविधिक तथा नेल्टा रूपन्देहीका अध्यक्ष डोलराज गैरेले प्रदेश सरकारले ल्याउन लागेको निःशुल्क कृतिम गर्भाधान कार्यक्रमले सबैभन्दा बढि लाभ किसाले पाउने बताउँछन् । उनले प्राविधिकले समेत एक मुष्ट रकम पाउने अझ बढि किसानले लाभ पाउने उनको भनाई छ । उनी भन्छन्–‘हामी सबै मिलेर यो अभियानलाई सफल बनाउन जरुरीरहेको छ, सबै सबैको साथ र सहयोग रहन्छ ।’

शुद्धोधन गाउँपालिकाका पशु स्वाथ्य प्राविधिक दामोदर घिमिरेले पनि कुनै बेला सिमोन अभाव हुने, कुनै बेला नाईट्रोजन अभाव हुने अवस्था अव अन्त्य हुनुपर्ने बताउँछन् । किसानले सेवा पाउनको लागि समयमा नै सबै यन्त्र, उपकरण सहज रूपमा उपलब्ध हुनुपर्ने माग उनको छ । कुनै पशुपालक किसान ४, ५ सय रूपैयाँ समेत नहुँदा पशुचौपायमा नश्ल सुधार गर्न नसक्ने अवस्था समेत रहेको भन्दै सरकारले सुरुवात गर्न लागेको यो अभियान आफैमा महत्वपूर्ण भएको तर्क उनको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९/८० मा जिल्लामा ३९ हजार ७ सय ४७ कृत्रिम गर्भाधान गरिएको छ । जसमा गाईमा सबैभन्दा बढि २५ हजार ४ सय ९५, भैसीमा १३ हजार ९ सय २९ र बाख्रामा ३ सय १३ रहेका छन् । यो आर्थिक बर्षको हाल सम्म मा गाई १३ हजार ७ सय ६५ पटक, भैंसीमा १० हजार ५ सय २० पटक, बाख्रामा ५ सय ५९ पटक कृत्रिम गर्भाधान गराइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख दिपक भुषालका अनुसार कृतिम गर्भाधन गराउँदा पशु चौपायमा उत्पादकत्वमा बृद्धि हुनुको साथै नश्ल सुधार गरी उन्नत जातको पशु चौपाय विकास गर्न सकिन्छ । यसको लागि पशु चौपायमा पुस्ता सम्म यसले राम्रो प्रभाव समेत पार्ने प्रमुख भुषालको भनाई छ । खासगरी गाई र भैसीमा कृत्रिम गर्भाधान गराउँदा दुग्ध उत्पादनमा समेत बृद्धि हुन्छ । जसबाट जन्मीएको नयाँ सन्ततीमा नश्ल सुधार गरिएको कारण थप उत्पादकत्व वृद्धि हुने गर्दछ । यसको साथै पशु चौपायमा प्राकृतिक गर्भाधान गराउँदा राँगो, साँढे वा बोकामा यदि रोग रहेछ पनि रोग सर्नेसम्भावना समेत उच्च हुन्छ । तर कृत्रिम गर्भाधान गराउँदा प्रयोग गरिने सिमोन पूर्णरूपमा परिक्षण गरिएको उच्च नश्लको हुने भएको कारण रोग लाग्ने संभावना कम हुन्छ भने जसले उत्पादकत्व समेत बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?