ट्रेंडिंग:

>> पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा तीनजनाको मृत्यु >> चिनियाँ मन्त्रीसंग व्यवसायीको अनुरोध : गौतमबुद्ध विमानस्थलमा नियमित उडान गरिदिनुस् >> प्रदेश संरचना दलहरुका तेस्रो तहका नेता थन्काउने थलो : गृहमन्त्री >> कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु >> कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव >> सल्यानको कालिमाटी—५ कर्णालीकै पहिलो पोषणमैत्री वडा घोषणा हुँदै >> अत्यधिक गर्मीका कारण दाङका विद्यालय दुइदिन बिदा >> अत्यधिक गर्मीका कारण दाङमा विद्यार्थीहरु बेहोस >> विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर >> चन्द्र माविका भूपू विद्यार्थीहरुको पुनर्मिलन >> क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग (भिडियोसहित) >> प्रेमी जहीरसँग विवाह गर्दै सोनाक्षी >> पार्टी फुटाउने प्रयास भयो- माधव नेपाल >> उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित >> दाङबाट काठमाडौं जाने बस सैनामैनामा दुर्घटना, ४३ घाइते >> विश्व बालश्रम बिरुद्धको दिवस >> सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस >> वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द >> शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा >> विद्यालयमा सामग्री पाएपछि खुशी >> रोल्पाका सबै स्थानीयतह पूर्ण खोप सुनिश्चित >> किसानलाई दूधको भुक्तानी १५ दिनमै >> तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै >> यातायातका उपसचिव सुन्दर भट्टराई भ्रष्टाचारी ठहर, ३ महिना कैद >> नेपालविरुद्ध श्रीलंका : वर्षा रोकियो, मैदान निरीक्षण हुँदै >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> युके अध्ययनमा युवाको चासो >> ब्युटिसियन तालिमको समापन गर्न संघीय मन्त्री चौधरी नवलपुरमा >> राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान >> विविध कार्यक्रम गरी सरसफाई सप्ताहको समापन >> माधव नेपालका भान्जासहित तीनजना निश्कासित >> तिलोत्तमामा नमुना कृषकलाई प्रोत्साहन गर्न अनुदान >> बास्केटबल खेलाडी बिदाई >> गैंडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई >> बुद्ध पब्लिकमा जुरेस र बाल क्लब गठन >> प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न रक्तदाताहरुको माग >> मेडिटेक अस्पतालको रक्तदानमा ५१ प्वाइन्ट रगत संकलन >> नेपालमा मानवअधिकारको अवस्था सुध्रिएन >> विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै >> असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी >> आगामी तीन दिन तातो हावाको लहरबाट जोगिन आग्रह >> टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै >> जीवी राईलाई छिटो पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग >> बुटवल उपमहानगरले किन रोक्यो कार्यक्रमबापतको भुक्तानी ? अख्तियार भन्छ–कार्यक्रमको भुक्तानी रोक्न मिल्दैन >> प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन एमालेको माग >> दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गरिने >> ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न गिरीबन्धुको फाइल कहिले खुल्छ ? >> मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? >> राप्रपाका लुम्बिनी प्रदेश सांसद यादवको निलम्वन फुकुवा >> टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

तत्कालीन सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ, ऋण प्रवाहमा अनियमितताको आरोप

२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

काठमाडौं ,२८ जेठ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्।
बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेको हो।
पक्राउ परेका ८ जनामा राजेश श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन्।
राजेशबाहेक ६ जना तत्कालीन सञ्चालक समिति सदस्य हुन् भने शिव गोपाल रिसाल क्याट शाखाका प्रमुख हुन्।
यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।
तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो।
त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब १२ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो।
कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए। यससम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ।

राष्ट्र बैंक र सीआईबीको अनुसन्धानमा थप रिपोर्ट प्राप्त भएपछि अहिले उक्त ८ जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।
श्रेष्ठसहितलाई यसअघि पनि यही मुद्दामा पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो। सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?