ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

पर्यटकलाई प्रकृति र संस्कृतिसँग रमाउने प्याकेज बनाउन सुझाव

लुम्बिनी प्रदेशमा साना तथा मझौला होटल ब्यवस्थापन तालिम शुरु, प्रदेशका विभिन्न जिल्लाका ब्यवसायीहरुलाई पर्यटन, बजारीकरण र डिजिटल मार्केटिङ विषयमा प्रशिक्षण दिईने
२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

बुटवल, २८ जेठ ।

प्राकृतिक सम्पदामा धनी लुम्बिनी प्रदेशका पर्यटकीय गन्त्ब्य पहिचान गरी प्याकेज बनाउनुपर्ने पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले सुझाव दिएका छन् । भारतीय सिमा हँुदै ९२ प्रतिशत पर्यटक नेपाल भित्रिने गरेको भन्दै उनले ती पर्यटकलाई भुलाउने गरी प्रकृति र संस्कृतिमैत्री प्याकेज बनाउन आग्रह गरे । ‘थोरै प्रतिशत पर्यटकलाई भुलाउन सके यहाँका ब्यवसायीहरुलाई आर्थिक लाभ मिल्छ‘— उनले भने ।

लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन विकास परिषदको सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा आईतबारदेखि शुरु भएको एक हप्ते साना तथा मझौला होटल ब्यवस्थापन तालिम उद्घाटन गर्दै होटलमा बस्न र खानलाई मात्र अब पर्यटक नआउने उनले दाबी गरे । ‘संस्कृति र प्रकृतिलाई बजारीकरण गर्न जरुरी रहेको छ’—उनले भने । रुपन्देहीमा पनि विभिन्न जातजातीका संस्कृतिका नाच प्रवद्र्घन गरी तालिमहरु संचालन गरेर यसलाई संस्कृति नाच देखाउने शुरुवात अघि बढाउन सकिने बताए । ‘प्रत्येक शुक्रबार साँझ रात्रीकालिन बजारसंगै सास्कृतिक नाच देखाउन सकिन्छ’—उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालय र नाथमको सहकार्यमा परिषदले पाठ्यक्रम तयार पारेको उनले बताए ।

तालिममा पर्यटन के हो, रैथाने खानाको परिकार, खानाको पौष्टिक तत्व, स्टोर, डिजिटल मार्केटिङ जस्ता कोर्षहरुको बारेमा ज्ञान दिईने उनले बताए । भारतको सिमा हुँदै भित्रिने पर्यटकहरुलाई अहिले पहिलो चरणमा बुटवलका १२ वटा गन्तब्यमा भुलाउने गरी कार्यक्रम तयार भएको उनले बताए । गन्त्ब्यका बारेमा होटलहरुमा जानकारीमुलक फोटो, दुरीका बारेमा प्रचार गरिने उनले बताए । यसैगरी स्थानिय किसानका उत्पादनलाई प्रोत्साहन हुने र खपत गराउने गरी सहकार्यका कामलाई अघि बढाउन उनले आग्रह गरे । परिषदबाट दिईने तालिमसंगै अनिवार्य ओजिटि समेत जोड्ने तयारी गरिएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले पर्यटन ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्दै ब्यक्तिगत क्षमता विकास र स्तरोन्नतीलाई जोड दिने गरी कार्यक्रम अघि बढाएको बताए । होटल ब्यवसायमा सिक्ने र विदेशिने प्रवृत्ति ठुलो रहेको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए । ‘पर्यटन उद्योगमा दक्ष जनशक्तिको ठुलो अभाव छ’—उनले भने ।

पर्यटन प्रवर्द्धनसंगै होटल ब्यवसायलाई प्रोत्साहन हुने गरी योजना ल्याउन उनले सरकारसँग आग्रह गरे ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट महासंघ नेपालका निवर्तमान अध्यक्ष हिराध्वज शाहले ब्यवसायको क्षमता विकास गर्न तालिम, गोष्ठीको महत्व हुने बताए । साना तथा मझौला होटल ब्यवसायहरु आफ्नो पहिचानको लागि बि.सं २०६७ सालमा संगठित भएर अघि बढेको उनले बताए । अहिले ७७ जिल्लामा विस्तार गरी पहिचान दिन सफल भएको र अब संगठित भएर पर्यटन विकासका योजनालाई अघि बढेको बताए । ईको टुरिजममा जोड दिनसके नेपालमा राम्रो सम्भावना रहेको उनले बताए । चालू पुजीलाई धितो मान्ने गरी ऋणको ब्यवस्था गर्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले पर्यटन उद्योग एकमात्र विश्वब्यापी पेशा भएको बताए । जुनसुकै मुलुकमा यो आवश्यकता र आकर्षक मानिने पेशामा माग अनुसार दक्ष जनशक्ति उत्पादनमा जोड दिन थालेको उनले बताए

कार्यक्रममा परिषदकी अधिकृत लक्ष्मी पौडेल अर्यालले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि गर्न सकिने सम्भावनालाई मध्यनजर गरी प्रदेशमा छरिएर रहेका पर्यटन ब्यवसायीलाई तालिममा जोड दिएको बताईन । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा लोकल टुर गाईड, नेचर गाईड, होम स्टे तालिम, होटल ब्यवस्थापन तालिम गरिएको उनले बताईन । पर्यटकलाई दिईने आतिथ्यताबाट गुणास्तरिय पर्यटनको पहिचान मिल्ने भन्दै डिजिटल मार्केटिङमार्फत पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई अघि बढाईएको बताईन् ।

कार्यक्रममा संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टंक प्रसाद पाण्डे, महासचिव अर्जुन थापा, पर्यटन विकास परिषदकी मार्केटिङ अधिकृत सुमित्रा चौधरी, प्रशिक्षक धिरन राकस मगरले तालिमका सिकाईलाई ब्यवहारमा लागु गर्ने गरी लाग्नुपर्ने बताए । तालिममा रुपन्देही जिल्लाका ४० जना ब्यवसायीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?