ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

सर्प उद्वारकर्ता ‘दुर्गा भाई’

सुरुवाती दिनमा सर्पलाई नमारी कसैगरी भगाउनुपर्छ भन्ने मान्यता राख्दै सर्प धपाउने दुर्गा पछिल्लो समय जिल्लाकै परिचित सर्प उद्दारकर्ताको रूपमा देखिएका छन् । सर्प उद्दारको लागि सामान्य तालिम मात्र लिएका उनको सिकाइ युट्युव रहेको छ ।
२८ जेष्ठ २०८१, सोमबार
२८ जेष्ठ २०८१, सोमबार

बर्दघाट, २८ जेठ । दुर्गा प्रसाद लामिछाने वास्तविक नाम भए पनि बर्दघाट नगरपालिकाका अधिकांशले चिन्ने नाम हो दुर्गा भाइ । नगरपालिकाको दुर्गा भाइ दुःखमा साथ दिने ब्यक्तिको रूपमा परिचित छन । कसैलाइ अप्ठेरो पर्ने वित्तिकै सुरुमा सम्झिने नाम दुर्गा हो । चाहे आगलागीका घटना हुन्, चाहे सर्प उद्दार होस वा नगरपालिकामा कागजी काम । दुर्गा २०७४ सालमा देखि नगरपालिकामा हलुका सवारी चालकको रूपमा करारमा जागिरे छन तर जिम्मेवारी भने दमकल चालकको छ । उनी दमकल चालक मात्र नभइ पछिल्लो समय सर्प उद्दारकर्ताको रूपमा आफ्नो छवि बनाउँदै लगेका छन ।

३८ वर्षका दुर्गा १० वर्ष बैदेशिक रोजगारीमा सुनौलो भविष्यको खोजी गर्दै खाडिमा विताए । कमाइ राम्रै भएपनि देशमै केही गर्नुपर्छ भन्ने मनमा लिएर नेपाल फर्किए । विदेशबाट फर्किएपछि केही समय यतिकै बरालिएका दुर्गा नगरपालिकामा सानो सवारी चालकको रूपमा करारमा जागिरे भए, पछि नगरपालिकाले दमकल ल्याए पछि उनको जिम्मेवारी दमकल चालकको रूपमा रह्यो तर नगरले उनलाई दमकल चालकको दर्जा नदिइँदा खिन्न छन ।

जागिर सुरु गरेको केही समयपछि विश्व कोभिड १९ का कारण आक्रान्त भएपछि दुर्गाको चर्चा एकाएक चुलियो, कारण थियो कोभिडको बिरामीको नजिक जान जो कोही हिच्कीचाउँदा उनी आफै पुगेर कोभिडका बिरामीको सेवा गरे चाहे एम्बुलेन्स चालकको रूपमा होस चाहे मृत्यु भएकाको दाहासंस्कारमा सहयोग गरेर ।

उनी सम्झन्छन–‘फलानालाई त कोभिड भयो रे भनेपछि उनको नजिक कोही नपर्ने, अस्पताल लैजान एम्बुलेन्स चालकले समेत नमानेपछि धेरै पटक जोखिम मोलेरै पनि एम्बुलेन्समा राखेर अस्पताल लगेँ, उनीहरूको उपचारमा सहयोग गरेँ, यसरी सहयोग गर्दा आत्मसन्तुष्टि मिल्थ्यो, यस्तै सामाजिक काम गर्दागर्दै अहिले त बानी नै परिसक्यो ।’

हलुका सवारी चालकको करारको नियुक्ति भएपनि उनी दमकल चालक समेत हुन । दमकल चालक आफैमा सामाजिक काम गर्ने ब्यक्ति भएको उनको बुझाइ छ । कहिँकतै आगलागी हुने वित्तिकै दुर्गालाई सम्झनेहरू धेरै छन ।

पछिल्लो समय दुर्गा अधिकाँश समय सर्प उद्दारमा बिताउने गरेका छन । सुरुवाती दिनमा सर्पलाई नमारी कसैगरी भगाउनुपर्छ भन्ने मान्यता राख्दै सर्प धपाउने दुर्गा पछिल्लो समय जिल्लाकै परिचित सर्प उद्दारकर्ताको रूपमा देखिएका छन् । सर्प उद्दारको लागि सामान्य तालिम मात्र लिएर विशेष तालिम नलिएका दुर्गा कतै पढेर त कतै युट्युव लगायतमा हेर्दै सर्प उद्दारमा लागि परेको बताउँछन ।

बर्दघाट क्षेत्रमा कुनै पनि समयमा घरवस्तीमा पुगेर सर्प उद्दार गर्दा स्थानीयले सुरक्षित भएको महशुस गर्दा आफूलाई सन्तुष्टि मिल्ने उनी बताउँछन । सर्प उद्दारकर्मीको परिचय बनिरहँदा उद्दार सम्बन्धी तालिम, उद्दारको निम्ति आवश्यक सामग्रीको ब्यवस्थापन नहुँदा धेरै जोखिम मोल्नु परेको उनले बताए । बर्दघाट नगरपालिकाले सर्प उद्दारको लागि विपद ब्यवस्थापन कोषबाट बजेट विनियोजन गरेर खर्च गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । ‘बर्दघाट नगर सर्पदँशको उच्च जोखिम भएको क्षेत्र हो, सर्प उद्दारको लागि तत्काललाई नगरकै कर्मचारीलाई प्रारम्भीक तालिम र आवश्यक सामाग्री दिएर सर्प उद्दार गरेका छौँ आगामी वर्षबाट सर्प उद्दार शिर्षकमै बजेट छुट्याउने र उद्दारकर्ताको लागि थप सेवा सुविधा, बिशेष तालिम, विमा र अन्य सुविधा दिएर सर्पदँश जोखिम न्युनिकरण गर्ने लक्ष्य छ’ नगरप्रमुख श्रेष्ठले भने । ‘अहिले सामान्य तालिम र केही उद्दार सामग्रीले सक्दो उद्दार गरेको छु भविष्यमा थप तालिम र सामाग्री उपलब्ध भएमा अझै प्रभावकारी रूपमा सर्प उद्दार गर्न सकिन्छ भन्ने आत्मविश्वास छ लामिछानेले भने ।

करिव ३ वर्षअघि देखी सर्प उद्दारमा क्रियाशिल लामिछानेले रसेल भाइपर, गोमन, करेत जस्ता निकै विषालु सर्पको समेत उद्दार गरेका छन । करिव २ सय बढि सर्प उद्दार गरी सकुशल सुरक्षित स्थानमा छाडनु जोखिमपुर्ण काम हो । । घर, करेसाबारीबाट सर्प धपाउनु तत्काललाई सुरक्षित महशुस भएपनि जोखिम कायम रहने उनको भनाइ छ । घर वस्तीमा आएका सर्पलाई उद्दार गरी जँगल वा सुरक्षित क्षेत्रमा छोडनु नै सबैभन्दा सुरक्षित काम हो दुर्गाको बुझाइमा । सर्प उद्दार गर्दा आफूलाई आत्मसन्तुष्टि मिल्ने र समाजलाई सुरक्षित समेत गर्न सकिने भएपनि उद्दारको क्रममा घरधनी वा स्थानियबाट सामान्य सहयोग नपाउँदा निकै दुःख लाग्ने गरेको उनले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?