ट्रेंडिंग:

>> पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा तीनजनाको मृत्यु >> चिनियाँ मन्त्रीसंग व्यवसायीको अनुरोध : गौतमबुद्ध विमानस्थलमा नियमित उडान गरिदिनुस् >> प्रदेश संरचना दलहरुका तेस्रो तहका नेता थन्काउने थलो : गृहमन्त्री >> कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु >> कांग्रेस र रास्वपाका सांसदले संयुक्त रुपमा दर्ता गरे चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव >> सल्यानको कालिमाटी—५ कर्णालीकै पहिलो पोषणमैत्री वडा घोषणा हुँदै >> अत्यधिक गर्मीका कारण दाङका विद्यालय दुइदिन बिदा >> अत्यधिक गर्मीका कारण दाङमा विद्यार्थीहरु बेहोस >> विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर >> चन्द्र माविका भूपू विद्यार्थीहरुको पुनर्मिलन >> क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग (भिडियोसहित) >> प्रेमी जहीरसँग विवाह गर्दै सोनाक्षी >> पार्टी फुटाउने प्रयास भयो- माधव नेपाल >> उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित >> दाङबाट काठमाडौं जाने बस सैनामैनामा दुर्घटना, ४३ घाइते >> विश्व बालश्रम बिरुद्धको दिवस >> सन्दर्भः बालश्रम विरुद्धको विश्व दिवस >> वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द >> शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा >> विद्यालयमा सामग्री पाएपछि खुशी >> रोल्पाका सबै स्थानीयतह पूर्ण खोप सुनिश्चित >> किसानलाई दूधको भुक्तानी १५ दिनमै >> तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै >> यातायातका उपसचिव सुन्दर भट्टराई भ्रष्टाचारी ठहर, ३ महिना कैद >> नेपालविरुद्ध श्रीलंका : वर्षा रोकियो, मैदान निरीक्षण हुँदै >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> युके अध्ययनमा युवाको चासो >> ब्युटिसियन तालिमको समापन गर्न संघीय मन्त्री चौधरी नवलपुरमा >> राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान >> विविध कार्यक्रम गरी सरसफाई सप्ताहको समापन >> माधव नेपालका भान्जासहित तीनजना निश्कासित >> तिलोत्तमामा नमुना कृषकलाई प्रोत्साहन गर्न अनुदान >> बास्केटबल खेलाडी बिदाई >> गैंडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई >> बुद्ध पब्लिकमा जुरेस र बाल क्लब गठन >> प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न रक्तदाताहरुको माग >> मेडिटेक अस्पतालको रक्तदानमा ५१ प्वाइन्ट रगत संकलन >> नेपालमा मानवअधिकारको अवस्था सुध्रिएन >> विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै >> असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी >> आगामी तीन दिन तातो हावाको लहरबाट जोगिन आग्रह >> टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै >> जीवी राईलाई छिटो पक्राउ गरी स्वदेश ल्याउन ज्ञानेन्द्र शाहीको माग >> बुटवल उपमहानगरले किन रोक्यो कार्यक्रमबापतको भुक्तानी ? अख्तियार भन्छ–कार्यक्रमको भुक्तानी रोक्न मिल्दैन >> प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन एमालेको माग >> दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गरिने >> ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न गिरीबन्धुको फाइल कहिले खुल्छ ? >> मोदी क्याबिनेटमा कसले कुन मन्त्रालय पाए ? >> राप्रपाका लुम्बिनी प्रदेश सांसद यादवको निलम्वन फुकुवा >> टिपर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

चलचित्र पुजारसार्की हेरेपछि…..

२७ जेष्ठ २०८१, आईतवार
२७ जेष्ठ २०८१, आईतवार

आफ्नो बाल्यकाल गाउँमा बितेपनि केही बुझ्ने भएपछि शहर झरियो । शहरिया जीवन गाउँको भन्दा भिन्दै खालको थियो । गाउँमा दाउराको आगोमा खाना पाक्थ्यो अनि शहरमा स्टोपमा खाना बन्थ्यो । कसै कसैले त भुसी चुलोमा खाना बनाउँथे । जाडोमा हिटर वा कहींँ कहीँं दाउरा बालेर आगो ताप्ने चलन थियो । शहरमा भन्दा गाउँमा जातीय विभेद धेरै थियो । हामीले जान्दा नै कामी दमाई सार्की भन्ने गरिथ्यो । यो सानो जातबाट चिनिने मानिस अन्य जातका मानिसको घरमा छिर्न पाउँदैनथे । ब्राह्मण जातका मानिसहरूले सबैले भन्दा धेरै दलित भनेर चिनिएका माथि चरम विभेद गरिरहेका हुन्थे । घरको आँगनको डिलमा बसालेर खाना खान दिने चलन थियो । त्यसैमा उनीहरूले खाने भाँंडा नै अलग हुन्थे । गिल्टीका थोत्रा भाँंडाहरू उनीहरूका लागी छुट्याइएको हुन्थ्यो । खाना खाएपछि भांँडा माझेर गोठतिर घोप्ट्याउनु पथ्र्याे र अन्य बेला गैरदलित भन्नेहरूले ती भांँडाहरू छुंँदैनथे । केही गर्दा छोइयो भने घरमा छिटो माग्थे, मतलब सुनपानी छर्किन्थे र चोखो बनाउँथे । आफ्नो घरको जटिल कामहरूमा उनीहरूलाई लगाइन्थ्यो । खेत बारी जोत्ने, दाउरा चिर्ने, मुडा चिर्न आरा लगाउने, धान गहुँ काटने र झाँंटने, मकै कोदो खन्ने, अग्ला रुखबाट घांँस झार्ने जस्ता काम यी बर्गले गैर दलित कहाँं गर्नुपथ्र्याे । हाल जेठको १६ गते बुधबारको दिन बुटवल भाटभटेनी माथि रहेको हलमा पुजारसार्की नामको चलचित्र हेर्दैगर्दा माथि उल्लेखित गाउंँको बाल्यावस्थाको जातीय विभेदको याद दिलायो ।

वास्तवमा जात भनेको के हो र कसले मानव जातीको परिभाषा विभिन्न शिर्षकमा छुट्टायो भन्ने कुरा नै अचम्मको छ । गाउँमा बिगतमा भन्दा अहिले केही परिवर्तन आएपनि सहरको तुलनामा यो जातीय विभेदको पूर्णरूपमा अन्त्य हुन सकेको छैन र यसै भन्नुपर्दा सहरमा पनि जातीय विभेदको पूर्णरूपमा अन्त्य हुन सकेको छैन । अहिले पनि दलित भन्ने थाहा हुनासाथ कोठा पाउन मुश्किल पर्छ । जतिसुकै आदर्शका भाषण दिएपनि ब्राह्मण नेताले दलितलाई घरभित्र लगेर सँगै बसालेर खाना खान सक्दैनन । २०१५ सालमा पहिलो निर्वाचीत प्रधानमन्त्री बिपी कोइरालाले दलित माथिको छुवाछुत हटेको घोषणा गरेका थिए । त्यसपछिका सरकारले पनि पटक पटक यो हटेको घोषणा मात्र गरेका छैनन, संविधान र कानुनमै उल्लेख गरेका छन । यो सबै कागजमा मात्र सिमित भएको छ । तर, व्यवहारमा लागु हुन सकेको छैन । शुद्र वा दलित भनेर चिनिएका माथि हुने गरेको चरम थिचोमिचो र विभेदका घटनामा आधारित चलचित्र पुजारसार्कीमा पञ्ंचायत कालमा हुने गरेका सबैभन्दा धेरै जातीय विभेदबाट कथा उठान गरी एकैपटक माओवादीको जनआन्दोलनलाई जोडेर रुकुम घटनाको चित्रण गर्दै कथा टुड्ग्याइएको छ । चलचित्रको कथामा अन्तर्जातीय विवाह गर्न खोजेका कारण दर्दनाक घटना घटन पुगेको बिषय उजागर गरिएको छ । बिश्व मानचित्रमा विकसित प्रविधिले विश्व मुठी भित्र अटाएको छ । मानिसले नै सबै चीजको आविष्कार गरेका छन । विकसित मुलुकमा कहींँ कतै जात भन्ने शब्द नै छैन, मात्र लिड्गको आधारमा महिला र पुरुष भन्ने गरिन्छ । पिछडिएका र अन्धविश्वासमा बांँचेका देशहरू दक्षिण एसियाली मुलुकमा मात्र यो जात बर्णको प्रचलन छ । पुजारसार्की चलचित्रमा दलित र गैर दलितबीचको प्रेम सम्बन्ध र अन्तर्जातीय विबाहलाई कथा बनाइएको छ ।

ठूलो जात र सानो जातको विभेद ब्राह्मणहरू भित्रै पनि छ । अनि दलितहरू आफैभित्र पनि छ । यसैगरी जनजातीबीच पनि छ । गुरुङले मगर भन्दा ठूलो जात भनेर घमण्ड गरेको पनि पाइन्छ । जात भन्ने कुरा ब्यक्तिको धन सम्पत्ति र पहुँचमा गएर अडिएको छ । बजारका धनीमानी र सम्पन्नमा जातले खासै असर पार्दैन । उनीहरूसँंग गैरदलित साथीभाईहरू कुनै धक नमानी सँगै खाजा वा खानामा सहभागी भएका हुन्छन । जातीय विभेदको मारमा बिशेषगरेर बिपन्न बर्ग परेका छन । विपन्न बर्ग त्यसैमा दलित, न त गास छ न त बास छ, बल्लतल्ल एउटा झुपडी हुन्छ, त्यो झुपडीमा रात बिताउने र दिनभर ज्यामी काम गर्ने दलित न त सफा बस्न सक्छन न त राम्रो काम नै पाउँछन । उसलाई हेला होंचो गर्ने, दुरदुर गर्ने, गाउँघरमा त होटलमा केही खाए भने भाँंडा माझ्न पठाउने जस्ता गतिविधि हुने गरेका छन । जातीय मुक्तीको नारा दिंँदै थुप्रै एनजिओहरूले रकमको तर मारे तर समस्या भने ज्यँुंका त्युँं छन । नेपालको पर्यटकीय क्षेत्रका नामले चिनिएको र विदेशी नागरिक लावालस्कर लाएर अन्नपूर्ण, धौलागिरी, माछापुच्छे्र जस्ता हिमाल हेर्न पुग्ने लम्जुडको घलेगाउँमा दलितलाई जंगलमा खोजेर ल्याएका न्युरो, च्याउ, चौतारी, गुंगेली जस्ता तरकारी वा फलफूलहरू बेच्न समेत बन्देज गरेको देखियो । गुरुड बस्ती रहेको उक्त गाउँमा दलितलाई घरभित्र छिर्न दिंंइँदैन भने बिदेशी पाहुना भनेर गोरेहरूलाई माला र खादा लगाएर सेतो अक्षतामा सजाउँदै घरभित्र स्वागत गरिन्छ । यही गतिबिधीले यो देशमा जातीय विभेद कहिले हटने हो ? सोचनिय बिषय छ ।

दलितको जातीय मुक्ती आन्दोलनको तिब्र आवाज उठाउने दलित नै चोर माथि चंडाल बनेका पनि देखिन्छन । आफ्ना साथीको नाम बेचेर सीमित ब्यक्तिले डलर कुम्लाएका छन । सुकुम्बासी बस्ती खोला किनारमा रात बिताउने दलित र गरीबको फोटो बिदेशीलाई बेचेर धनी बनेका छन । पिडीत दलित भने सधै पिडा बोकेर बाँचिरहेका छन । माया प्रेममा परेका जोडी एउटै जात नभए परिवारले नस्वीकार्ने जसका कारण आत्महत्या गर्ने अवस्था छ । कि त मारिनुपर्ने जस्ता घटना दोहोरिरहेका छन । अहिले बिश्व २१ औं शताब्दीमा चलीरहेको अवस्थामा हाम्रो समाज भने १६ औं शताब्दीको बेला जस्तो छ । त्यसैमा हाम्रो मुलुकमा अहिले पनि लागोभागो र झारफुकमा बिश्वास गरिन्छ । बोक्सीको आरोपमा मानिसलाई मलमुत्र खुवाइन्छ । बंश बिग्रिने चिन्तामा छोराछोरीको इच्छा बिपरीत काम गरिन्छ । जसले गर्दा भबिष्यमा पनि रुकुम पूर्वको घटना नदोहोरिएला भन्न सकिँदैंन ।

नेपालको संविधानले नै छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको छ । जातीय विभेद कसुर सजाय ऐन २०६८ ले पनि त्यसलाई निषेध गरेको छ । दलित समुदायको ठूलो आन्दोलन पश्चात नेपालमा यी कानुनहरू आएका हुन तर कानुन आउनु मात्रै ठुलो कुरा होइन, त्यसको कार्यान्वयनको पाटो चाहीँ अझैपनि कमजोर छ र कार्यान्वयनको सोच नै विकास हुन सकेको छैन । कानुन बनेका कारण संवैधानिक निकायमा दलितहरूको प्रतिनिधित्व भएको छ, त्यो उपलब्धि हो तर जातीय बिभेद र छुवाछुतले जरो गाडेर बसेको छ । जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाएपनि ब्यवहारमा राज्यका संरचनाहरूले एक इन्च पनि कार्यान्वयन गरेका छैनन् । नीति भएरमात्र के गर्नु नियत सफा हुनुपर्ने, त्यो हुन सकेको छैन । दलितमाथि भएका अपमान र घृणालाई मेलमिलाप गरेर टुड्ग्याइन्छ । गाउँंमा दलित महिलालाई गैरदलितले गर्भवती गराए भने गरिब वा दलितलाई केही पैसा दिएर स्वीकार्न लगाइन्छ, । कहिलेसम्म यो सबै हेरेर सहेर बस्ने ? कसले यो सबै बिकृती हटाउन पहल गर्ने ? बडो समस्या देखिएको छ । जे भएपनि देशको कानुनमा उल्लेख गरिएझैँ हाम्रो समाज पनि यस्ता मानवताहीन ब्यवहारबाट मुक्त हुन सकोस । सबैको मंगल होस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?