ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

वनै पिच्छे पोखरी खन्दै उपमहानगर

बुटवलमा १७ वटा सामुदायीक वन छन् । यी मध्ये साना ठुला गरेर १० वटा वनमा पोखरी निर्माण भएका छन् ।
२७ जेष्ठ २०८१, आईतवार
२७ जेष्ठ २०८१, आईतवार

बुटवल, २७ जेठ । बुटवल उपमहानगरपालिका—११ देवीनगरका हरिप्रसाद कडेंल उपमहानगरपालिकाले अघि सारेको एक वन, एक पोखरी कार्यक्रमबाट खुशी छन् । उनलाई एक वन, एक पोखरी अभियान महत्वपूर्ण लागेको छ । बुटवल—८ सुख्खानगरका शिव अधिकारी वनमा पोखरी निर्माणले वनको वैभव बढेको बताउँछन् । ‘वन्यजन्तुलाई पानी खान सजिलो भएको छ, भूमिगत पानी रिचार्ज भएको छ उनले भने,—पर्यापर्यटन विकासको ढोका पनि खुलेको छ ।कडेंल र अधिकारी झैं एक वन, एक पोखरी निर्माणले स्थानीय खुशी भएका छन् ।

बुटवलमा १७ वटा सामुदायकि वन छन् । यी मध्ये साना ठुला गरेर १० वटा वनमा पोखरी निर्माण भएका छन् । बुटवलको फूलबारीमा एउटा पोखरी छ । यहाँको पोखरीमा बर्खायाममा मात्रै पानी संकलन हुन्छ । चारपाला सामुदायिक वनमा सानो र ठूलो गरी दुई वटा पोखरी छन् । शिवनगर सामुदायिक वनमा तीन वटा पोखरी निर्माण भएका छन् । चुरे सामुदायकि वन चिडियाखोलाको माथि रहेको चिसापानी भन्ने ठाउँमा पोखरी निर्माण गर्न थालिएको छ । यो ठाउँमा पानीको पूरानो प्राकृतिक मूल छ । त्यहाँ १५ मिटर लम्बाइ र १२ मिटर चौडाइको पोखरी खनिएको छ ।

चारपाला सामुदायिक वनको प्रगतिनगरदेखि पानी रहेको पूरानो नर्सरीमा पोखरी खनिएको छ । त्यसैगरी जितेश्वरी सामुदायिक वनमा दुई वटा पोखरी र यो वर्ष रामनगर सामुदायिक वनमा साना दुईवटा पोखरी निर्माण गरिएको बुटवल उपमहानगरपालिका वनवातावरण तथा विपद् व्यवस्थापन शाखाका वातावरण इञ्जिनियर योगेश चापागाईले जानकारी दिए । उनले भने उपमहानगरपालिकाले बाँकी सामुदायिक वनमा संभाव्यता अध्ययन पछि मात्र पोखरी निर्माणको काम अघि बढाउने बताए । उनले कतिपय सामुदायिक वनले माग गरे पनि संभाव्यता अध्यन्न गर्दा पोखरी निर्माणका लागि राम्रो नभए पनि नगरले पोखरी निर्माण गर्न नसक्ने जानकारी दिए । यो वर्ष बुटवल उपमहानगरपालिकाले पोखरी निर्माणका लागि १० लाख रुपिया विनियोजन गरेको छ ।

शिवनगर सामुदायिक वनमा रहेको कमल पोखरीले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । पछिल्लो समय कमल पोखरी घुम्न आउनेको संख्या बढिरहेको छ । वनमा पोखरी निर्माण गरी सौन्दर्यकरण गर्न सके सामुदायिक वनको आम्दानी बढ्ने अधिकारीको भनाई छ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा पर्यावरण जोगाउन बुटवलमा एक वन एक पोखरी अभियान सुरु भएको हो । बुटवल उपमहानगरपालिकाले चुरे पहाडको फेँदीमा रहेका सामुदायिक वनमा पोखरी निर्माण अभियान सुरुवात गरेको हो । पोखरी निर्माणले वातावरणलाई सफा गर्ने र पोखरीको पानीबाट हुने सिचाईले बोटबिरुवामा भित्री रूपमा सिचाई हुने भएकाले अभियान महत्वपूर्ण रहेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बताइन् ।

उपप्रमुख अर्यालका अनुसार पोखरी सिचाईका लागि महत्वपूर्ण रहेको छ । पूर्वजहरूले एक गाउँ एक पोखरी पोखरीको अवधारणा अनुसार गाउँ—गाउँमा पोखरी बनाएको उनले बताइन् । गाउँमा रहेका ती पोखरीमा चरनबाट फर्केका गाइवस्तुले पानी खान्थे । तिनै पोखरीमा डुबुल्की मार्थे ।पूर्वजले गरेको कामलाई ब्युँताउन खोजिएको हो उनले भनिन् । जलवायु परिवर्तनको असर विश्वव्यापी देखिन थालेको छ । जलवायु परिवर्तनले पानीका श्रोत सुक्न थालेका छन् । पानीको संकट चुलिदै जाने संकेतहरू देखिन थालेका छन् । जलवायु परिवर्तनको असरले चुलिदै गएको पानीको संकट न्युनिकरण गर्न एक वन एक पोखरी कार्यक्रम प्रभावकारी हुने उपमहानगरपालिकाले विश्वास लिएको छ । जलवायु परिवर्तनको असर न्युनिकरण गर्न यो कार्यक्रम फलदायी हुनेछ ।

वातावरणविद युवराज कंडेलले एक वन एक पोखरी अभियानलाई व्यापक बनाउन सके मानव वन्यजन्तु द्वन्द्वलाई न्युनिकरण गर्न सकिन्छ । पोखरीले हरियाली प्रवद्र्धन हुने र त्यसको प्रत्यक्ष फाइदा समुदायले पाउँछ ।चुरे क्षेत्रमा ठूला पोखरी निर्माण गर्दा अध्ययन र अनुसन्धान पछि बनाउनुपर्ने कडेंलको सुझाव छ । चुरे क्षेत्रबाट बग्ने खोल्साहरूलाई थुनेर पोखरी निर्माण गर्दा त्यसले थेग्न नसक्दा दुर्घटना हुन सक्ने तर्फ सचेत हुनुपर्छ उनले भने । उनले पछिल्लो समयमा जंगलमा लागेको डढेलो नियन्त्रण गर्न पनि पोखरी निर्माणले सहयोगी भुमिका खेल्ने सक्ने बताए ।
बुटवलका सबैजसो सामुदायिक वनले पोखरी निर्माणका लागि उपमहानगरपालिकाको साथ खोजेका छन् । रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमालले पोखरी निर्माणको लाग गत वर्ष नै माग गरेको भएपनि योजना पर्न नसकेको गुनासो गरे । रामनगरमा पोखरी बनाउँछौं, उपमहानगरको साथ चाहियो भनिरहेका छौं । वनमा पोखरी नहुँदा तिर्खाएका वन्यजन्तु रामनगरवासीको घरघरमा आउन थालेकाले समस्या झेल्नुपरेको छ । ‘घर—घरमा वन्यजन्तु आउँदा दुर्घटनाको जोखिम छ,—उनले भने,—बेलैमा पोखरी बनाउन सके दुर्घटनाबाट समुदायलाई जोगाउन सकिन्थ्यो ।’

शिवनगर सामुदायक वनका सचिव श्यामकला आचार्यले वनमा पोखरी निर्माणले वनको सन्दर्यता बढाउनुका साथै आन्तरिक पर्यटन भित्राएरन सकिने बताईन । वनमा हरियाली कायम गर्न पनि पोखरी आवश्यक त्योसँगै वन्यजन्तुलाई पानी खानका लागि पनि असाध्यै आवश्यक छ पोखरी । उनी भन्छिन् यसरी वन्य जन्तुले वनमा नै पानी खान पाए भने बस्ती सम्म आउर हानी नोक्सान हुनबाट समेत जोगाउन सकिने हुनाले पनि वन पोखरी अति आवश्यक पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?