ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

जनता हो – ढिलो भयो, अब जागौं

२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

केही दिनअघि चितवन जिल्लाको एक केरा फार्ममा अज्ञात समूह रातीमा आएर भर्खरै पसाएका करिब साढे तिनसय केराका बोटहरू काटेर सोत्तर पारी भागेको समाचार प्रकाशमा आयो । यो समाचारले सबैलाई स्तब्ध बनाउनु त स्वाभाविकै हो । नेपाली समाजमा दिनहँु वृद्धि हँुदै गएको छ यस प्रकाकरा उच्छृंखलता र अराजक प्रवृत्तिले यत्रतत्र सर्वत्र व्यापकता छाइरहेको छ । यो देशको भविष्यको निम्ति अत्यन्तै चिन्ताको विषय हो । लाखौं रुपियाँ लगानी गरेर हुर्काएका केराका बोटहरू घरी छिप्पिन नपाउँदै एकै रातमा एकाएक फाँडिदिएर किसानलाई बर्बाद बनाउने दुष्टको दुष्ट मानसिकता निन्दनीय र भत्र्सना योग्यत छदैछ नै साथै यस अक्षभ्य अपराधका दोषीलाई जति ठूलो दण्ड दिएपनि कमै हुने स्थिति बोध गराउँदै छ । आज नेपालको युवाहरूको अत्यधिक संख्यालाई गलत संस्कारको प्रभावले उनीहरूको मानसिक तन्तुहरूलाई यसरी बेरेर राखेको छ कि हाम्रा धेरै युवाहरू अत्यधिक नकारात्मक सोचबाट ग्रसित छन् । इष्र्या, द्वेष, घृणा, विद्रोह, आक्रोस, रिसडाहाले भरिएका उनीहरूको मानसिक अवस्था अन्त्यमा डराएर डिप्रेसनमा पुगी या त कसैको हत्या गर्ने या आफैले आत्महत्या गर्ने प्रवृत्ति हवात्तै वढेको छ । यो अवस्था पलायनवादको चरम उत्कर्ष हो । यस्तो स्थिति कसरी उत्पन्न हुन्छ र यसको सही निदानका लागि के कस्ता प्रयासहरू अवलम्वन गरिनुपर्दछ भन्ने सवालमा जिम्मेवार निकाय अझैपनि कानमा तेल हालेर बस्दा भने परिस्थिति विग्रिएर जताततै सम्हालिन नसक्नु हुनेछ । केरा छप्काएको काण्ड मात्र होइन, देशैभरि स–सानो रिस इवीमा पनि मान्छे छप्काई हाल्ने अनगिन्ती उदाहरण देशैभरि व्याप्त छन् तर सरकारको चासो यसतर्फ छैन । सरकारको ध्यान त केवल भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई निर्दोष सावित गर्नमा राज्यका सबै अङ्ग सव्रिmय छन् । अव यसरी हुँदैन । भ्रष्टाचारको विरुद्धमा कडा कदम चाल्नैपर्छ । देशमा लोकतन्त्र आएपछि २०४६ सालदेखि आजसम्म जति पनि भ्रष्टाचार भएको छ, त्यसको लागि अधिकार सम्पन्न छानविन आयोग वनाई भ्रष्टाचारीहरूलाई कानुुनको दायरामा ल्याई उनीहरूको अवैध सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गराउन चारैतिरबाट दबाब सिर्जना गरिनुपर्दछ । राजनीतिको आवरणमा ३५ वर्षदेखि देश र जनतालाई लुटेर नवधनाढ्य बनेका ठगहरूलाई अव पनि सपार्न सकिएन भने त्यसको परिणाम झनै भयावह रूपलिएर देखापर्ने छ । ठूला नेताहरू सबै गन्हाए, सिद्धान्त, दर्शन सबै त्यागे । सिद्धान्तमै भ्रष्टाचार भयो । राजनीतिक सिद्धान्तमा भ्रष्टाचार आएपछि सबैतिर भ्रष्टाचार व्याप्त हुन्छ । सबैतिर भ्रष्टाचार व्याप्त हुन्छ भने सबैतिर आक्रोस, विद्रोह, घृणा र निरासा फैलिन्छ । जनमानसमा पारस्परिक सद्भाव रहँदैन् । एकले अर्कोलाई शत्रुको नजरले हेर्न थाल्दछ । जसरी रवि लामिछाने र गगन पक्ष एकले अर्कोलाई शत्रुको नजरले हेरिरहेको छ, काँग्रेस र एमाले एकले अर्को पक्षलाई सिध्याउने खेलमा हात धोएर लागेका छन्, संसदमा भेंडा बाख्रा र कुकुरहरूको जस्तो जुन रमिता देख्नु परेको छ । संसद वाहिर नागरिक समाजमा पनि यस्तो हविगत देख्नुपर्ने छ । यसलाई रोक्नको निम्ति अव हामी सबै नेपाली दूरदर्शी बनौं । अब पनि हाम्रो सोंचाई तथा परिकल्पनाहरू दूरदर्शी स्वभावका बनेनन् भने हाम्रो जीवन संसद भवनका नालायक पात्रको जस्तो देशको निम्ति बोझ, समाजको निम्ति बोझ र आफ्नै आउँदो पिँढीको निम्ति पनि अभिषाप सिद्ध हुन जानेछ ।
सभामुखले बैठक डाक्छन् । देशका बोझहरूले बैठक चल्न दिदैनन् तर बैठक भत्ता लाजै नमानी बुझ्ने गर्दैछन् । काम गरेर परिश्रमिक लिनु जायज हुन्छ तर कामै नगरी पैसा बुझ्नु भ्रष्टाचार हो, चोरी हो डकैती हो । एउटा बैठक डाकेबापत सांसद भनाउँदाहरूलाई राज्यले भत्तास्वरूप दिनुपर्ने पैसा मात्र दिनको १० लाख पर्न जान्छ । त्यसमा उनीहरूले खाजा साजाको खर्च जोड्दा अझै बढी जान्छ तर काम भनेको होहल्ला र धकेला धकेलको ग्याङफाइट बाहेक केही छैन । आफ्ना मतदाता जसले आफ्नो अमूल्य मत दिएर आफूलाई चुनाव जिताए, सांसद बनाए र मन्त्री वने, प्रधानमन्त्री, राष्ट्रपति, सभामुखको हैसियतमा पु–याए तर जनताको आर्तनाद सुनेर उनको आँशु पुछिदिने कोही निस्केन । सबै स्वार्थी, सबै हरामी सबै वेइमान भए । विभिन्न समस्याहरूबाट अनवरतरूपमा पीडित जनता हरेक सरकारप्रति आशामुखी बनेर धेरै गुहार मागे तर सरकारी तहबाट यिनको समाधान गर्ने प्रयास कहिल्यै भएन । विकासका कुरा सुशासनका कुरा राष्ट्रको व्यक्तित्वमाथि उठाउन विज्ञान, प्रविधि, कला, शिक्षा संस्कृतिको स्तरोन्नतीका सवालमा दलहरूका बीच कहिल्यै मतैक्य बनेन । बरु एकले अर्कोलाई खसाली आफ्नो चोखो देखिन एउटाले सहकारी ठग, अर्कोले बाख्रा चोर, रोलेक्स घडी चोर, दुतावासलाई सूचना बेचुवा, तेश्रोले भन्छ क्यान्टोन मेण्ट घोटाला, चोथो कुर्लन्छ– बालवाटार घिचुवा, पाचौं बम्कन्छ गिरिवन्धु टिस्टेट, फेरि अर्को उफ्रिन्छ नक्कली भुटानी शरणार्थी, त्यसको प्रतिवादमा अर्कोले घ्रोक्रो फुलाउँछ सुनचोर, जताततै ठगीको पोलापोलमा महत्वपूर्ण समय त्यत्तिकै बर्बाद बनेको छ । सरकारी संरक्षण र प्रोत्साहनको परिणाम आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा देशका मूल सीमाका भन्सारहरूबाट दिनहुँ निर्वाधरूपमा तस्करी जारी छ । यो तस्करीमा कुनै न कुनैरूपमा उच्चपदस्थ नेता वा उसको संरक्षण प्राप्त व्यक्ति अथवा परिवारको सदस्य संलग्न हुने गरेका अकाट्य तथ्यहरू एक एक गरेर बाहिर आइरहेका छन् । तर, समुचित छानविन र उचित कारवाही हुदैन । अपराधीहरूको बचाउमा ठूला दलका मुखियाहरू नै हात धोएर लाग्ने गर्दछन् । स्थिति यहाँसम्म विग्रिसकेको छ कि कैलाश सिरोहिया जस्तो विवाहित पात्रलाई कानुनको कठघरामा ल्याउने प्रयास गर्दा प्रेस स्वतन्त्रता हनन भएका कुरा उठ्छन् । पशुपतिनाथको दानपात्र समेत चोरी हुन्छ । पशुपति विकास कोषको कोषाध्यक्ष नै भगवान् पशुपतिनाथको भेटी चोर्ने र चोराउने दुष्कर्ममा संलग्न भएको तथ्य बाहिरिन्छ । तस्कर र भ्रष्टाचारीहरूले इमान्दार कर्मचारीलाई पैसाले किन्न नसके उनीहरूलाई आतङ्कित पारी अन्यत्रै सरुवा गराई दुर्गामतिर पठाईदिन्छन । सो ठाँउमा आफू अनुकुलको पात्र ल्याई गैरकानुनी व्रिmयाकलापलाई अगाडि बढाइन्छ । बालुवाटार जग्गा घोटाला प्रकरणमा केही कर्मचारीलाई र साठी किलो भनिएको सय किलो सुन प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू र आफू अनुकुल नचल्ने न्यायाधीशलाई काठमाण्डुबाट र कुनातिर धकेलिएको घटना सबैका सामु जगजाहेर छ । आज ठूलो नेताको संरक्षण पाएर मात्तिएका तस्करहरू, भ्रष्टाचारीहरू,सहकारी ठगहरू, काला बजारियाहरू तथा माफियाहरू तथा केही बदनाम मिडिया हाउसहरू चाहे ती नेपाली मूलका हुन् । चाहे विदेशी मूलका वरिष्ठ नेताहरूको संरक्षण पाएर तथा पैसाले अन्धो भएर यति मात्तिनु थालेका छन् कि अवपनि यिनलाई ठेगान लगाउन सकिएन भने यिनीहरू राष्ट्रिय अर्थव्यवस्थालाई मात्र होइन, देशको शान्ति सुरक्षा र अमनचैनका लागि पनि खतरनाक गिरोहको रूपमा उदाउँदै छन् । किसानका केरा फाँड्नेदेखि लिएर अपराधीको संरक्षणमा संसदमा कुर्लिनेहरूका सबै नियत आम जनताले बुझिराख्नु जरुरी छ । जनता हो अब जागौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?