ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

भारतीय चुनाव परिणामले दिएको सन्देश

२४ जेष्ठ २०८१, बिहीबार
२४ जेष्ठ २०८१, बिहीबार

भारतमा भरखरै लोकसभाको निर्वाचन सम्पन्न भई परिणाम पनि आएको छ । तर, यस परिणामपछि विभिन्न तर्कवितर्क पनि हुन थालेका छन् । मोदी आफैँको नेतृत्वमा भएको विधानसभा वा लोकसभाका निर्वाचनका परिणामहरू यस किसिमले आएका थिएनन् । सबै चुनावहरूमा मोदीले आफ्नो पार्टीलाई बहुमतमैँ पुयाएका थिए । तर, यसपटक त्यस्तो हुन सकेन । भाजपा आफैले मात्र बहुमत हासिल गर्न सकेन । उसले आफ्ना सहयोगी दललाई मिलाएर बनाएको एन्डिएमार्फत् सरकार बनाउनु पर्ने भएको छ । तीनवटा न मिलेर काम गर्नुपर्ने भएको छ । नरेन्द्र, नीतिश एवं नायडु । कतै विपक्षीहरूले एन्डिएलाई फुटाउन सके भने लगभग १०–११ भन्दा बढी पार्टी मिलाएर नयाँ सरकार पनि बन्न सक्ने अवस्थाको सम्भावना पनि रहेको छ । एन्डिएले बहुमतका लागि चाहिने २७२ भन्दा बढी नै अर्थात् २९२ सिट संख्या जितेको छ । त्यस्तै काङ्ग्रेस र समाजवादी सहितको INDIA गठबन्धनले २३४ सिट प्राप्त गरेको छ । यहाँ बुझ्नपर्ने कुरो के छ भने बहुमत प्राप्त गर्न नसकेपनि INDIA गठबन्धनको पूरा सिट संख्या भन्दा धेरै नै अर्थात् २४० संख्या भाजपाको रहेको छ । एन्डिए गठबन्धनका अरू दल विहारको नीतिशको पार्टीले १२ र आन्ध्रको चन्द्रबाबु नायडुको पार्टीले १६ सिट संख्या जितेको छ । यी दुबै पार्टीहरू एन्डीएको गठबन्धनबाट छुट्टिए भने त सरकार बनाउन गाह्रो नै होला तर यी दुईमध्ये एकमात्र छुट्टियो भने चाहिँ मोदीलाई सरकार बनाउन गाह्रो पक्कै पर्नेछैन । अनि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने हुन् । उता INDIA गठबन्धनलाई २७२ पु¥याउनपनि त्यति सजिलो पक्कै हुनेछैन । २३४ भित्रपनि अनेक पार्टी त्यसमा पनि अझ २७२ पु¥याउनपनि त्यति सजिलो छैन । विपक्षी पार्टीहरूले सरकार बनाइहाले टिक्न त्यति सजिलो पनि छैन । मोदीले देशमा तुलनात्मक रूपमा राम्रो काम गरेपनि उनको नेतृत्वको पार्टी बहुमतमा पुग्न नसक्नुको कारण भनेको उनीहरूले उत्तरप्रदेशको राजनीति राम्रो नबुझ्नु भयो । उत्तर प्रदेश आफैँमा त्यति शिक्षित स्थान पनि भएन । अर्को कुरो यहाँका अधिकांश मुसलमानले समाजवादी पार्टीका पक्षमा मतदान गरे । अनि आफुलाई ब्राह्मण भन्नेले पनि भाजपाको उद्देश्यका बारेमा नबुझी व्यक्तिगत स्वार्थमा लागे । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बढ्दो लोकप्रियता पनि उनका समकक्षीले नपचाउँदा उत्तरप्रदेशको चुनावलाई त्यति ध्यान दिएनन् । यसको फलस्वरूप सिङ्गो पार्टीलाई नै घाटा भयो । उत्तरप्रदेशमा समाजवादी पार्टीले पनि केही आशा गरे पनि यति धेरै आशा भने गरेको थिएन । तर, उसले यति धेरै सिट पाउँदा उ पनि अचम्ममैँ परेको छ । त्यस्तै भरखर सम्पन्न भएको विधानसभामा राजस्थानमा राम्रो गरेको भाजपा त्यहाँबाट पनि आफ्ना केही सिट गुमाएको छ । त्यस्तै हरियाणा र पश्चिम बङ्गालबाट पनि भाजपाले धेरै सिट गुमाउनु परेको छ । भारतमा आएको हिन्दूत्वको लहरलाई रोक्न त्यहाँका निरपेक्ष पार्टीहरूको गठबन्धन बन्दापनि भाजपाले कम आँकलन गरेकाले अयोध्याबाट समेत आफ्नो सिट गुमाउनु परेको छ । एक स्वरले संविधानका नारा लगाएका विपक्षीहरूले जनतालाई फकाउन सकेको अवस्था आंशिक देखिएको छ । मन्दिर, गौ र मातृभूमिलाई राम्ररी नबुझी पुनः कुम्भ निद्रामा हिन्दूहरू पुग्दापनि यो अवस्था आएको हो । तर त्यसमापनि अझ मननीय कुरो त अब तेस्रो कार्यकालबाट खतरनाक राष्ट्रवादीका कुरा आउने डरले विपक्षीहरूले दह्रो गठबन्धन बनाउँदा पनि यस्तो अवस्था आएको हो ।

तर उत्तराखण्ड, हिमाचल, दिल्ली, गुजरात, उडिसा, कर्णाटक, विहार, आसाम, झारखण्ड आदि प्रदेशहरूमा भने भाजपाले धेरै राम्रो संख्यामा जित हासिल गरेको छ । उडिसामा भएको विधानसभा चुनावबाट भाजपा त्यहाँ पहिलोपटक सरकार गठन गर्ने तयारीमा छ । कांग्रेस लगायतका विपक्षीहरूले पनि यति संख्यामा नसोँचेको सिट आउँदा दङ्ग परेरै सरकार गठनसम्मको योजना बनाइरहेका छन् । जे जसो होला नरेन्द्र मोदीले नै सरकार बनाए भने पनि पहिले जस्तै उनले काम गर्न त्यति सजिलो छैन । आफ्नो बहुमत रहेर ढुक्क भएर सरकार चलाएजस्तो भने यसपटक पक्कै हुनेछैन । उनलाई भाजपाको नीति अनुसारका गोबध बन्द, आरक्षण बन्द, पाकिस्तान संरक्षित काश्मिर भारतमा ल्याउने आदि काम गर्न त्यति सजिलो हुने छैन नै । तरपनि उनको सरकार चलाएको लामो अनुभवका कारणले गर्दा भने उनले सरकार चलाउन सक्ने कुरामा त्यति शङ्का भने गर्न सकिने अवस्था छैन । तर पनि समग्रमा भन्नुपर्दा भने जसले सरकार गठन गरे पनि चलाउन सजिलो भने पक्कै छैन । अझ INDIA गठबन्धनलाई त भ्यागुताको धार्नी पुयाउन अत्यन्त कठिन देखिन्छ । पुगि हाल्यो भने पनि जोगाउन कठिन । जोगियो भने पनि चलाउन कठिन । चलाइयो भने पनि काम गर्न कठिन । काम गरियो भने पनि राम्रो गर्न कठिन । किनकि यो गठबन्धन भनेको विशेषतः देशलाई बनाउने भन्दापनि मोदीविरुद्ध खडा गरिएको मोर्चा हो । कसैलाई विगार्न गरिएको गठबन्धन त्यति लामो समय चल्ने गरेको देखिएको छैन । यस किसिमको उदाहरण हामीले नेपालमा नदेखौँ भने पनि देखेको देख्यै नै छौँ ।
ठिक छ अब जसले जसरी सरकार बनाएपनि हामी नेपालीहरूका लागि पनि तपाइँहरूले राम्रोसँग काम गरिदिनुहोला । सहयोग गर्न नसके पनि काम नबिगारी दिनुहोला । सानो देश भनेर नहेप्नुहोला । २०१४ देखि नेपालका सीमामा आएको शान्तिलाई यथावत् कायम राखिदिनुहोला । नेपालीहरू भारतमा जाँदा हुने सम्मान यथावत् राखिदिनुहोला । वि.सं. २०५२ देखि तपाइँहरूकै निर्देशनमा पालिएर यता बम पड्काइएका हुलहरू पुनः त्यता पालेर यता अशान्ति नल्याईदिनुहोला । भारतवर्षका मुल धर्महरू हिन्दू, बौद्ध, किरात, शिख, जैन आदि सनातनीहरूलाई आँच आउने काम नगरिदिनुहोला । भाइचाराकोपनमा बृद्धि गराइदिनुहोला । जुनसुकै देशबाट शरणार्थीका रूपमा भारत गएका सनातनीहरूले पाउने भनिएको नागरिकतालाई यथावत् राखिदिनुहोला । समग्र नेपालीहरूको तर्फबाट धेरै धेरै शुभकामना छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?