ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड

सडक दुर्घटनामा राजनीति भयो : सहायक प्रजिअ अर्याल
१३ जेष्ठ २०८१, आईतवार
१३ जेष्ठ २०८१, आईतवार

बुटवल, १२ जेठ । दुर्घटना न्युनीकरणसंगै मर्यादित यात्राको लागि सरकार र यातायातका सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । तिलोत्तमा नगरपालिकाको सहयोगमा सुरक्षित यात्रा नेपालले आयोजना गरेको सरोकारवालाहरुसंग छलफल एवं रणनीति तर्जुमा कार्यक्रम २०८१ कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरणमा नीति नियम र कानुन कार्यान्वयनलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै सडक दुर्घटना सबैको साझा सवाल भएको भन्दै यसलाई निरन्तर उठाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले मानसिक हिसाबबाट नैतिक जिम्मेवारी आआफ्नो पक्षबाट लिनुपर्ने बताए । सरोकारवाला निकायहरु आआफ्नो पक्षबाट जिम्मेवार हुनुपर्ने उनले बताए । नीति नियम र कानुन कार्यान्वयन नहुँदा नेपालमा बेथिती रहेको भन्दै शिक्षा र सचेतनामा जोड दिन जरुरी रहेको उनले बताए । हाम्रो सडक १२ टन क्षमताको छ तर दोब्बर बढी टनका सवारी गुडेका छन् । यसैगरी सडकमा ५० किलोमिटर प्रतिघण्टा हिड्नुपर्ने सडकमा त्यो भन्दा दोब्बर गतिमा लगिदा यसको अनुगमन जरुरी रहेको उनले बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सडक दुर्घटना मृत्युको कारक बनेको बताए । उनले मानवलाई केन्द्रमा राखेर विकासको अवधारणा अघि बढेको बताए ।सडक पुर्वाधार र निर्माणमा ढिलाई भएमा आवश्यक दबाब दिने काम, चालक सचेतना, ओभरटेक, ओभर स्पिड, ओभर थ्रु गर्नेलाई विशेष चासोका साथ कारवाही गरिने उनले बताए । ‘सडक दुर्घटनामा राजनीति भएको छ ।’—उनले भने । कानुनले नै मृत्यु भएमा ५ लाख र घाईते भएमा औषधी उपचारमा ३ लाख रुपैया दिने भनिएपनि सडक दुर्घटनासंगै बार्गेनङ र सडक जाम हुने गर्छ । सडक डिभिजन तथा सडक पुर्वाधार कार्यालयले अनिवार्य समयमा काम पुरा गर्न, यातायात कार्यालयले लाईसेन्स वितरण प्रणालीलाई ब्यवस्थित गर्नुपर्छ । सवारी परिक्षणको विषयमा सवारी परिक्षण कार्यालयले ध्यान दिनुपर्छ । स्थानिय तहले पाठ्यक्रम विकास गरि अघि बढाउन सक्छ ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेले रणनैतिक योजना बनाउन मदत मिल्ने गरि कार्यक्रममा जोड दिएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रदिप शाहले संस्थाको गतिविधि र सडक दुर्घटनाको अभियानबारे प्रस्तुती गरेका थिए । यसैगरी पत्रकार स्वस्तिक श्रेष्ठले सडक दुर्घटनाको विश्व, नेपाल र लुम्बिनी प्रदेशको अवस्था र निदानका बारेमा प्रस्तुती राखे ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले सडक दुर्घटना र ट्राफिक प्रहरीको अभियानबारे प्रकाश पारे । मानवीय, यान्त्रिक, वातावरणीय सडक र अन्य कारणबाट दुर्घटना हुने उनले बताए ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८/२०७९ मा २ लाख ८४ हजार कारवाही हँुदा २० करोड ८ लाख रुपैयाँ जरिवाना र ३९३७ ट्राफिक सचेतनाका कार्यक्रम ट्राफिक प्रहरीले गरेको छ । यसैगरी आव २०७९/२०८० मा २ लाख ९६ हजार कारवाहीबाट २१ करोड ७१ लाख रुपैया जरिवाना र ६८९६ ट्राफिक सचेतना तथा आव २०८०/२०८१ वैशाखसम्म २ लाख ३ हजार, कारवाही गर्दा १४ करोड ९६ हजार रुपैया र ११ हजार ७५५ ट्राफिक सचेतना कार्यक्रम गरिएको उनले बताए । यसैगरी टाईम गार्ड लागु, विभिन्न स्थानमा १२८ वटा सिसि क्यामरा जडान टिभिआरएस प्रणाली लागु, ४१५ सचेतनामुलक बोर्ड राखिएको उनले बताए । उनले पहाडी जिल्लामा भौगोलिक विकटता र गुणस्स्तरीय सडकस्तर उन्नति नहुनु, बढ्दो शहरीकरण, प्राविधिक साधन श्रोतको कमी,सडक बत्तिको अभाव, क्रेन र रयाकरको अभाव, सवारी साधनको आयातमा वृद्घि, मुख्य बजार क्षेत्रमा पार्किङ स्थलको अभाव, छाडा चौपाया जस्ता चुनौतीहरु रहेको बताए ।

कार्यक्रममा पश्चिम नेपाल यातायात ब्यावसायी प्रालिका अध्यक्ष दधिराम न्यौपानेले सडक अनुसार सवारी साधनको मापदण्ड लागु गर्न जरुरी रहेको औल्याए । सार्वजनिक सवारीको विषयमा सरकार सचेत हुनुपर्ने उनले बताए । लामो दुरीमा दोहोरो चालक र मोटरसाईकलको सिसि क्षमताको विषयमा जोड दिनुपर्ने उनले बताए ।

तिलोत्तमा नगरपालिका वडा नं ५ का वडाअध्यक्ष रमेश डुम्रेले रणनीति बनाउने विषयमा राम्रो काम भएको भन्दै स्थानिय सरकार सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । एउटा समिति तयार गरेर त्यसबाट आवश्यक पहल अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार महेन्द्र पाण्डेले दुर्घटना हुनुको धेरै कारण हुने भएपनि यसको ठुलो शास्त्र ओझेलमा परेको बताए । धेरै कुरा राज्यसंग जोडिने हुदा पनि सरोकारवाला निकायहरु एकतावद्घ भएर घटघचाउनुपर्ने उनले सुझाव दिए । नेपाल गरिब नभई गरिब ब्यवस्थापन देखिएको उनले बताए । कार्यक्रमका संयोजक दिपक ढकालले न्युन श्रोत र साधनबाट अधिकतम काम भईरहेको बताए ।

कार्यक्रममा पत्रकार दामोदर खनालले सडक निर्माण र मर्मतमा सरकारको जोड दिनुपर्ने सुझाव दिए । अधिकारकर्मी रिमा विसिले लैगिकमैत्री नितिमा जोड दिन सुझाव दिईन् ।

अटो क्षेत्र र बसपार्कमा सडक सुरक्षाको सचेतना दिने गरी नियमित कार्यक्रम गर्न जरुरी रहेको उनले बताए । कार्यक्रममा संस्थाका संरक्षक अर्जुन रानाभाट, संस्थाका सल्लाहकार लोकनाथ पोखरेल, यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, तिनाउ हस्पिटल प्रालिका अध्यक्ष चिरन्जिवी जोशीले सवारी ऐन, ट्राफिक सचेतनालाई जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?