ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ !

१३ जेष्ठ २०८१, आईतवार
१३ जेष्ठ २०८१, आईतवार

पहाडमा थुप्रै पक्की सडक बनेका छन् । पालिकाहरूमा, टोलटोलमा साना ठूला गाडी गुड्छन् । तर त्यहाँ गाडी चढ्ने मान्छेको अनिकाल छ । घरघर टोलटोलमा पानीका धारा छन् । पानी खाने मान्छे छैनन् । भए पनि थोरै छन् । स्वास्थ चौकी छन् । पुग नपुग औषधि पनि छ तर त्यो उपयोग गर्ने मान्छे छैनन् । टोलटोलमा विद्यालय छन् तर पढ्ने विद्यार्थी छैनन् । शिक्षकहरूका निम्ति जागिर खानका लागि मात्र स्कुल छन् । खेतबारी बाँझिएका छन् । युवाहरू विदेश गए । कसरी आवादकमोद होस् । जङ्गल बढिराछ । बाघ, भालु, चितुवाको विगविगी भयो । जङ्गलमा बाघ, भालु हुन थालेपछि बाँदर गाउँ पस्दो रहेछ । पस्यो । बुढाबुढी बा आमा हुनुहुन्छ । विदेश गएका छोराले पठाउने पैसाबाट खर्चपर्च चलेको छ । तलबाट दाल, चामल, नुन, तेल जान्छ । जसरी तसरी पकाउने खाने हो । पकाउने पनि त्यही बस ट्रकले ओसारेको गाग्री जस्तो ग्याँस सिलिन्डरको ग्याँसमा पकाएर खाने हो । मकैबारीको डोरामा, खरबारीमा दाउरै दाउरा छन् । दाउरा बालेर भात पकाउने उपाय छैन । दाउरा भुइँमा सडेका छन् । गाउँ गाउँमा विजुली छ । घरघरमा विजुली छ । न्यूनतम पैसामा टुकी झैं विजुली बल्छ । विजुलीले काम पाएको छैन । पाखा पखेरामा काठैकाठ छन् । फर्निचर उद्योग हुँदा हुन् । मकै, गहुँ, कोदो, फापर पिस्ने, तेल पिन्ने, धान कुट्ने मिल हुँदा हुन्, विजुलीको काम हुदोँ हो । छैन । गहुँ, जौ, कोदो, फापर भए पो तिनको मिल हुने । मूल कुरा मान्छे भए पो यो सब हुने हो । मान्छे नै छैन त यो सब हुने कुरै भएन । बाँकी बसेकाले विहा, वर्तुन, पुजा आजा सबै शहरमा गएर गर्न थाले । मर्ने निधो नहुने, मरेपछि लाश शहर लग्ने कुरा हुँदो रहेनछ, गाउँमा मलामी पाउन पो गार्हो भोँ त !

२००० सालको दोस्रो दशकसम्म धान, मकै, बाख्रो पाठो, घिउ, तेल बेचेको पैसाले आफ्नै गाउँघरमा दुईचार गरा खेत, मकै छर्ने पाटो तथा थोरै भए पनि पाखो पखेरो किन्ने चलन थियो । अब त्यो चलन छैन । लाहुर गएर कमाएको तथा स्थानीय जागीर सागीरले कमाएको पैसाले पनि आफ्नै ठाउँमा खेतबारी जोर्ने चलन थियो । तेस्रो दशकदेखि यो क्रम भङ्ग हुन थालेको हो । अब त पाँचधुर भएपनि शहरमा घडेरी । नानीबाबु पढाउन पैलेंटी आमा शहर । बाउ त्यसको जोहो गर्न अरबको खाडी । बुढाबुढी अलपत्र । यो सर्वसाधारणको कुरा । त्यहीँ जन्मी हुर्की, बाह्रखरी पढी, सानोतिनो जागीर हुँदै माथि पुगेका कर्मचारी, तिनै जनताको भोटमाथि झाप मारेर बनेका जनप्रतिनिधि सबैले आफ्नो व्यवस्था शहरमा बनाइसकेका छन् । भनेपछि पहाड उजाड नहुने कुरै भएन । भयो । क्रमशः यो कुरा तराईका गाउँमा पनि भएको छ । नाका परेका ठाउँका खेतहरू “प्लटिङ्ग“ हुँदै शहर बनेका छन् । पुराना बजार घना शहर बन्दै गएका छन् । यति मात्र होइन, धनाढ्यहरू जिल्ला शहरबाट काठमाण्डौ सरिरहेका छन् । काठमाण्डौका व्यवस्थित धनाढ्यहरू विदेशतिर व्यवस्थित हुँदैछन् । कमाउन पर्नेहरू आफ्नो थलोमा काम नपाएर विदेश जान लर्को लाउन पर्ने त छदैँ छ । कमाइसकेकाहरू पनि आफ्नो कमाइ धमाई लिएर परदेश लागिरहेका छन् ।

कृषिसित सम्बद्ध हुन सक्ने युवाहरू यहाँ गुजारा नचलेर मुग्लान जाँदैछन् । विडम्बना, यहाँ तिनीहरूलाई गोबर फाल्न, हलो जोत्न, गाई चराउन, घाँस काट्न लाज लाग्छ तर मुग्लानमा भेडा, सुङ्गुर, उँट नचराई सुख छैन । जसले औद्योगिक कलकारखाना काम पाउन सकेका हुन्छन्, त्यसमा तिनले गर्नुपर्ने कठिन श्रमको श्रव्य दृश्य सुन्दा र हेर्दा कहालीलाग्दो छ । अर्को कुरा, जुनजुन युवा जसरी तसरी परदेश पुगे, तिनका यहाँ हुने श्रीमतीजीहरूले अब त मेरो श्रीमान् परदेश भनेर गाउँको कामसाम छाडे । सासु–ससुरालाई छोडेर नानीबाबु पढाउन भनी शहर पसे । यसरी पो भएका छन् वृद्धाश्रम हाम्रा गाउँघर । बुढाबुढीको मामिलामा शहर बजार पनि वृद्धाश्रम भइरहेका छन् । उद्योग व्यापार क्षेत्र त्यस्तै चौपट छ । धेरै रुग्ण उद्योगहरू त्यसै चौपट छन् । तिनीहरू भाग्नैपर्ने अवस्थामा छन् । स्वस्थ उद्योगीहरू जसले कतिले केही कतिले अथाह कमाईसकेका छन्, तिनले पनि आफ्नो देशमा भविष्य नदेखेर बाहिरी देशमै आफ्नो बिजिनेश व्यापार सेट गरिरहेका छन् । शिक्षा क्षेत्र त्यस्तै छ । अलिकति आर्थिक जोहो गर्न सक्ने विद्यार्थीहरू बाहिरै दौडिरहेका छन् । राष्ट्रबैङ्ककै तथ्याङ्क अनुसार वर्षेनी अरबौंको रकम बाहिर गइरहेको छ । जसका कारण यहाँका स्कुल, कलेज, विश्वविद्यालय सुस्त सुस्त बन्द हुनेवाला छन् ।

जुनसुकै कामको कारण हुन्छ । यसको कारण हो– राजनीति । राजनीति सेवा हो । मेवा होइन । यहाँ राजनीति परिचालन गर्नेले राजनीतिलाई सेवा होइन मेवा बनाए । यो विकृति हो । कसरी भन्दा राजनीतिलाई प्रजातन्त्रको जलप दिई गाउँ बनाउँछु, जिल्ला बनउँछु, देश बनाउँछु भनी ज–जसले गाउँ, जिल्लाबाट भोट लिएर चुनाव जिते, सरकारमा गए, चुनाव जितेको आधारमा मन्त्री, प्रधानमन्त्री भए । तिनले गाउँ जिल्ला बनाएनन् । आफूलाई मात्र बनाए । घामझै छर्लङ्ग छ– यसरी चुनाव जितेर सरकारमा गएकाहरूले गाउँ जिल्ला छोडेका छन् । तिनका गाउँघरे पुख्र्यौली घर अस्थिपञ्जर भए । शहरवासीका कोठीघर भूतबङ्गला हुन थालेका छन् । अझै माथि राजधानी शहरका महल भग्नावशेषको रूप धारण गर्दैछन् । देशको विकास र समृद्धिका सूत्रधार तथा मार्गदर्शक राजनेताकै यो हालत छ भने निरीह जनताले के गर्ने ? अन्तिम विकल्प त्यही भयो– विदेश पलायन । राजनीतिले आफ्नो सेवाको धर्म छोडी मेवा खान थालेपछि यस्तो हुँदो रहेछ । तर, माटो र मुटुको नाता अभेद्य छ र अछेद्य छ । नेपालीहरू विदेश जाँदा दुःखका आँसु झार्दै जान्छन्, त्यस्तै फर्कदाँ हर्षका आँसु झार्दै फर्कन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?