ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’

१३ जेष्ठ २०८१, आईतवार
१३ जेष्ठ २०८१, आईतवार

दाङ, १३ जेठ ।

घोराही १८ मा बसोबास गर्दै आएका कुसुण्डा समुदायको उत्थानका लागि पैरवी गर्दै आएको खाद्य अधिकार सञ्जाल दाङ र फियान नेपाललको परियोजना स्थानीय पालिकालाई हस्तान्तरण गरिएको छ ।

विगत तीन वर्षदेखि कुसुण्डा समुदायको क्षेत्रमा भई रहेको कामको प्रगति र गर्नुपर्ने विषयसहितको दस्तावेज घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी र वडा नम्बर १८ का वडा अध्यक्ष भरतमणि अर्याललाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा उपप्रमुख डिसीले कुसुण्डा समुदायको हकहितका लागि हिजोका दिनबाट भई रहेका प्रयास सकारात्मक रहेको भन्दै अबका दिनमा पनि स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाइन् ।

वडा नम्बर १८ का वडा अध्यक्ष अर्यालले संविधानले दिएको मौलिक अधिकार कार्यान्वयन गर्नु राज्यका तीन तहका सरकारको कर्तव्य रहेको बताए । उनले कुसुण्डा समुदायको उत्थानका लागि आवश्यक गास, बास, कपासको दीगो व्यवस्थापन गर्न आफुहरु गम्भीर रहेको बताए ।

फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतमले परियोजनामार्फत अधिकार प्रत्याभूत गराउने सवालमा भएको पैरवीबाट कुसुण्डा समुदायको विषयलाई अब स्थानीय सरकारले सार्थक बनाउने काममा ढिलाई गर्न नहुने बताए ।

कुसुण्डा समाज केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले परियोजनामार्फत आफुहरुले धेरै कुराको बारेमा जानकारी पाएको तथा आफ्नो बारेमा वकालत गर्न सक्ने भएको बताए ।

खाद्य अधिकार सञ्जाल दाङकी अध्यक्ष साजिदा सिद्धिकी, कुसुण्डा समुदायका फनी कुसुण्डा, उर्मिला कुसुण्डा, हीमा कुसुण्डालगायतले राज्यले आफुहरुको उत्थानका विषयमा अझै गम्भीर बन्न नसकेको गुनासो गरे । शिक्षासँगै सीप र सीपबाट आयआर्जनका क्षेत्रमा जोड्ने काममा आफुहरुलाई अग्रसर गराउने नीति ल्याउन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण खाद्य अधिकार संजालका सदस्य छवि पुरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?