ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

जिल्ला लिगमा देखिदै नयाँ खेलाडी

दुई चरणमा हुने प्रतियोगितामा ७०४ खेलाडीहरु विभिन्न क्लबबाट मैदानमा आफनो प्रतिभा प्रस्फुटन गर्दैछन । यो नया खेलाडीलाई सिढी उक्लने अवसरका रुपमा हेरिन्छ । जिल्ला लिग हुदै बि, ए र राष्ट्रिय टिममा पुग्ने यो अवसरको ढोका पनि हो ।
११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

बुटवल, ११ जेठ । विश्व फुटबल खेलमा नयाँ खेलाडी छनौटको आधार क्लब र लिग प्रतियोगिता प्रमुख मानिन्छ । क्लब र लिग खेलमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको आधारमा खेलाडी राष्ट्रिय टिममा पर्ने र खेलाडीको आफनो पहिचान बनाउन सफल भएको पाउछौ । फिफा आफना सदस्य राष्ट्रमा अक्षरस यसलाई पालना गर्न चाहन्छ । एन्फा पनि यसलाई कार्यान्वन गर्ने गरि वार्षिक क्यालेण्डर बनाएर अघि बढेको छ । तर आन्तरिक किचलो, राजनीतिक अस्थितरताका कारण नेपालमा क्लब र लिग प्रतियोगिताले निरन्तर पाउन कठिनाई छ । नेपालका धेरै गाउगाउमा प्रतिभाशाली खेलाडीहरू भएपनि उनिहरू आफनो क्षमतालाई प्रदर्शन गर्ने अवसरबाट बन्चित भएको पाउछौ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नया नेतृत्व आएसंगै राकिएको जिल्ला लिग संचालन गर्न सफल भएको केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार)को दाबी छ । जिल्ला लिग फुटबलको पर्व भएको भन्दै यसलाई पारदर्शी र जिल्लाभरिका खेलाडीहरू भाग लिने अवसर सृजना गर्नुपर्ने बताउछन । ‘लिगलाई कर्मकाण्डी गराउन हुन्न,’ उनले भने । खेलाडीहरूलाई ब्यवसायीक र खेललाई आकर्षण बनाउने गरि जिल्लाहरूबाट समेत आफ्नो क्षेत्रबाट श्रोत ब्यवस्थापनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

रूपन्देहीमा एक वर्ष ग्याबमा शनिबारदेखि जिल्ला लिग २०७९/०८० हुने भएको छ । गाउँगाउँमा लुकेका युवा खेलाडीहरू आफ्नो प्रतिभा प्रस्फुटन गर्ने तयारीमा छन । रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि हुने लिगको सबै तयारी पुरा भएको संघका अध्यक्ष लोक पुनले पत्रकार सम्मेलन गरि बताए । फिफा र एन्फाको निर्देशनमा जिल्ला क्वालिफाईयर अनिवार्य भएको उनले बताए । भौगोलिक रूपमा ठूलो जिल्ला हँुदा यहाँ धेरै क्लब रहेपनि ११– १८ क्लबमात्र सदस्यता पाउने ब्यवस्था अनुसार सदस्यता दिँदै आएको उनले बताए ।

प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतीय ३० हजार र २० हजार रूपैयाँ पुरस्कार राशिबाट पुरस्कृत गरिने उनले बताए । गाउँगाउँमा लुकेर रहेका ७०४ जना खेलाडीहरूले यो लिगमा विभिन्न क्लबबाट खेल्ने अवसर पाउने उनले बताए । ‘विभिन्न क्लबबाट खेलाडीहरू दर्ता भएर आएका छन,’—उनले भने । खेलाडीको हकमा ए, बि र सि डिभिजन नखेलेको र जिल्लाभित्रका खेलाडीमात्र सहभागी हुन पाउने प्रावधान छ । यसपटक एन्फाबाट ७ लाख रूपैयाँ प्रतियोगितालाई सहयोग भएको उनले बताए । पूर्वाधार सहितको देविनगर एन्फा एकेडेमीलाई छिटोभन्दा छिटो चलाउने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा लिग प्रतियोगिताका संयोजक मुकेश कुवरले लामो ईतिहास बोकेको लिग प्रतियोगिता सीमित क्लब बिच खेलिदै आएकोमा अघिल्लो पटकबाट तोडिएको बताए । दुई वर्षअघि आयोजना भएको लिगमा २ टिम रेलिगेसनमा र ४ वटा नवीकरण नगरेपछि नया क्लबहरूले अवसर पाएको उनी बताउँछन । ‘योसँगै नयाँ दुईवटा श्री विश्व शान्ति र हिमाल युथ क्लब छनौट भएर जिल्लामा प्रवेश पाए,’—उनले भने । यो वर्ष भएको पहिलो चरणबाट छनौट भएको २ टिमहरू हिमाल युथ र स्रिमिक युवा क्लब उक्लेको छ । लिगको टप ८ टिमहरू र बि लेभलबाट उक्लिएका दुई टिम गरि १० टिम बिच लिग खेल हुनेछ ।

कार्यक्रममा संघका महासचिव हिमाल गौचनले जेठ १२ गते सुनौलो संगम युवा क्लब र हिमाल युथ क्लब बिच उद्घाटन खेल हुने बताए । प्रतियोगितामा ९ वटा क्लबका बीच ३७ खेल हुनेछ । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रूपैयाँ खर्च हुने अनुमान रहेको संघका कोषाध्यक्ष गोपिराम पुनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?