ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बगर बरदान

१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

बुटवल, १२ जेठ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर–१० चेतरोईका किसान नारायण केवटले व्यवसायिक तर्बुजा उत्पादन गरेका छन् । तर्बुजाको अलवा उनले बोडी, करेला, लौका, काँक्रा लगायत तरकारी उत्पादन गर्दै आएका हुन । बार्षिकरूपमा डेढ विघा क्षेत्रफलमा गरेकोखेतीबाट नै घरपरिवार धान्दै आएका छन् । किसान केवटको आम्दानीको स्रोत नै बगर खेती हो ।

बाणगंगा नदीको नदी उकास जग्गा आसपासका क्षेत्रको बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिका क्षेत्रका किसानले अहिले लटरम्म तरकारी खेती गर्दै आएका हुन । उनी जस्तै बुद्धभूमि नगरपालिका वडा नम्बर १० कै चेतरोई कपुरा केवट पनि ५ कठ्ठा क्षेत्रफलमा बोडी, फर्सी, काँक्रा लगायतका खेती गर्दै आएकी छिन् । चेतरोई कृषक समूहका कोषाध्यक्ष समेत रहेकी उनले बगर खेती भएपनि उचित प्रकृतिको सिंचाईं नभएको कारण केही समस्या भएको बताईन् । उनी भन्छिन्–‘किसानको लागि सिंचाईको सुबिधा सधै भयो भने अझ बढि खेती उपादन गर्न सकिन्छ । खेतीको लागि पानी नै छैन ।’

बगर खेतीमा उत्पादन राम्रो हुने गरेको बताउँदै उनले केही उत्पादन बजारीकरण हँुदै आएको बताईन् । यसको लागि स्थानीय बजार कपिलवस्तुको तौलिहवा, चार नम्बर बुटवल लगायतका स्थानमा समेत किसानको उत्पादन बिक्री हुँदै आएको उनको भनाइ छ । व्यवसायीहरू ती स्थानबाट उत्पादित कृषिजन्य उपज संकलनको लागि गाउँमा नै जाने गर्दछन् ।

किसानले उत्पादन गरेको बस्तु उचित मूल्य निर्धारण गरी उनीहरूले बिक्री गर्दै आएका हुन् । अहिले किसानले प्रतिकिलो ३० देखि ४० रूपैयाँ प्रतिकिलोमा तर्बुजा बिक्री गर्दै आएका छन् । किसानको उत्पादन होल सेल भन्दा पनि रिटेलमा जाँदा फाईदा हुने तर्क नारायण केवटको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कपिलवस्तुले पनि तरकारी खेतीमा प्रविधि बिस्तार कार्यक्रम अनुसार सहयोग समेत गरेको छ । चेतरोई कृषक समूलाई १ लाख अनुदान रकम समेत प्रदान गरेको थियो । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेलका अनुसार बणगंगा नदी क्षेत्रको २०० हेक्टर भन्दा बढि क्षेत्रमा बगर खेती गर्दै आएको बताए । उनले बिगर खेतीमा किसानको लागत बढि भएको कारण उचित मूल्य पाउन नसकेको जानकारी दिँदै यसको लागि उत्पादित वस्तु बजारीकरणका लागि सहयोग गर्दै आएको जानकारी दिए । उनले भारतबाट आउने उत्पादनको कारण पनि नेपाली किसान समस्यामा रहेको भन्दै उत्पादनमा आधारित प्रतिफलमा अनुदान दिने योजना समेत रहेको जानकारी दिए । किसानको उत्पादन ठूलो परिमाणमा नहुने उत्पादन कमी भएको कारण भारतबाट प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

यद्यपि प्रदेश सरकारले किसानको उत्पादन लागत कम गर्नको लागि लागिपरेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र प्रमुख भाष्कर पौडेल भन्छन्–‘२०० हेक्टर क्षेत्रफलमा बगर खेती हुँदै आएको छ, जुन भारतीय बजारसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्था आएको छैन, तर हामी बजारमा सहयोग गरेर हौसला बढाउने काम गरेका छौं ।’ बगर खेती गर्दै आएका किसानहरूको लागि स्थानीय निकाय, संघ प्रदेश र स्थानीय तहले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ । तराईका नदीहरूमा बाढी आएर बालुवा पटान भएको वा थुपारिएको ठाउँमा गरिने खेतीलाई बगर खेती वा बगर खेती प्रबिधि भनिन्छ । नेपालमा पनि खासगरी तराईका विभिन्न जिल्लाहरूमा उत्तरतिरबाट दक्षिण प्रवाह गर्दै बग्ने नदीहरूले बाढी आएको बेला बालुवा थुपारेर हजारौं बिगाहा जमिनलाई बगरमा परिणत गरेका छन् ।

उक्त बाढी प्रभावित इलाकाहरूमा बगर खेती गर्ने परम्परा क्रमिकरूपले विकसित भैरहेको पाइएको छ तापनि हाल आएर बगर खेती प्रविधिमा पनि यथेष्ठ सुधार हुँदै गएको कारणले यसबाट कृषकहरूले प्रशस्त नगद आम्दानी लिन सफल भएका छन् । बाढी प्रभावित क्षेत्रहरूमा बर्षमा केवल एक सिजनमात्र बगर खेती गरिन्छ । प्रस्तुत लेखमा बगर खेतीको लागि सबै ठाउँमा लागू हुने आधुनिक एबं ब्यवहारिक प्रविधिहरू समेटिएका छन् । तराईका ठाउँ हेरि यो खेती गर्ने समयमा भने अलि–अलि मात्र फरक पर्न सक्छ । यो खेती मंसिर उप्रान्त शुरु भई माघ १५ सम्म रोपी सकिन्छ र बाली हेरि बगर खेतीबाट चैत महिना देखि जेठसम्म उब्जाउ लिन सकिन्छ ।

बालुवामा हुने खालका मुख्य बालीहरू जस्तैः लौका जुकुनी–फर्सी, फर्सी, काँक्रो, करेला, तरबुजा र खर्बुजा जस्ता बालीहरूलाई बगर खेतीको रूपमा ब्यबस्थित तरिकाले लगाएर राम्रो उत्पादन लिन सकिन्छ । गर्मी याममा उत्पादन हुने भएको हुनाले यस्ता वेमौसमी उत्पादनलाई स्थानीय वा टाढाको बजारमा पठाएर बेचविखन गरेर पर्याप्त मात्रामा आर्थिक फाईदा लिन सकिन्छ । बगर खेती प्रबिधि दुई प्रकारका छन् र यी दुबैमा खास ध्यान दिनुपर्ने कुरामा लगाइने बिधि अनुसार को ब्यबस्थापन तथा सिंचाई ब्यबस्थापनका विषयहरू पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?