ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

पहिलो ‘मायादेवी ट्रेल रन’

११ जेष्ठ २०८१, शुक्रबार
११ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तु, ११ जेठ। बुद्ध जयन्तीको अवसर पारेर कपिलवस्तुको तिलौराकोट दरबारबाट पहिलो पटक मायादेवी ट्रेल रन आयोजना गरिएको छ । कपिलवस्तुको तिलौराकोट दरबारको पुर्विगेटबाट शुरु भएको मायादेवी ट्रेल रन निग्लिहवा, अरौराकोट, दोहनीकोट हुँदै मायादेवी मन्दिर लुम्बिनीसम्म पुगेको थियो । युएस एड, नेपाल पर्यटन बोर्ड र लुम्बिनी बिकास कोषको आयोजनामा तिलौराकोटबाट ३९ किलोमिटर दुरीको मायादेवी ट्रेल रन नाम दिएर म्याराथन आयोजना गरिएको हो ।

महारानी मायादेवीले तिलौराकोट दरबार देखी माईती देवदह जाँदा लुम्बिनी स्थित पवित्र बगैचांमा सिद्धार्थ गौतमलाई जन्म दिएको स्थान सम्म ट्रेल रनको आयोजना गरिएको जनाईएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले ट्रेल रन ब्यानर छोपेर कार्यक्रमको उद्घाटन गरे । त्यसैगरि मायादेवी मन्दिर परिसर पुगेर ट्रेल रनका बिजेताहरूलाई युएस राजदुतावासका डेप्युटी चिफ अफ मिसन जोशन पि मिक्स र मुख्यमन्त्री महराले पुरस्कार हस्तान्तरण गरे । ट्रेल रनमा पुरुषतर्फ प्रथम भएका किरण सिंह बोगटी, दोस्रो भएका शुसिल कुमार शाही र तेस्रो भएका बिनोद रोकायालाई जनही १ लाख, ५० हजार र २५ हजार पुरस्कार दिईएको थियो । त्यसै गरि महिला तर्फ पुर्ण लक्ष्मी न्यौपाने, अनिता राई र असिम बिक पहिलो दोस्रो र तेस्रो भएका थिए ।

उनीहरूलाई जनही १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार दिइएको थियो । ३९ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर गरि तिन समूहमा दौडको आयोजना गरिएको थियो । १० किलोमिटर तर्फको समूहमा हरिशरण सिम्खडा, भरत परियार र मान बहादुर बस्नते पहिलो दोस्रो र तेस्रो भए । त्यसैगरि ५ किलोमिटर दौड तर्फ महिलामा सरिता घर्ति मगर, खुसी प्रजापती र रितिका शर्मा तर्फ पुरुष तर्फ उमेश बरई, रमेश केवट र अजय पाण्डेय पहिलो दोस्रो र तेस्रो भएका थिए । बिजेता खेलाडीलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार दिईएको थियो ।

ट्रेल रन कार्यक्रमको व्यवस्थापन भन काठमाण्डौ र युथ युनिभेसन प्रा.लिले गरेका थिए भने कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले सहकार्य गरेका थिए । बिजेतालाई पुरस्कार र कार्यक्रम आयोजनामा ईसेवा सहितका वित्तिय संस्थाको सहयोग रहेको थियो । कार्यक्रमको मिडीया पार्टनरको रूपमा गच्छामी मिडिया ग्रुप रहेको थियो । मायादेवी सुत्केरी मार्गमा ट्रेल रनको आयोजना गरि यसको प्रचार प्रसारलाई सहयोग पुर्याउन खोजिएको व्यवस्थापनमा सहयोग गरेको युथ युनिभेसन प्रा.लिका कार्यकारी अध्यक्ष बिभुषण बिष्ठले जानकारी दिए । मायादेवी ट्रेल रनले लुम्बिनी र कपिलवस्तुको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?