ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

लुम्बिनीमा मनोजको मन

१० जेष्ठ २०८१, बिहीबार
१० जेष्ठ २०८१, बिहीबार

ढुंगा छापेका स्निंग्ध बाटा ।
जलकुण्डका तरंगित पवित्र पानी ।
संगसंगै फरफराईरहेको रंगीविरंगी लुङदा ।
एकनासको शंखध्वनि ।
त्यसमाथी गेरुवा र पहेला वस्त्र लगाई शान्ति पाठ गरिरहेका अनुयाई ।
शान्तिको आंगन लुम्बिनी ।
त्यही आगनमा सधै जसो संचार कर्म गर्न पुग्छन् पत्रकार मनोज पौडेल ।

बुद्ध जन्मस्थल लुम्बिनीको कुरा गर्दा संचार क्षेत्रबाट उनको नाम जोडिएर आउँछ । अझ भनौ पर्याय जस्तै बनेका छन् । लुम्बिनीको प्रचारप्रसारदेखि पर्यटन प्रबद्र्धनसम्म राम्रै संचार सामग्री पस्केका छन् । यहाका आकर्षण, गतिबिधि र कार्यक्रम संचार माध्यमबाट राम्ररी प्रस्तुतिकरण गर्छन् । भिक्षुहरूको शान्ति कर्म, धम्मदेशना र समाजसेवाका कामलाई पठन योग्य बनाएर पस्कन्छन् ।

लुम्बिनीका सानादेखि ठूला कार्यक्रममा आफै पुग्छन् । रेडियोदेखि पत्रिका, अनलाईन र टेलिभिजनसम्म उनका खबर र रिपोर्ट प्रशारण हुन्छन् । लुम्बिनीका युवा थाई भिक्षु मोन्त्री सिल्ङिकाङले डकर्मीदेखि माली, पेन्टरदेखि कम्प्युटर डिजाईजरसम्म गर्ने गरेका ८/१० काम ३ महिना लगाएर फोटो कथा र भिडियो रिपोर्ट प्रकाशन/प्रशारण गरेका छन् । त्यस्तै युवा भिक्षु मेत्तेयले कोस्टारिका र अर्का युवा भिक्षु श्री बजिरले श्रीलंकामा गरेका लुम्बिनीको अध्यात्मिक र शान्ति पर्यटन प्रबद्र्धन स्टोरी बाहिर ल्याएर सूसुचित गर्ने काम गरेका छन् ।

भिक्षु महासंघका पूर्व अध्यक्ष मैंत्री महास्थबीरले लुम्बिनी कपिलवस्तुका ऐतिहासिक पुरातात्विक स्थललाई श्रीलंका, थाईल्याण्ड र चीनमा अध्यात्मिक र शान्ति पर्यटनको विकासका लागि गरेको अभियान तथ्य राखेर उजागर गरेका छन् । थाई भिक्षु फ्रा बोधीविड्सले यहाका गरिब विपन्नका आखादेखि घुडासम्मका शल्यक्रिया गरेर दिएको उज्यालो र हिडनसक्ने बनाउनेसम्मका कथा प्रकाशन गरेका छन् । विदेशीभएर पनि लुम्बिनी आसपासका नेपालीका हरेक सुखदुखमा साथ दिने उनको करुणा र मैंत्री प्रतिको लगाब पनि उजागर गरेर उत्साह थपेका छन् । यहा हुने त्रिपिटक च्यान्टिङ, मोल्लाम, धम्मदेशना, प्रबज्जया र पूर्णिमा पूजा लगायतका हरेक गतिबिधि उजागर गरेर शान्ति र अध्यात्मिक वातावरण बनाउन सहयोग गरेका छन् । लुम्बिनीमा हुने राष्ट्रिय अन्तराष्र्टि«य सभा सम्मेलन, गोष्ठी र कन्क्लेभलाई पनि पर्यटकीय गन्तब्य बनाउनै संचारकर्मबाट नया नया एंगल दिएर योगदान गर्छन् संचारकर्मी पौडेल । कपिलवस्तु जिल्लाबाट पत्रकारिता थालनी गरेका उनी पछिल्लो एक दशकबढीबाट प्रविधि र नया नया माध्यमको विकासभएसंगै लुम्बिनीमा क्रियाशिल छन् ।

धेरै समाचार लुम्बिनी डेटलाईनबाटै लेख्छन् । राजा शुद्धोधनको राजप्रासाद प्राचीन कपिलवस्तु तिलौराकोट आसपास जन्मेहुर्किएका उनी सानैदेखि बुद्धशिक्षा र देशनाबाट प्रभावित भएर शान्ति र अध्यात्मिक काममा लाग्न उत्प्रेरित बनेको बताउछन् । ‘शान्ति, सद्भाव र ऊर्जाकालागि हजारौं माईल परबाट लाखौं खर्च गरेर उपासक उपासिका र तीर्थयात्री आउछन्,’ उनले भने्, यही जन्मिएका हामी भाग्यमानी हौं ।’ यसलाई हामी आत्मादेखि ग्रहण गरेर शान्ति शिक्षामा रमाउन जान्नु पर्छ । मावनलाई पुण्यकर्म गर्दै सुखमय जीवनयापन गर्न बुद्धशिक्षा ब्यवहारिक र उत्तिकै सान्दर्भिक छ । त्यसैले यस्को मर्म बुझेर ब्यवहारमा उतार्न सक्यौं भने राम्रो पुण्य संचय गर्न सक्छौं । यस्ले घर, परिवार, समाज खुसी र आनन्दित बन्छन् ।

लुम्बिनीमा विभिन्न मुलुकका बौद्धविहार, चैत्य र गोन्पो छन् । कतिपय बेला त्यहा विभिन्न कला संस्कृति र परम्परा देखिन्छ । त्यसलाई शब्दसंगै तस्बिरबाट उजागर गरेर लुम्बिनी मिनि बुद्धिष्ट संसारका रूपमा देखाउँदा सबैका आकर्षणमा परेर भ्रमणीय स्थल बन्दा खुसी हुने उनी बताउछन् । उनी तस्बिरमा पनि दखल राख्छन् । पौडेल मुलुककै राम्रा फोटो पत्रकारका रूपमा स्थापित बनेका छन् । मोफसलबाट उनले खिचेका सबैभन्दा बढी तस्बिर छापिन्छन् । लुम्बिनीका मनमोहकता, आकर्षण र सुन्दरताको समिश्रण गजबले सृजना गर्छ । यस्ले गर्दा उनका हरेक क्लिक खेर जाँदैनन् । पत्रिका र अनलाईनका पहिलो हेडिङमै सजिन्छन् । लुम्बिनी प्राकृतिक मादकतामा रमाएको, विहार मन्दिरसंग हिमाल लुकारीमारी गरेको, अध्यात्मिक र सास्कृतिक वातावरणमा रमाएको लुम्बिनीका उनले खिचेका तस्बिरले सबैको ध्यान खिच्छ । विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार नै कलात्मक तस्बिर देखाउदाको आनन्द जति बखान गरेपनि कम हुन्छ उनी भन्छन् ।

साँझमा धपक्क बलेको मायादेवी मन्दिर पुष्करणी पोखरी तस्बिर उस्तै सजाउन माहिर छन् । उनले खिचेका तस्बिर हेर्दै सबै आनन्दित हुन्छन् । फोटो हेरेरै कतिखेर पुर्गौ जस्तो लागेको धेरैबाट सुन्दा खुसी मान्छन् । शान्तिका अनुभूति मिल्छ । आल्हादित बनाउछ । डेढ दशकदेखि लुम्बिनीलाई विट बनाएर कलम चलाउन थालेका पौडेलाई सन् २०१४ मै २५५८ औं बुद्धजयन्तीको उपलक्ष्यमा लुम्बिनी विकास कोषले उत्कृष्ट पत्रकार सम्मान प्रदान गरेको थियो । तीन दशकबाढीदेखि पत्रकारिता गर्दै आएका उनलाई स्व. प्रम सुशिल कोईरालाले उक्त सम्मानपत्र प्रदान गरेका थिए । लुम्बिनीकाबारेमा चासो चिन्ता र दखल राख्ने उनी समाचार संकलन गर्न भारत, चीन, श्रीलंका र थाईल्याण्ड पुगेका छन् । त्यहा बुद्धधर्म र संघका विषयमा भएगरेका काम उजागर गरे भने नेपाललाई उनीहरू कसरी बुझछन् त्यसबारे स्टोरी गरे ।

श्रीलंकामा नेपाली वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी परामर्शदाता भई बनाउन थालेको तिलौराकोट रिप्लिकाकाबारेमा खोज र प्रेरणामूलक प्रकाशन गरेर नया विषय बाहिर ल्याएका छन् । पछिल्लो पटक वाईल्डलाईफ फोटोग्राफीमा समेत रुचि बढाएका पौडेलले लुम्बिनीका शान्तिकालागि मात्र नभई चराकालागि पनि स्वर्ग भएको स्टोरी गरेका छन् । ४ सय बढी प्रजातिको चरा पाईने लुम्बिनी विश्वकै उड्न सक्ने मध्ये अग्लो पंक्षी सारसकालागि महत्वपूर्ण भएको तथ्य बाहिर ल्याएका छन् । त्यो पनि चर्चित बंगलादेशी दैनिक पत्रिका द बिजनेश स्टयाण्डर्ड र दक्षिण एशिया केन्द्रित बहुभाषिक अनलाईन द थर्डपोल मार्फत सारसले बचेरा हुर्काउन गरेको रोमाञ्चक संघर्षको कथा बाहिर ल्याएर विदेशमा समेत लुम्बिनीको सारसको प्रचार गरेका थिए । सारसको लाईफस्टाईल हेर्न विश्वमै उत्कृष्ट ठाउ भएको सन्देश दिएका थिए । त्यस्तै शिकारी चरा अवलोकन अन्वेषणकालागि लुम्बिनी विश्वकै प्रमुख १० स्थानमध्ये एक रहेको तथ्यपनि उजागर गरेर प्रकाशन गरि चराप्रेमीलाई आकर्षित गरेका छन् । एक दशक यतादेखि लुम्बिनीमा भिभिआईका भ्रमणदेखि पर्यटकीय र प्राकृतिक मनोरम आकर्षणका प्रशस्त तस्बिर संग्रह गरेका उनका शिप र दक्षताले लुम्बिनीको ब्राण्डिङ गर्न धेरै सहयोग पुगेको पौडेल भन्छन् । यहा हुने हरेक गतिबिधिलाई लुम्बिनीको ब्राण्डिङ बनाउने गरि काम गर्छु उनले भने यस्ले लुम्बिनी जान्ने, बुझने र चिन्ने बढेका छन् । यहाँका सकारात्मक मात्र नभई कमी कमजोरीका कुरापनि उजागर गर्छन् ।
लुम्बिनीमा हस्तान्तरण नहुदै चुहिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको समाचार प्रकाशन गरेर अनुसन्धानको दायरामा ल्याएका छन् । अध्यात्मिक अभ्यासकालागि रहेको जग्गा नीजि कम्पनी सम्सारा वेलनसलाई रिसोर्ट बनाउन दिएको कुरा प्रकाशमा ल्याएका थिए । त्यस्तै गुरुयोजना बिपरितका काम र सम्पदालाई नै प्रहार गर्दै मायादेवी मन्दिरलाई विश्व सम्पदास्थलको खतराको सूचिमा पु¥याउन थालेको समाचार प्रकाशन गरेका थिए । त्यसपछि युनेस्कोको विश्व सम्पदा केन्द्रले सोधखोजको काम गरिरहेकोछ । उनले खिचेका लुम्बिनीका धेरै तस्बिरले राष्ट्रिय पुरस्कार समेत पाएका छन् ।

लुम्बिनीलाई पर्यटकीय गन्तब्य बनाउन योगदान गरेबापत लुम्बिनी प्रदेश सरकारले दंङ्गीशरण बलिहाङ तृतिय पदक २०७९ प्रदान गरेको थियो । त्यस्तै संरक्षण क्षेत्रमा उल्लेखनिय योगदान गरे वापत वन तथा वातावरण मन्त्रालयले उत्कृष्ट वातावरण पुरस्कार, नेपाल वातावरण पत्रकार समुहले वातावरण पत्रकारिता पुरस्कार र प्रकृतिका साथीले प्रकृति संरक्षण पुरस्कार प्रदान गरेको छ । डब्लुडब्लुएफ मिडिया संरक्षण पुरस्कार र नेपाल दर्शन २०२० राष्ट्रिय फोटो पत्रकारिता पुरस्कारपनि प्राप्त गरेका छन् । (पौडेलसँगको कुराकानीमा आधारित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?