ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

बुटवल देशकै सबल आर्थिक केन्द्र

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

स्थानीय तह निर्वाचन २०७९ बाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित भई पदस्थापन गरेको २ वर्ष पूरा भएको छ । यस अवसरमा बुटवल उपमहानगरपालिकाका सम्पूर्ण बासिन्दा तथा मतदाताहरुमा म हार्दिक सम्मान प्रकट गर्दछु ।

बुटवलबासी महानुभावहरु,

करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको बुटवल प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको छ । यस शहरलाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं ।
बुटवललाई समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा म यहाँहरुसमक्ष पुनः प्रतिबद्धता जनाउन चाहन्छु । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।

बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’का रुपमा रुपान्तरण गर्ने संकल्पका साथ हामीहरु बुटवलबासी, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलाई साथसाथै लिएर नगरबासीको जनप्रतिनिधिसँगको पहुँचलाई सरल बनाउँदै बुटवलको उन्नति यात्रामा अघि बढिरहेका छौं ।

बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहरका रुपमा स्थापित गर्न हामी प्रयत्नशील रहेका छौं ।
बुटवलले अहिले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा देशमै अगुवाई गर्दैछ । बुटवललाई यो अवस्थासम्म ल्याइपु¥याउन सकारात्मक भूमिका निर्वाह गर्नुहुने यस क्षेत्रका पूर्वजनप्रतिनिधिज्यूहरु, समाजसेवी तथा सम्पूर्ण बुटवलबासीमा हार्दिक आभार प्रकट गर्दछु ।

यसअवधिमा म बुटवल उपमहानगरपालिकाले दुई वर्षको अवधिमा गरेका मूख्य मूख्य कार्यहरुको चर्चा गर्न चाहन्छु ।

– बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न भईसकेका छन् र अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइदै छ । बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराइएको छ ।
– बुटवलबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै स्तनक्यान्सर, पाठेघरको क्यान्सर स्क्रिनिङ, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा विभिन्न स्वास्थ्य शिविरहरु नियमित रुपमा घरदैलोमा सञ्चालन गरिएको छ ।
– बुटवल उपमहानगरपालिकालाई सफा सुन्दर र बस्न योग्य बुटवल शहर बनाउनका लागि मुख्य राजमार्ग तथा भित्री सडकहरु, चोक चौराहाहरु ब्यवस्थित गर्ने तथा अव्यवस्थित पार्किङ, ठेला, टंकी, बजार, निर्माण सामग्री, होर्डिङ्ग बोर्ड, वर्कशप, रिकण्डिसन हाउसका सवारी साधन लगायत राखी अवरोध गर्ने कार्यलाई नियन्त्रण गर्न व्यापक प्रचार प्रसार तथा कारबाही गरी सडक र सडक पेटी खुल्ला गरिएको छ ।


– नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
– नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा भईरहेको छ ।
– १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी दिने, नगरवासीलाई जटिल रोग (मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया)को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रम निरन्तर रहेका छन् ।
– उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्यमुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने काम भईरहेको छ ।
– लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाइफाईसहित सुरक्षित विश्राम स्थलका रूपमा विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
– खेलाडी उत्पादनका लागि नगरको प्रमुख खेलकुद कार्यक्रम विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता, उपमेयर महिला भलिबल प्रतियोगिता र विभिन्न विधागत प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् ।
– युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यका साथ मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउने कार्यक्रम चलिरहेका छन् ।
– महिलाहरूलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपांगता भएका व्यक्तिहरूलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम निरन्तर चलिरहेका छन् ।
– छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापना गर्ने र तत्कालका लागि छाडा चौपाया व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनभित्र राख्ने काम निरन्तर चलिरहेको छ ।
– बुटवलभित्रका सबै गृहिणी महिलाहरूलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।
– देशकै नमूना पशु बधशालासञ्चालन भइसकेको छ । यसले बुटवलबासीलाई सफा र स्वच्छ मासु उपलब्ध गराउनेछ ।
– बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
– बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
– आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन यसै शैक्षिक सत्रदेखि शुरु भएको छ ।
– बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि भौतिक पूर्वाधार तयार गर्ने काम अघि बढेको छ ।
– बुटवलको कालिकापथमा रात्रीकालीन बजार सञ्चालनका लागि अनुमति दिइएको छ भने ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका बारेमा अध्ययन भइरहेको छ ।
– राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण र चौराहादेखि धागो कारखानासम्मको सडक निर्माण छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम भइरहेको छ । सडक सौन्दर्यीकरण गर्ने र ट्राफिक लाईटको व्यवस्था गर्ने, सडक सरसफाई गर्ने, हरियाली प्रवद्र्धन गर्ने, उज्यालो सडक र आईपीटीभी क्यामेरा जडान गरी सुरक्षित सडक बनाउने काम भइरहेको छ ।
– बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्ने कार्य अघि बढेको छ । बुटवलको लागि आवश्यक पानीको व्यवस्थापनका लागि झुम्सा खानेपानी यसैवर्ष बुटवलमा ल्याएर वितरणको काम शुरु हुने तयारी छ ।जसका लागि झुम्सा खानेपानीको मुहान प्रभावित क्षेत्रलाई विकास निर्माणमा सहयोग गर्ने गरी बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिका तथा स्थानीयबीच सहमति भएको छ ।
– बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
– नियमित रुपमा बजार अनुगमन गर्दै उपभोक्ताको हित र अधिकारको संरक्षणका लागि निरन्तर अभियान सञ्चालन भएको छ ।
-ड्ड कालिकापथदेखि नेपालगञ्ज रोडमा जोड्ने सडक खोलिएको छ भने मिलनचोकदेखि सुख्खानगरको सडकमा हेभी इक्युपमेन्ट कार्यालयका भवनहरु भत्काएर सडक फराकिलो बनाउने काम सम्पन्न हुने क्रममा छ ।
– बुटवलभित्र लालपूर्जाविहिन बसोबासीलाई लालपूर्जा प्राप्त गर्नका लागि भूमि आयोगलाई आवश्यक सहयोगका लागि कर्मचारी थप गर्ने, प्राविधिक काममा सहयोग गर्ने र जग्गाको अवस्थाको नापजाँच गर्ने काममा नगरले सधै साथ दिइरहेको छ ।
– ज्योतिनगर, मिलनपथ पहिरो नियन्त्रण र व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले आफ्नो बलबुता र सामथ्र्यले भ्याएसम्म लागिपरेको छ । यसमा स्थानीयको सक्रियता र सहभागिता उत्साहजनक रहेको छ । यसको दीर्घकालीन समाधानका लागि संघ र प्रदेश सरकारसमक्ष पटक पटक जानकारी गराइ योजना माग गरिएको छ ।
– बुटवलमा दक्ष जनशक्ति अभाव भइरहेको अवस्थामा सुनचाँदीका गरगहना बनाउने तालिम, कम्प्युटर नेटवर्किङ, वारिष्टालगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ ।
– जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य चेकजाँच र औषधि वितरणका लागि बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत सबै वडाहरुमा अभियान सञ्चालन सम्पन्न भएको छ ।

अन्त्यमा,

बुटवलको उन्नति र प्रगतिका निम्तिसहकार्य गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?