ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

जैविक विविधता योजनाको हिस्सा किन र कसरी बन्ने ?

वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमूल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही, बाध्यता र केही स्वार्थले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् ।
९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

विश्वको अग्लो शिखर सगरमाथादेखि समुन्द्री सतहदेखि ५७ मिटर मात्र उचाइमा रहेको मुसहरनिया विचको दुरी छोटो भएपनि यी दुइ ठाँउ बिचको भोगोलिक विविधता निकै धेरै छ । यही भौगोलिक विविधतामा रहेका हिमाल, पहाड, तराइ अनि नदी र पहाडले बनाएका खोच, गल्छी, उपत्यका र बेसीले नेपाललाई जैविक विविधतामा समेत सम्पन्न राष्ट्र बनाएका छन् । अहिले सम्म विश्वमा १७ लाख २९ हजार सात सय प्रजातिका जीवजन्तु र वनस्पतिहरु पहिचान भएका छन् । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा हालसम्म पत्ता लागेका वनस्पतिहरुका प्रजातिहरू मध्ये ३.३ प्रतिशत अर्थात १२ हजार ४८० प्रजातिहरु र जीवजन्तु प्रजातिहरू मध्ये १.१ प्रतिशत (११,७०६ प्रजाति) नेपालमा पाइन्छन् । वन्यजन्तु विभागका अनुसार नेपालमा २०८ प्रजातिका स्तनधारी, १२३ प्रजातिका घस्रने जीव, ११८ प्रजातिका उभयचर जीव र २३० प्रजातिका माछा पाइन्छन् । चराको लागि त नेपाल स्वर्ग नै मानिन्छ । पंक्षी संरक्षण संघ नेपालका अनुसार नेपालमा ८६७ प्रजातिका चरा पत्ता लागेका छन् र अर्का नयाँ प्रजाति भेटिने क्रम वर्सेनि बढिरहेको छ । त्यसैगरी ६५१ प्रजातिका पुतलीहरु नेपालमा भेटिएका छन् । सानो क्षेत्रफलमा यति धेरै प्रजातिहरू पाइएकोले जैविक विविधताको दृष्टिमा नेपाल विश्वमा २५ औं र एशियामा एघारौं सम्पन्न राष्ट्र मानिन्छ ।

पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । वन्यजन्तुहरुले वनको पारिस्थितिक प्रणालीलाई संचालन गरिरहेका हुन्छन् । वनको संरक्षण र विस्तारमा वन्यजन्तुहरूको भूमिका ठुलो हुन्छ । बाली विविधिकरण, बाली विकास र कृषिकार्यमा जैविक विविधताले मुख्य भूमिका खेलेको पाइन्छ । वन्य वनस्पति र वन छेउँछाउँका खेतबारीहरुमा लगाइने बालीहरुमा परागसेचन गरी वनस्पति उत्पादकत्व वृद्धि गर्न चरा, किराफट्यांग्रा, मौरीले सहयोग पु¥याएका हुन्छन् । बाघ, गैंडा, अजिंगरजस्ता जीवले वन संरक्षणमा सहयोग गर्दछन् । वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यताको रक्षा गर्दछन् र पर्यटनमा सघाउँछ । नेपाल आउने अधिकांश पर्यटकहरु जंगल सफारी, पदयात्रा गरी गैंडा, बाघ, हात्ती, चरा लगायतका जीवजन्तुहरु अवलोकनमा आफुलाई केन्द्रित गर्ने भएकोले नेपालमा पर्यटन विकासमा ठुलो मद्दत पुगिरहेको छ । नेपालका आदिवासीहरुको परम्परा र जीविकोपार्जन वन्यजन्तुसंग पनि सम्बन्धित भएको देखिन्छ । जडिबुटी, वनस्पतिहरु संकलन गरेर खाने, विक्री गर्ने कार्य मानव सभ्यताको विकासक्रमसंगै चलिरहेको छ ।

विश्वब्यापी रुपमै अहिले जैविक विविधता संकटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरी शिकारी, वन विनास, तीब्र शहरीकरण र प्रदुषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अंगहरुको ठूलो माग भएकोले विश्वभरी वन्यजन्तुहरुको शिकार गर्ने कार्य भैरहेको छ । पछिल्लो समयमा नेपालमा कमजोर वन व्यवस्थापन, प्रदुषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनासले वन्यजन्तु विनासमा मुख्य भूमिका खेलेको छ । सुकुम्बासीको नाममा जंगल विनास भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका विरुवा र कन्दमूलहरु तथा मिश्रित प्रजातिका झाडीहरु निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हँुदै गएको छ । रुख काँटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहोरिने वन डढेलोको कारणले वनस्पति र वन्यजन्तु उपस्थिति पातलिदै गएको छ ।

अचेल वन छेउँछाउँका खेतवारीमा किटनाशक विषादीको प्रयोग निर्वाध बढिरहेको छ भने शहरी क्षेत्र नजिकका वनहरू अघोषित डम्पिङ साइट बनिरहेका छन् । वनमा फ्याँकिएको फोहर वर्षातको पानीले वनमा छरिदा चरनक्षेत्र असुरक्षित बन्दै गएको छ । बाँच्नको लागि खेतवारीमा विषादीयुक्त अन्न, विषादीले मरेका साना जिव र वनको फोहर समेत खाँदा जिवजन्तुहरु मर्ने क्रम बढिरहेको छ । पछिल्लो समयमा भूक्षयले वन क्षेत्रमा भएका पोखरी, ताल, खोल्सा र खोलाहरु पुरिदै गएका छन् । यस्ता कार्यहरुले वन क्षेत्रमा पानीको अभाव हुन गई वन्यजन्तुको आहार विहार र वनस्पति विकासमा प्रतिकुल असर परिरहेको छ । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर छेउँछाउँको जैविक विविधतामा परिरहेको छ । वृक्षारोपण गर्दा आयातित विरुवाहरु रोप्ने, अधिक उत्पादनको लागि हाइब्रिड बिउ रोप्ने जस्ता कार्यले नेपालका रैथाने जीवजन्तु र वनस्पतिहरु हराउने चिन्ता बढेको छ ।

वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमूल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही, बाध्यता र केही स्वार्थले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् । अहिलेको चुनौती भनेको जैविक विविधतामा भैरहेको निर्भरतालाई घटाउँदै यिनीहरुको संख्या विस्तार गर्नु हो । वृक्षारोपण गरेर, मानिस र समुदायलाई कारवाही गरेर र वन प्रवेशमा रोक लगाएर मात्र जैविक विविधता संरक्षण गर्न सकिदैन । जैविक विविधता संरक्षणका कार्यलाई सिमसार संरक्षण, वन व्यवस्थापन र दिगो अर्गानिक कृषिसँग जोडेर एकीकृत गरेर लैजानुपर्छ । राज्यका विकास निर्माण र अन्य योजनाहरु बनाउदा जैविक विविधता संरक्षण र उपयोगलाई अनिवार्य रुपमा ध्यान दिएमा जैविक विविधतामा हानी नपु¥याई त्यसबाट लाभ लिन सकिन्छ । यसवर्षको जैविक विविधताको नारा “योजनाको हिस्सा बन्नुहोस्” भन्ने रहेको छ । यो नाराले राज्यका सबै तह र समुदायले हरेक योजनाहरु बनाउँदा जैविक विविधतालाई त्यसमा समावेश गर्ने र जैविक विविधताको संरक्षणका योजनामा राज्यका सबै अंग र समुदायलाई संलग्न हुन आव्हान गरेको छ ।

जैविक विविधता संरक्षण र प्रयोग सम्बन्धी समाजमा अनेकौ रैथाने ज्ञान र सिप छरिएर रहेका छन्, यस्ता ज्ञान र सिपको संकलन, प्रचार र व्यावहारिक रुपमा लागु गर्ने काम गर्नुपर्छ । रासायनिक विषादीले जैविक विविधताको संरक्षणमा ठुलो चुनौती थपेको छ, त्यसैले यसको उत्पादन, आयात, विक्री र प्रयोगमा कडाई गर्नुपर्छ । डढेलो रोकथाम, जडिबुटी र अन्य वनस्पतिको व्यवस्थित संकलन, जैविक करिडोर निर्माण, शहरी हरियाली वृद्धि जस्ता कार्यहरुलाई जैविक विविधता संरक्षणको अभिन्न अंगको रुपमा संचालन गर्नुपर्छ । तिनै तहका सरकार र संरक्षणमा संलग्न निकायहरुले यी कुराहरु समयमै बुझ्न सकेमा नेपाल जैविक विविधताको स्वर्ग रहिरहनेछ र यसबाट नेपालीले लाभ लिईरहन सक्नेछन् ।

[email protected]

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?