ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

ठेक्काको बजेट जोगाएर नयाँ सडक

सडक निर्माणको लागि आएको ठेक्काबाट बेचेको रकम फिर्ता जाने वा फ्रीज हुने गरेकोमा नगरपालिकाले उक्त रकमलाई पुनः माग गरी थप सडक निर्माणमा लगाएको छ ।
२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

बुटवल, २ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरदेखि कान्छीबजारसम्म सडक निर्माणाधीन छ । सडक विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन अवस्थामा रहेको हो । सो सडकको काम अहिले धमाधाम चलिरहेको छ । सडकको बेस निर्माण, नाली निर्माण, कल्र्भट निर्माणको काम जारी छ । जसमा ७० प्रतिशत काम पुरा भएको नगरपालिकाले जनाएको हो ।

सोही योजना अन्तर्गत रहेको ठेक्काको रकम जोगाएर तिलोत्तमा नरपालिकामा थप दोस्रो फेज अन्तर्गतको सडक निर्माण काम सुरुवात भएको छ । १.१८ किलोमिटर बेबरा देखि कान्छी बजार सडक निर्माण सुरुवात गरिएको हो । सडक निर्माणको एक कार्यक्रमका विच तिलोत्तमा नरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शुभारम्भ गरे । उनका अनुसार विश्व बैंकको सहयोगबाट कान्छी बजार देखि मंगलापुरसम्मको ५ किलोमिटर सडक निर्माण गर्दा ठेक्का रकम जोगाएर नयाँ सडकको काम सुरुवात गरिएको बताए । सडक निर्माण पछि बेबरी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई मंगलापुर, मणिग्राम, कान्छी बजार लगायतका क्षेत्रमा बिक्री वितरण गर्न सहयोग पुग्ने नगर प्रमुख खाँणको भनाई छ । उनी भन्छन्–‘यो सडक निर्माण पछि कृषि क्षेत्रको बजारीकरणका साथै परासी, देवदह देखि गौतमबुद्ध जन्मस्थल लुम्बिनी समेत जोड्न सकिन्छ ।’  तिलोत्तमा नगरपालिकाका बरिष्ठ ईन्जीनियर प्रदिप वनका अनुसार १९ करोड १७ लाख ७६ हजार ५ सय १९.८७ रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । बेबरा देखि कान्छी बजार क्षेत्रमा निर्माण हुन लागेको उक्त सडकको बीएन पीईए जेभी बानेश्वरले ठेक्का पाएको हो । जस अनुसार २९ अप्रील २०२४ मा निर्माण सुरु भई २८ मे २०२५ अथार्थत १ बर्ष ३ महिनामा सडक निर्माण पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख भएको छ ।
सयममा नै निर्माण काम पुरा गर्ने गरी निर्माण सम्झौता गरिएको र निर्माण कम्पनीले समयमा नै निर्माण पुरा हुनेमा आफू विश्वस्त भएको बरिष्ठ ईन्जियियर वनको भनाई छ । उनि भन्छन्–“यो सडक आफैमा महत्व बोकेको सडक हो, हामी पुरानो ठेक्काबाट केही रकम बचेको थियो, सोही रकमलाई विश्व बैंक संगको सहकार्यमा छलफल सम्झौता बाटा दोस्रो फेजको काम सुरुवात भएको हो । ’ सडक निर्माणको लागि कुनै पनि साईड अवरोध लगायतका कुनै समस्या नभएको कारण समयमा नै पुरा हुने मा आफू विश्वस्त भएको ईन्जीनयर वनको भनाइ छ ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले नगरपालिका देखि पछाडी परेको क्षेत्रको रूपमा तिलोत्तमा १० रहेको भन्दै सडक पूर्वाधार निर्माण पछि विकासको गति पाउने अपेक्षा लिइएको बताउँछन् । उनले भने–‘मुख्य भनेको नै बाटो रहेछ, बाटो निर्माण सहज भयो भने दुःख विरामी हुँदा समेत सजह रूपमा अस्पताल जान पाईन्छ, यसको साथै स्थानीय उत्पादन बजारीकरणको लागि सहज हुने छ ।’

वडा नम्बर १० को बेबरा क्षेत्रमा थारु समुदायका बाहुल्यता भएको कारण स्थानीय उत्पादन, कृषि जन्य उत्पादन बजारीकरणको लागि समेत सहज हुने अपेक्षा वडा अध्यक्ष अधिकारीले लिएको बताए । विश्व बैंकको सहयोगमा २०७९ चैत १६ गते मंगलापुर देखि कान्छी बजार सम्मको सडक विस्तार, स्तरोन्नतीको लागि शिलन्यास भएको थियो । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने ४ दशमलव ८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिलान्यास गरेका थिए । उक्त डिडक निर्माण सम्झौता २०७९ भदौ २३ गते देखि सुरु भएको भएको थियो ।

नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्ट अन्तरगत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८९० रूपैयाँमा शर्मा सगुन जेभी बुटवललले ठेक्का पाएको छ । सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् । जुन सडक निर्माण कामको अहिले ७० प्रतिशत काम पुरा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?