ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै

बुटवलमा शहरीकरण बिस्तार हुँदै जाँदा चौपारी निर्माण कार्य ठप्प मात्र भएको छैन, पुराना चौपारीहरुको संरक्षणमा समेत चासो देखाइएको पाइदैन । विगतमा बाटोको छेउँछाउँ चौपारी बनाइएकोमा विद्युतीकरणको क्रममा चौपारीका वरपिपलका रुखहरु ठुटे बनाईएको र बाटो विस्तार तथा पक्की गर्ने क्रममा चौपारीहरु भत्काउने गरिएको छ ।
८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

तिलोत्तमा ।

बुटवल सुख्खानगरकी रिता घिमिरे हरेक शनिबार एक बिहानै शंकरनगर वनबाटिका सम्म पुग्छिन । उनी त्यहाँ पुग्नुको उद्देश्य मर्निंङवाक गर्नु वा वन वाटिका घुम्नु नभएर नकाटिएको पिपलको पुजा गर्नु हो । ज्योतिषीले नकाटिएको पूर्ण पिपलको पुजा गर्नुपर्ने बताएपछि पिपललाई जल चढाउन उनी त्यहाँ जान थालेको एक वर्ष भैसकेको छ । रिता मात्र हैन बुटवलका धेरै महिलाहरु हरेक शनिबार बिहानै शंकरनगरको तपाहा लाइन, वनबाटिका क्षेत्रमा पिपलमा जल चढाईरहेका भेटिन्छन् ।

“बुटवलमा एक त चौपारीहरु नै छैनन् र भएका पनि ठुटे छन् त्यसैले पुजा गर्नको लागि बुटवल बजार छेउँछाउँ नै जानु परिरहेको छ”, रिता भन्छिन् ।

हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरुमा वर र पिपल पुजनीय छन् । भगवान बिष्णुको जन्म र कृष्णको मृत्यु पिपलको रुख मुनि भएको र गौतम बुद्धले पिपलको रुखमुनि तपस्या गरेर ज्ञान प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैगरी स्कन्ध पुराणमा भगवान विष्णुले श्राप पाएकोले पिपलको रुप धारण गरेको उल्लेख छ । पिपललाई दीर्घायु र उर्वरताको प्रतिक मानिने भएकोले शनि संकट मोचन हुने र सन्तानप्राप्ति हुने विश्वासले महिलाहरुले हरेक शनिवार पिपलको परिक्रमा गर्दै जल चढाउने गर्छन् । त्यसैगरी बौद्धमार्गीहरुले बोधीवृक्षको रुपमा पिपलको पुजा गर्ने प्रचलन छ ।

भगवान विष्णुले हिरण्यकश्यपुलाई मार्न नरसिंह अवतर लिएको र नरसिंहको ताप पृथ्वीमा फैलिएपछि त्यसलाई शोषण गर्न वर, पिपल, समी लगायतका पाँच किसिमका विरुवाहरु लगाएर पुजा गर्न शुरु गरिएको पौराणिक कथन छ । अहिले पनि नेपालका साथै भारतको बंगाल र उडिसामा वरपिपल संगै रोपेर चौतारी बनाउने प्रचलन रहेको छ । वर पिपल चौतारी बनाएमा पुण्य प्राप्त हुने विश्वासले गर्दा मानिसहरुले गाउँघरमा वर पिपल हुर्काएर धार्मिक विधिका साथ वर पिपलको बिहे गरिदिने र चौपारी बनाउने गरेका छन् ।

धार्मिक रुपमा मात्र नभएर आधुनिक विज्ञानले समेत वरपिपललाई गुणकारी विरुवा मानेको छ । अन्य रुखको तुलनामा पिपलले बढी अक्सिजन फ्याँक्ने गर्छ । पिपलको रुखले धेरै अक्सिजन फ्याँक्ने हुँदा यो रुखको नजिक बस्दा सजिलै अक्सिजन प्राप्त गर्ने र थकाई लागेको बेलामा शरीरमा स्फूर्ति आउने भएकोले बाटोमा हिंड्ने मानिसहरुलाई सजिलो होस् भनेर चौतारी बनाउने र वर पिपललाई सिंचाई गर्न तथा ती रुखमा बस्ने चराचुरुंगीलाई पानी खुवाउन चौतारी नजिकै सानो पोखरी पनि बनाउने गरिएको सामाजिक मान्यता रहेको छ ।

धार्मिक र सांस्कृतिक महिमालाई जोगाउँदै वातावरणीय सेवा पु¥याउँदै आएका चौतारीहरु अचेल संकटमा परेका छन् । बढ्दो शहरीकरण र विकास निर्माण कार्यमा आएको तीब्रता संगै चौतारीहरु विनास भैरहेका छन् । शहरी क्षेत्रमा चौपारीहरु उपेक्षित हुँदै गएको महशुस गरेका छन् पूर्वीय दर्शनका अध्येता डा.बाबुराम ज्ञवालीले । उनी भन्छन्, “मानिसहरुले वर पिपलको वातावरणीय र धार्मिक महत्व नबुझेकोले पुर्खाले बनाईदिएका धरोहरहरु विनास हुँदैछन् । घर छेकिन्छ भनेर स्थानीयले रुखका हाँगा काट्ने र सडक विस्तार गर्ने भन्दै चौपारी भत्काउने गरेकोले शहरी क्षेत्रबाट वर पिपल चौपारीहरु लोप हुन लागेका छन् ।”

ज्ञवालीले भने जस्तै अचेल बुटवलको नगर क्षेत्रमा वरपिपल चौतारीको दुर्दशा जो कोहीले पनि सजिलै देख्न सकिन्छ । बुटवलको मुख्य सहरी क्षेत्रबाट चौतारीहरु हराईसकेका छन् । अन्य क्षेत्रमा पनि नयाँ चौतारीहरु बनेका छैनन् बरु भत्काएर कुरूप बनाएका र हाँगा काटेर ठुटो बनाएका वरपिपल भएका चौतारीहरु भने धेरै ठाउँमा देख्न पाइन्छ । बुटवलमा घडेरीको आकाशिदो मूल्य र घर निर्माणमा आएको तीब्रताले गर्दा भित्रि वस्तीमा रहेका समेत वरपिपल काट्ने र चौपारी भत्काउने काम भैरहेको छ ।

पहिलेपहिले पुण्य प्राप्त गर्न र नाम राख्नको लागि चौपारी बनाउने र बाउबाजेले रोपेको बर पिपल नाशिएमा पुर्खाले श्राप दिन्छन् र पाप लाग्छ भन्ने विश्वासको कारण मानिसहरुले चौपारी बनाउने र संरक्षण गर्ने गरेको भएपनि वर पिपल चौपारी निर्माण गर्दा पुण्य लाभ हुन्छ भन्ने धार्मिक मान्यतामा कमी आएको पुराना चौपारिहरु भत्काउने कामले तीब्रता पाएको बताउँछन् दुर्गा संस्कृत विद्यापिठका शिक्षक पण्डित मित्रलाल भण्डारी ।

चौपारीहरु मात्र हराएका छैनन्, अचेल मठमन्दिर भएका ठाँउमा बाहेक अन्यत्र बर पिपल र समिका सद्धे रुखहरु समेत दुर्लभ हँुदै गएका छन् ।

पछिल्लो समयमा बुटवल–बेलहिया व्यापारिक सडक निर्माणको क्रममा सडक किनारमा बनाइएका सय भन्दा धेरै चौतारीहरु भत्काईएको छ । चौपारी भत्काउँदा सडक सुन्दरता, सभ्यता र यात्रीको सुबिधा खोसिएको बताउँछन् मिलनचोक तीनकुनेका बासिन्दा गोविन्द प्रसाद पाण्डे । उनी भन्छन्, “चौपारी हराउँदा धार्मिक गतिविधिमा असर पुगेको मात्र छैन, चराचुरुंगीको बासस्थान यात्रुहरुको शितलता पनि खोसिएको छ ।”

शहरी क्षेत्रमा वरपिपल चौतारीहरु नासिदै गएपछि शहरमा हरियालीे हराउँदै गएको मात्र छैन, शहरी क्षेत्रमा चराचुरुंगीको चहलपहल पनि घट्दै गएको छ । शहरी क्षेत्रमा काग, बकुल्ला, डान्ग्रे र सारौ जस्ता चराहरुले वरपिपलका रुखलाई नै वासस्थान बनाईरहेकोमा ती रुखहरु मासिदै जाँदा सहरी क्षेत्रमा चराहरुको क¥र्याङकुरुङ र चिरविर सुन्न छोडिएको छ ।

वरपिपल चौतारीहरु नाशिदै जानु सांस्कृतिक विचलन मात्र नभएर प्रकृति प्रतिको वेवास्ता भएको बताउँछन् सुख्खानगरका कृष्ण प्रसाद शर्मा तिवारी । उनी भन्छन्, “वर पिपल जस्ता गुणकारी वनस्पतिको संरक्षण गर्न नसक्नु भनेको आफ्नै संस्कृति मेट्नु हो । लोक कल्याणकारी वरपिपल चौतारी बनाउन र संरक्षण गर्न सकेमा संस्कृतिको संरक्षण मात्र हुदैन, पर्यावरणको रक्षा समेत हुन्छ ।”

शहरमा वरपिपल काटिदै र चौपारीहरु मासिंदै गएपछि गमलामा पिपल रोपेर घरका कम्पाउण्ड र छतमा राख्ने चलन बढ्दो छ । “बाउबाजेहरुले बाटोघाटोमा चौपारी बनाएर र त्यही पुजा गर्थे, हामी भने गमलाको पिपलको पुजा गर्नुपर्ने अवस्थामा आएका छौ”, पिपल पुजा गरिरहेकाहरु भन्छन्, “चौपारी भएनन् भनेर सस्कृति छोड्न सकिएन, गमलाकै पिपल पुजा गरेर भएपनि सस्कार त जोगाउनै प¥र्यो ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?