ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

कपिलवस्तु, ८ बैशाख । सशस्त्र प्रहरीको आईआरटि टोलीले समुदायमा बिपद पूर्व नै आगलागी सचेतना सम्बन्धी माईकिङ्क गर्दै हिँडे । अर्कातर्फ जंगलमा डढेलो बढ्न नदिन केहि व्यक्ति ३ मिटर चौडाईको अग्नि रेखा (फायर लाईन) बनाउन व्यस्त थिए ।

फायर लाईन बनाउने क्रममा जम्मा भएका पात पतिङ्गर र स्याउलालाई उनीहरूले किनार लाउँदै अघि बढें । यसै बिच बर्मेली गाँउको मन कुमारीको घरमा खाना पकाउने ग्यासमा आगो लागेको सूचना आयो । त्यहाँ पुगेका सशस्त्रका सुरक्षा फौजले ग्यास सिलिण्डरमा लागेको आगोलाई चिसो कम्बल र प्लास्टिकको बाल्टिनको सहयोगले अक्सिजन निस्किन नदिएर नियन्त्रणमा लिए । त्यसका लागी ग्यास सिलिण्डरमा ग्यास आएको ठाउँमा औंलाको सहायताले ग्यासको प्रवाह रोक्ने काम गरेर पनि आगो नियन्त्रणमा लिईयो । आगलागीका क्रममा मानव शरिरमा लागेको आगो रोलिङ्ग र फायर ब्लाङ्गकेटको सहयोगमा नियन्त्रणमा लिईयो । त्यसै गरि सोही स्थानको एउटा बाख्राको खोरमा लागेको आगो एउटा घरमा फैलियो । त्यहाँ तत्कालै सशस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिन पानीको फोहरा फाल्ने र आगो बढ्न नदिन बिभिन्न उपाय प्रयोग गरे ।

आगलागीको सुचना पाएको केहि समयमै कपिलवस्तु नगरपालिकाको दमकल आएर पानी हालेर आगो नियन्त्रणमा लियो । सो क्रममा घाईते भएकाको उद्धार तत्कालै गरेर कपिलवस्तु अस्पतालको एम्बुलेन्समा हालेर उपचारका लागि पठाईयो । आगलागी नियन्त्रण गर्न मानव साङ्गलो र दमकलको प्रयोग, घाईतेको उद्दार, प्राथमिक उपचार, अस्थायी टहराको तयारी र राहत बितरण प्रक्रिया तत्कालै शुरु गरेर पिडितलाई सुरक्षित स्थानमा पुर्याईयो । प्रसङ्ग हो, कपिलवस्तुमा आगलागी नियन्त्रणका लागि गरिएको नमुना अभ्यासको । जुन अभ्यासको दृश्य बर्मेली गाउँमा रहेको गुरुकुल एकेडेमीका विद्यार्थी बालबालिका र शिक्षकले पनि चाखपूर्वक हेरें । उनीहरू सहित मञ्चमा रहेका सुरक्षा निकायका प्रमुख र प्रतिनिधी, स्थानिय र सञ्चारकर्मीले समेत यो अभ्यासबाट आगलागी नियन्त्रणको तरिकाहरू बारे जानकारी पाए । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा गणको कार्यालय बर्मेलीमा नमुना अभ्यास मार्फत सचेतना प्रवाह गरिएको हो ।
सशस्त्रको टोलीले प्रदर्शन गरेको नमुना अभ्यासलाई कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रजिअ बिश्व प्रकाश अर्याल, सम्शेर दल गण गोरुसिङ्गेका गणपति दिलिप घले, सहायक प्रजिअ भविश्वर घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डे, कपिलवस्तु अस्पतालका निमित्त मेसु डाक्टर बिपीन जयसवाल, नेपाल प्रहरीका प्रहरी निरिक्षक, रेडक्रस कपिलवस्तुका महामन्त्री सन्तोष कुमार श्रीवास्तव, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्रचार्य सहितले मञ्चबाट अवलोकन गरेका थिए । सो अभ्यासका क्रममा गणमा भएका अग्नी नियन्त्रण गर्ने सामाग्री, जनशक्ति, कपिलवस्तु नगरपालिकाको दमकल र कपिलवस्तु अस्पतालको एम्बुलेन्सलाई प्रयोग गरिएको थियो ।

आगलागी नियन्त्रणमा अन्तरनिकाय बिचको समन्वय कसरी गर्ने भन्ने बिषयमा अभ्यासले प्रदर्शन गरेको थियो । सुख्खा याममा आगलागी र डढेलो तथा मनसुनमा बाढी पहिरोका घटना हुदाँ ठुलो धनजनको क्षति हुदै आएकाले अभ्यासले आवश्यक पुर्व तयारीलाई सहयोग पुग्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले जानकारी दिए । आगलागीका घटना बढदै गर्दा दमकलका लागी एकदमै चाप बढेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कृषकले गहुँ खेतमा ठुटा जलाउन आगो लगाउदाँ आगलागीका घटना बढदै गएकाले समुदायलाई यो बिषमा सचेत बनाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा सहभागीले सशस्त्र प्रहरीले प्रदर्शन गरेको बाढी पहिरो सहितका बिभिन्न बिपदका बेला उद्धार गर्नका लागी प्रयोग गर्ने बिपद उद्धार सामाग्रीको अवलोकन गरे । कपिलवस्तु जिल्लामा पनि बिपतका घटना बर्षेनी घट्ने गरेकाले ति घटनाहरूबारे समुदायलाई सचेतना प्रवाह र समयमै घटना नियन्त्रणमा सहयोग पुगोस भनेर नमुना अभ्यास गर्ने गरिएको गणका सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेले बताए । जिल्लामा बिपतका घटना हुन नदिन नमुना अभ्यासले पूर्व तयारी, घटना नियन्त्रण र उद्दारमा सहयोग पुग्नेमा कार्यक्रमका सहभागीले बिश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?