ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

दाङ, ७ बैशाख ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएको छ । पश्चिम क्षेत्रमै पहिलो पटक एमडी तहको पठनपाठन शुरु भएको शुक्रबार प्रतिष्ठानले एक कार्यक्रम गरी जानकारी गराएको हो ।

पोष्ट ग्र्याजुएट रेसिडेन्सका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागतसहित प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा बिस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराईएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् । जस अनुसार, एमडी जिपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना भएका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा. नारायणसिंह गुरुङ, एशोसियट प्रोफेसर डा. बसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने जानकारी दिए ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम संचालनको थालनी गर्नु यस क्षेत्रको लागि ठूलो उपलब्धी रहेको बताए ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्य मन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा बिस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानको आगामी कार्यक्रम र सेवा बिस्तारका लागि आवश्यब बजेट विनियोजनका लागि पहल गर्ने पनि बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्य अनुसारको प्रतिष्ठानको कामले गतिलिँदै गएको हुँदा आगामी शैक्षिक कार्यक्रम र प्रतिष्ठानको सेवा बिस्तारमा सबै लाग्नुपर्ने बताए । प्रतिष्ठानमा भरपर्दो र प्रभावकारी विभिन्न प्रकारका नियमित स्वास्थ्य उपचार सेवासँगै गत वर्षदेखि बिएनएस नर्सिङ र बिएस्सी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?