ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

नवलपरासी, ७ बैशाख । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले एसईई परीक्षा दिई बसेका विद्यार्थीहरूलाई स्वयंसेवक स्वरूप अस्पतालमा सेवा गर्न सक्ने जनाएको छ । विद्यार्थीहरूलाई भविष्यमा मेडिकल फिल्डमा आफ्नो शैक्षिक क्यारियर बनाउन चाहना राख्ने विद्यार्थीहरू अस्पतालमा स्वयंसेवक भई अनुभव लिन सक्ने अस्पतालले आह्वान समेत गरेको हो ।

परीक्षा दिएर कोही कम्प्युटर लगायत विभिन्न सिपमुलक तालिम,कोही भ्रमण आदी जस्तामा समय विताउने गर्ने गरेका हुन्छन्, त्यसै गरि अस्पतालमा पनि मेडिकल सम्बन्धि आधारभुत जानकारी र प्रयोगात्मक अनुभव समेत लिन सक्ने हुदा त्यस्ता विद्यार्थीहरू अस्पतालमा सम्पर्क गर्न सक्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट (निमेसु) सर्जन डा.किरण पाण्डेले बताए । धेरै विद्यार्थीहरूको भविष्यमा मेडिकल फिल्डमा जाने योजना बनाउँदै अध्ययन गर्ने गरेका हुन्छन्, उनले भने, उनीहरूलाई अस्पतालको केही समय सेवाले नयाँ अनुभव प्रदान गर्नेछ ।

अस्पतालमा विरामीको सेवा पनि हुने,थोरै जनशतिmले यो गर्मियाममा बढदो बिरामीको चापमा सेवा प्रवाहलाई सहजीकरण समेत हुने हँुदा यस्तो स्वयंसेवा गर्न चाहने विद्यार्थीलाई आह्वान गरिएको उनको भनाई थियो । अस्पतालको सेवा प्रवाह प्रकृयाबारे पनि प्रत्यक्ष सहभागी भएर जान्न पाउने अवसर पाउनेछन्, उनले थपे, सो अनुभवले आफ्ना दैनिक जिवनमा पनि अस्पतालमा सेवा लिन आउदा वा कसैलाई अस्पतालमा सेवाका लागि लिएर आउदा समेत सहजीकरण गर्न सजिलो हुनेछ । विद्यार्थीहरू सम्पर्कमा आएपछि उनीहरूलाई समान्य अभिमुखीकरण गरेर चिकित्सक वा अन्य स्वास्थ्यकर्मीसँग राखेर काम गर्ने अवसर प्रदान गर्न सकिने डा.पाण्डेले बताए ।

यसका लागि अभिभावकहरू पनि अभिप्रेरित गरेर आफ्ना छोराछोरीलाई अस्पताल पठाउन सक्ने छन् । परीक्षा दिई समय कसरी विताउने भन्ने विद्यार्थीका लागि समय विताउने, सिप सिक्ने र नयाँ नयाँ अनुभव लिन सक्ने यो अवसर हो । अहिले एसर्ईई परिक्षा दिएर बसेका विद्यार्थीलाई मात्रै होईन्,सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई पनि स्वयंसेवा गर्ने अवसर प्रदान गरिन्छ, उनले भने, अस्पतालमा विगतमा मेडिकल फिल्डकै विद्यार्थी इन्टर्नसिप गर्न मात्र आउने गरेका थिए,तर अहिले समान्य सबै खालका विद्यार्थीहरूलाई स्वयंसेवा गर्न सक्ने अवसरलाई खुल्ला गरिने छ । अस्पतालको नम्स अनुसार चिया खाजा पनि उपलब्ध गराउन सकिने उनको भनाई थियो ।

अस्पतालमा अहिले विशेषज्ञ चिकित्सक ८ जना हुदा त्यसका लागि अन्य सहयोगी कर्मचारी अभाव छ । यदि स्वम्सेवकहरू आएमा सहयोग पुग्ने उनको भनाइ थियो । दैनिक ३ सय भन्दा बढि बिरामी आउने गरेका छन्,उनले भने, सर्जिकल सेवाले पनि अस्पतालमा बिरामीको दिन प्रति दिन संँख्या बढ्दै गएको छ । दरबन्दी अनुसार पदपुर्ति छैन्, आवश्यक कर्मचारी निजी स्रोतले राख्न परेको छ । अस्पतालमा गुणस्तरिय सेवाले बिरामीको विश्वास बढेर बिरामीको चाप पनि बढेको छ, तर बिरामीको चाप बढ्दा सहयोगी कर्मचारी निकै अभाव देखिएको छ ।

पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री तथा प्रसुती, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, विरामी भर्ना जनरल, फार्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्वारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्टरोग क्लिनिक, जीन स्पट सेवा, संस्थागत क्लिनिक सेवा, प्लाष्टर। सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत, ३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?