ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

दाङ ,५ बैशाख ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको बिरामीको सफल शल्यकृया गरिएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षीय पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको हो ।

प्रतिष्ठानका रेडियोलोजिष्ट डा. वम विसि, अर्का रेडियोलोजिष्ट डा. विपिन खनाल, सर्जन डा.आत्मानन्द वर्मा, डा. उत्सवसहितको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यकृया गरिएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कंडेलले जानकारी दिए । शल्यकृयामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा.वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यकृया हुने गरेकोमा हाल रेडियोलोजि अन्तर्गत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताए ।

विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारको क्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहितको स्वास्थ्यकर्मी र नर्शको टोलीले नचिरेर सफल शल्यकृया गरेको जानकारी दिए । यो भन्दा पहिले कलेजो, किड्नीमा जमेको पिप निकाल्न चिरेर शल्यकृया गरिन्थ्यो, त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो–डा. विपिनले भने–‘ कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि आएपछि रेडियोलोजि अन्तर्गत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने विरामीलाई समस्या पनि भएन्, यो विधि धेरै राम्रो मानिएको छ ।’ यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई वेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकीने, छिटोछरितो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा.कडेलले बताए ।
विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखि जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले बताए । सूचना अधिकारी भट्टराइले कलेजो, किड्नीमा पिप जम्नुका साथै सुन्निएका हालसम्म ६ वटा सफल शल्यकृया यही विधिवाट गरीएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?