ट्रेंडिंग:

>> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली

रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु

भलबारी क्षेत्रका बासिन्दा आगलागीको जोखिमबाट सुरक्षित हुने
५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

बुटवल, ५ बैसाख ।   तिलोत्तमा –७ भलबारीमा बस्तीको बीचमा रहेको नेपाल आयल निगमको प्रादेशिक डिपो अबको तीन वर्षभित्र भैरहवा पुर्व रोहिणी खोला किनारमा सर्ने भएको छ । निगमको डिपो परिसरमा तेल बोकेका ट्याङकरमा पटक–पटक आगलागी भइरहदा डीपो र भलबारीको वस्ती निकै जोखिममा थियो । त्यही कारण भलबारीका स्थानीयदेखि नेकपा एमाले तिलोत्तमाले चुनावी घोषणापत्रमै भलबारी डिपोलाई वस्तीबाट टाढा सार्नुपर्ने मुद्दा अघि सार्दै आएका थिए ।
अन्ततः भलबारीको आयल निगम डिपो भैरहवाबाट १४ किलोमिटर टाढा भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणीखोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुने भएको छ । भण्डारण गृह निर्माणका लागि माटो सम्याउने र तटबन्धको काम बुधबार थालनी भएको छ । रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले जोखिमयुक्त हुंदा स्थानीयले समेत त्यहांबाट डिपो सार्न माग गर्दै आएका थिए ।
सोही अनुसार निगमले खरिद गरेको १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको हो । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा भण्डारण गृह निर्माण अघि उक्त जग्गालाई बाढीबाट सुरक्षित बनाउन तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको हो । नयाँ भण्डारण गृहको १४ बिघा मध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ ।
एक औपचारिक कार्यक्रमबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
दुबै पालिकाका अध्यक्षले भण्डारण गृह स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले भण्डारण गृह निर्माणपछि स्थानीय जनतालाई रोजगारी तथा विकास निर्माणमा ध्यान दिन आग्रह गरे ।
भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रकृयामा गएको बताए । तीन अर्ब लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताए । यो भण्डारण गृहमा डिजेल ६३ सय किलोलिटर, पेट्रोल ३२ सय किलोलिटर तथा मट्टितेल २१ सय किलोलिटर भण्डारणका लागि क्रमशः २१ सय किलोलिटरका तीनवटा, पेट्रोल भण्डारणका लागि १६ सय किलोलिटरका दुईवटा र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिने उनले बताए ।

आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले २०८१ सालभित्र भण्डारण गृह निर्माण शुरु हुने र दुई वर्षभित्र निर्माण सम्पन्न गरी हालको भलबारी डिपो सो स्थानमा सर्ने बताए ।
काठमाडौं विश्व विद्यालयले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गर्ने उनले जानकारी दिए । ‘आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ’–यादवले भने ।
निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । भविष्यमा भारतीय आयल कर्पोरेसनसंगको सहकार्यमा भण्डारण गृहसंगै प्राकृतिक ग्यासबाट रासायिनक मल उत्पादन कारखाना पनि स्थापना गर्ने लक्ष्य रहेको निरौलाले बताए ।
कार्यक्रममा पेट्रोलियम व्यवसायी प्रेम न्यौपाने, राकेश कसौधनलगायतले हालको भलवारी डिपो बस्ती नजिक हुँदा असुरक्षित र जोखिमयुक्त भएकाले अव नयाँ ठाउँमा भण्डारण गृह सरेपछि व्यवसायी र आम सर्वसाधारणका लागि सुरक्षित र सहज हुने बताए । तिलोत्तमाका तत्कालीन नेकपा नगर संयोजक एवं नगर प्रमुखका उम्मेदवार मोहन चापागाईले स्थानीयको माग अनुसार नेकपा एमालेले स्थानीय तहको चुनावमा भलबारी डिपोलाई वस्तीबाट टाढा सार्ने एजेण्डालाई प्राथमिकता साथ उठाएकोमा अब सार्थक भएको र भलबारी क्षेत्रका बासिन्दा आगलागीको जोखिमबाट सुरक्षित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?