ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ?

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

वैशाख १ गतेदेखि मीन राशिमा रहेका गणितागत सूर्य मेषराशीमा प्रवेश गर्दछन् । सूर्य मेष राशिको क्षेत्रमा प्रवेश गर्ने समयसँग सम्बन्धित दिनलाई मेष सङ्क्रान्तिवा वैशाखे सङ्क्रान्ति भनिन्छ भने मेष राशिभरि सूर्य बस्ने दिनको अवधिलाई वैशाख महिना भनिन्छ । यसैगरेर १२ राशिसँग सम्बन्धित १२ सौर महिनाहरू हुन्छन् । यी महिनाका नामपनि त्यसै हचुवाका भरमा राखिएका होइनन् । विशाख नक्षत्र वा त्यस नजिकको नक्षत्र र पूर्णिमाको संयोग भएको आधारमा चान्द्रमास र सौरमासका लागि वैशाख भन्ने नाम रहन गएको हो । अर्थात् वैशाख महिनाका पूर्णिमामा चन्द्रमा विशाखा वा त्यस नजिकका नक्षत्रमा रहन्छन् भन्ने हो । यसैगरी ज्येष्ठ आदि महिनाका नाम रहन गएका हुन् । सृष्टिको पहिलो दिनदेखि नै मानिँदै आएको यस दिनको अत्यन्तै महत्व रहँदै आएको छ । सृष्टिको पहिलो दिनको सुरुवात कुन समयमा भयो भन्ने कुरालाई पौरस्त्य जगत्का गणितज्ञ भास्कराचार्यले यसरी लेखेका छन् – लङ्कानगर्यामुदयाच्चभानोस्तस्यैव वारे प्रथमं बभूव । मधोः सितादेर्दिनमासवर्षयुगादिकानां युगपत् प्रवृत्तिः । अर्थात् शून्यअंश अक्षांश भएको स्थान लङ्कानगरीमा ठ्याक्क सूर्योदय समयमा सूर्य‚चन्द्र‚मङ्गल‚बुध‚ बृहस्पति आदि सबै ग्रह मेष राशिको बिन्दुमा भएको अवस्थामा आइतवारका दिनदेखि सृष्टिको सुरुवात भयो र सबै ग्रहहरू आ– आफ्ना गतिले घुम्न थाले । अतः हामीले यस कुराबाट के कुराको ज्ञान ग¥यौँ भने त्यो सृष्टिको सुरुवात भएको चैत्रशुक्ल प्रतिपदाका दिनबाटै चैत्रनामको चान्द्रमासको सुरुवात भएको रहेछ । मेषादिबिन्दुमा सूर्य भएकाले वैशाख सौरमासको पनि त्यसै दिनबाट सुरुवात भएको रहेछ भने मेषादिबिन्दुमै बृहस्पति भएकोले प्रभव नामको पहिलो संवत्सरको पनि उक्त दिनदेखि नै सुरुवात भएको रहेछ । तर अहिले आएर चैत्रशुक्ल प्रतिपदा र वैशाख संक्रान्ति हुने समय फरक फरक दिनमा पर्ने गरेका छन् । यसको कारण भनेको सौरवर्ष र चान्द्रवर्षका दिनमा हुने विषमता हो । अर्थात् सौरवर्ष ३६५ दिन र केही समयको हुन्छ भने चान्द्रवर्ष मोटामोटी ३५४ दिनको हुन्छ । यसकारण सौरवर्ष‚चान्द्रवर्षभन्दा लगभग ११ दिन ढिला पूरा हुने हुन्छ । यो अन्तर बढ्दै जाँदा मोटामोटी ढाई वर्षमा एक महिनाको अन्तर पर्न जान्छ । यसैलाई ज्योतिषीहरूले अधिमास भनेर नामकरण गरेका छन् । अतः यहाँसम्मको कुराले हामीले अधिमास परिसकेपछिको चैत्रशुक्ल प्रतिपदा र मेष सङ्क्रान्तिमा अन्तर कम हुने र अधिमास पर्नभन्दा पहिलेको चैत्रशुक्ल प्रतिपदा र मेष सङ्क्रान्तिमा अन्तर बढी हुने रहेछ भन्ने बुझियो । यसै अनुसार नै २०८० सालको श्रावणमा अधिमास परेका हुनाले यस २०८१ सालको मेष सङ्क्रान्ति र सङ्क्रान्तिभन्दा केही दिन अगाडि परेको चैत्रशुक्ल प्रतिपदाको अन्तर जम्मा चार दिनको मात्र थियो भने अबको वर्ष यस किसिमको अन्तर पन्ध्र दिनको हुनेछ । त्यस्तै २०५८ र २०७७ सालमा अधिमास परेकाले यस किसिमको अन्तर यसपछिका वर्ष २०५९ र २०७८ मा जम्मा एक दिनको मात्र थियो । यहाँसम्मको विषयबाट हामीले सृष्टिको पहिलो दिन एकै दिन भएका मेष सङ्क्रान्ति र चैत्रशुक्ल प्रतिपदा चान्द्रवर्ष र सौरवर्षको दिनको विषमताले फरक फरक दिनमा परेतापनि अधिमासले यिनलाई एकै स्थानमा पनि ल्याउने रहेछ भन्ने बुझ्यौँ ।

त्यस्तै बृहस्पतिको राशि सङ्क्रमण मध्यममान (मोटामोटी मान) ले जानिने हुनाले बृहस्पतिको संक्रमणलाई चैत्रशुक्ल प्रतिपदादेखि नै मानी हामीले नयाँ संवत्सर मानेका हौँ । मध्यममानले मानिएकाले प्रत्येक वर्ष चैत्रशुक्ल प्रतिपदाबाटै नयाँ संवत्सरको थालनी भएको हो । भारतमा मुसलमान र अंग्रेजको शासनकालमा हाम्रा धेरै विद्याका परम्परा हराएका हुनाले भारत देशमा बसोबास गर्नेहरूले मान्ने धेरै कुरा हामीसँग नमिलेका जस्ता पनि देखिन्छन् । त्यसैले उनीहरूले मेष सङ्क्रमणकाललाई खासै महत्त्व नदिई चैत्रशुक्ल प्रतिपदालाई नै हिन्दु नववर्ष भन्दै मानेको देख्यौँ । माथिको कुरा अनुसार त्यसरी मान्नु गलत त भएन तर हिन्दू नववर्ष भन्दै गर्दा मेष सङ्क्रमण हुने दिनलाई भुल्नुलाई भने गलत भन्न सकियो । उनीहरूले चान्द्र महिनाको सुरुवाती चरणलाई वर्ष परिवर्तनको रूपमा मनाए भने विशेषतः हामी नेपालीहरूले सौरमहिनाको सुरुवाती चरणलाई वर्ष परिवर्तनको रुपमा मनाउँदै छौँ ।

त्यसैले निष्कर्षमा भन्नुपर्दा माथिको विषयबाट हामीलाई के कुराको ज्ञान भयो भने सृष्टिको पहिलो दिन एउटै बिन्दुमा रहेका चैत्र शुक्ल प्रतिपदा र वैशाखे संक्रान्ति अहिले आएर भिन्नभिन्न समयमा भएका रहेछन् । त्यसैले यी कुनैपनि दिनबाट नववर्षारम्भ भएको मान्नु यसो स्थूल बुद्धिले सोँच्दा उपयुक्त हुने नै देखिन्छ । तर यसो फेरी सूक्ष्म बुद्धिले विचार गर्दा स्थिर बिन्दु त वैशाख १ नै हो । चैत्र शुक्ल प्रतिपदा त अस्थिर बिन्दु हो । जुन यताउता यताउता सरिरहन्छ । कालान्तरमा दृश्य मेषसंक्रान्ति, चैत्रशुक्लप्रतिपदाएवम् गणितागत मेषसंक्रान्ति त एकै समयमा नै पर्ने हुन् । अर्थात् अस्थिर बिन्दुहरू चैत्र शुक्लप्रतिपदा र दृश्य मेषसंक्रान्ति त स्थिर बिन्दु गणितागत मेष संक्रान्तिमा आएर मिल्ने नै हुन् । त्यसैलेपनि प्राचीन सूर्य सिद्धान्तका आधारमा रचना गरिएको भन्ने भास्वती नामको ग्रन्थमा शतानन्दले अहर्गण साधन गणितागत मेष संक्रान्तिको दिनको तिथिबाटै गरेका छन् । त्यति मात्र नभएर नेपालमै नेपाली गणक लक्ष्मीपति पाँडेद्वारा रचना गरिएको रत्नदीप नामको ग्रन्थमा पनि मेष सङ्क्रान्तिदेखि नै अहर्गण साधन गरिएको छ ।

अतः भारतमा जस्तै चैत्र चान्द्र महिनाको पहिलो तिथिबाटै मात्र नववर्षारम्भको सुरुवात भएको भनेर रङ्गिँदा विग्रेकै त केही होइन तर म्लेच्छ र यवनहरूको प्रकोपबाट हाम्रा धेरै शास्त्रहरूको रक्षा गर्न पुगेका हाम्रा पितापुर्खाले मान्दै आएको सूर्यको मेष संक्रमणकालबाटै सौर नववर्षारम्भ र चैत्रशुक्ल प्रतिपदाबाट चान्द्र नववर्षारम्भको सुरुवात मानी मनाउँदा अझै उपयुक्त हुने देखिन्छ । इति शम् । सौरमान अनुसारको नववर्ष २०८१ को सबैमा हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?