ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी

सडक बत्तीको महसुल असुलीमा सहयोग नगर्ने स्थानीय तहको आगामी सातादेखि सडक बत्ती वा कार्यालयको लाइन काटिने प्राधिकरणले बताएको छ । सहयोग गर्ने स्थानीय तहहरुलाई सम्मान गर्ने तयारी पनि प्राधिकरणले गरेको छ ।
५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

बुटवल, ५ वैशाख ।

लुम्बिनी प्रदेशका स्थानीय तहहरुमा सडक बत्ती बापतको ठूलो बक्यौता उठ्न बाँकी देखिएको छ । प्राधिकरणसँग स्थानीय पालिकाहरुले सडक बत्ती बापतको विद्युत महसुल भुक्तान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालय बुटवलका अनुसार विभिन्न वितरण केन्द्र अन्तर्गत सडक बत्ती जडान गरी महसुल बक्यौता रहेका पालिकाहरुले किस्तावन्दीमा महसुल भुक्तानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय मातहत ११ वटा वितरण केन्द्र छन् । ती वितरण केन्द्रहरुमा ३७ करोड ४१ लाख ५५ हजार ५० रुपियाँ विद्युत बक्यौता उठ्न बाँकी छ । सबैभन्दा धेरै बक्यौता बुटवल वितरण केन्द्र अन्तर्गत छ ।

प्राधिकरणको बुटवल वितरण केन्द्र अन्तर्गत सडक बत्ती बापतको ९ करोड ८० लाख ६८ हजार ३०० रुपियाँ बक्यौता छ । यो २०८० फागुनसम्मको हो । बुटवल उपमहानगरपालिकामा ६५ थान सडकबत्ती जडान छन् भने बिना मिटर जडान भएका सडक बत्ती झिक्ने कार्य निरन्तर रहेको प्राधिकरणका प्रदेश कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उपमहानगरपालिकाले यही वैशाख १० गतेभित्र नगर परिषदको बैठक राखेर मिटर नभएका सडक बत्तीको महसुल आगामी आर्थिक वर्षमा किस्तावन्दीमा भुक्तानी प्रक्रियामा जाने प्रतिवद्धता जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बक्यौता महसुल बुझाउने कुरामा नगरपालिका तयार रहेको भन्दै आफूले प्राधिकरणसँग कहिलेदेखिको बक्यौता हो, त्यसको विवरण माग गरेको बताए । “बक्यौता तिर्नको लागि नगर परिषदले निर्णय गर्नुपर्छ, एकैपटक ठूलो रकम बुझाउन अप्ठेरो हुन्छ, तिर्नुपर्ने बक्यौता क्रमशः बुझाउँदै जाने गरी अगाडि बढ्ने कुरा भएको छ”–नगरप्रमुख पाण्डेले न्युज बुटवल टुडेसँग भने ।

मुख्यराजमार्गको सडकबत्तीको भुक्तानी उपमहानगरले बुझाउने छ । त्यस्तै उपभोक्ता समितिले बिल भुक्तानी नगरे आगामी असारसम्म बत्ती काटिने प्राधिकरण प्रमुख पाण्डेले बताए । “बुटवल वितरण केन्द्र अन्तर्गतका स्थानीय तहहरुमा समस्या छैन, सैनामैनामा २२ थान र देवदह र तिनाउ गाउँपालिकामा सम्पर्कको प्रयास भैरहेको छ”–उनले भने । बक्यौता प्रमाणित गराई स्थानीय तहबाट क्रमशः किस्तावन्दीमा भुक्तानी गर्न प्रतिवद्धता प्राप्त भएको प्राधिकरण प्रमुख पाण्डेको भनाई छ ।

प्राधिकरणको पाल्पा वितरण केन्द्र अन्तर्गत ७ करोड १६ लाख ४१ हजार ७८० रुपियाँ सडक बत्ती बापतको बक्यौता छ । “पाल्पाको तानसेन नगरपालिकाले मिटर नभएको सडक बत्तीको महसुल भुक्तानी गर्न सहमत भएको छ भने अन्य स्थानीय तहहरुमा समस्या छैन”–उनले भने । त्यस्तै कृष्णनगर वितरण केन्द्र अन्तर्गत ६ करोड २५ लाख ९४ हजार ४८० रुपियाँ बक्यौता छ भने तौलिहवा वितरण केन्द्र अन्तर्गत ५ करोड ५६ लाख ६६ हजार १६० रुपियाँ सडक बत्ती बापतको महसुल उठ्न बाँकी छ ।

तौलिहवा नगरपालिकाले पनि क्रमशः किस्तावन्दीमा बक्यौता बुझाउन सहमत भएको छ । बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन र मायादेवी गाउँपालिकामा बिना मिटरका बत्तीको संख्या यकिन गरिएको पाण्डेले जानकारी दिए ।

परासी वितरण केन्द्र अन्तर्गत ४ करोड ५७ लाख ४५ हजार ६५० रुपियाँ बक्यौता छ । सुनवल नगरपालिकाले किस्तावन्दीमा बक्यौता भुक्तानी गर्न थालेको छ । प्राधिकरणको भैरहवा वितरण केन्द्र अन्तर्गत ३ करोड ७८ लाख ९७ हजार १५० रुपियाँ बक्यौता छ । प्राधिकरणले सिद्धार्थनगर नगरपालिकाको मिटर जडान भएका १४ सडक बत्तीको सबै बक्यौता असुलेको छ । त्यस्तै मिटर जडान भएको ७ वटा सडक बत्तीको असार सम्ममा असुली गर्ने सहमति जनाएको छ ।

प्राधिकरण प्रमुख पाण्डेका अनुसार मिटर जडान नभएको ५ करोड ६४ लाख ८२ हजारको किस्तावन्दीमा भुक्तानी गर्ने सहमति भएको छ । यद्यपि सिद्धार्थनगरले भने उक्त पुरानो बक्यौथा मिनाहाका लागि उर्जा मन्त्रालयसँग आग्रह गरेको छ । ओमसतिया गाउँपालिकामा मिटर जडान नभएको २ लाख बक्यौता बाँकी छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाले भने रु ३ लाख ५० हजार बक्यौता गत आर्थिक वर्षमा नै बुझाइसकेको छ । मर्चवारी, मायादेवी, कोटहीमाई र समरीमाईमा भने समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको बर्दघाट वितरण केन्द्र अन्तर्गत १४ लाख ७७ हजार ३८० रुपियाँ बक्यौता छ । बर्दघाट नगरपालिकाले भने सबै रकम नियमित भुक्तानी गरिरहेको छ । सुनवल, प्रतापपुर, सरावल, विनयी त्रिवेणी र सुस्ता गाउँपालिकाले बर्दघाट वितरण केन्द्रतर्फको सडक बत्ती प्रमाणित गरेको पाण्डेले बताए ।

त्यस्तै नयाँमिल वितरण केन्द्र अन्तर्गत ६ लाख ८५ हजार ८८० रुपियाँ बक्यौता छ । गुल्मी वितरण केन्द्रमा ३ लाख ४९ हजार ३५० रुपियाँ बक्यौता छ । जसमा रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्षमा भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ । अमुवा वितरण केन्द्रमा २८ हजार ९३० रुपियाँ मात्र बक्यौता छ । सियारी गाउँपालिकामा मिटर नभई जडान भएका बत्तीको गणना सम्पन्न भएको, गत आर्थिक वर्षसम्म भुक्तानी भैरहेको र बाँकी बक्यौता ३ लाख रहेको प्राधिकरणले जनाएको छ । अर्घाखाँची वितरण केन्द्रमा भने खासै समस्या नरहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले बक्यौता तिर्नको लागि किस्तावन्दीको सुविधा दिएको प्रदेश कार्यालयका प्रमुख पाण्डेले बताए । सडक बत्तीको महसुल असुलीमा सहयोग नगर्ने स्थानीय तहको आगामी सातादेखि सडक बत्ती वा कार्यालयको लाइन काटिने प्राधिकरणले बताएको छ । सहयोग गर्ने स्थानीय तहहरुलाई सम्मान गर्ने तयारी पनि प्राधिकरणले गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?