ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

तंग्रिन सकेनन् घरेलु उद्योग

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

प्यूठान, ५ बैशाख । जिल्लाका साना तथा घरेलु उद्योग तंग्रिन सकेका छैनन् । कोराना अघिसम्म रामै्र बजार पाएका केही उद्योग जेनतेन चलेका छन् भने कतिपय बन्द भैसकेका छन् । स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै सञ्चालनमा आएका यस्ता उद्योगले धेरैलाई रोजगारी दिएको थियो । तर कोरोना महामारीपछि त्यस्ता घरेलु उद्योगको अवस्था नाजुक बन्दै गैरहेको छ । घरेलु उद्याग बन्द हुँदा त्यहाँ कार्यरत मजदुरले रोजगारी गुमाएका छन् ।
२०६९ सालबाट प्यूठान नगरपालिका ९ मरन्ठानामा झिमरुक हर्वल सावुन उद्योग सञ्चालन गर्दै आएकी दुर्गा केसीको उद्योग अहिले बन्द छ । खरिबोटमा स्थानीय कच्चा पदार्थ चिउरीबाट हर्वल सावुन बनाउने उनको उद्योग बितेको एक बर्षदेखि पुर्णरूपमा बन्द भएको हो । कोरोना महामारी अघिसम्म राम्रै चलेको उद्योगले अहिले बजार नपाउँदा बन्द भएको उद्योग सञ्चालक दुर्गा केसीले सुनाईन् । २०६८ सालमा सावुन बनाउने तालिम लिएकी थिए । त्यसको एक बर्षपछि उद्योग खोलेर चलाउन सुरु गरेको बताईन् । कुनै समय प्यूठानको हर्वल साबुन जापान समेत निर्यात हुने गरेको उनको अनुभव छ ।

‘चिउरी, घिउकुमारी प्रयोग गरेर सावुन बनाउने गरिएको थियो,’सञ्चालक दुर्गा केसीले भनिन,‘अहिले उद्योगमा ताला लागेको बर्षदिन बित्यो ।’ कोरोना महामारीपछि उद्योगमा ठुलो क्ष्यती पुगेको उनको भनाई छ । उद्योगमा कुनै समय तिन चार जना कामगर्ने मान्छे थिए । राम्रै कमाई गरेको थियो । हर्वल साबुन भनेपछि धेरैले रुचाउथे पनि । तर कोरोना पछि त्यसको स्वरूपनै परिवर्तन भयो । उत्पादनले बजार पाउन छोडेपछि उद्योगले उत्पादन बन्द गरेको उनले बताईन् । बजारनै पाउदैन्, पहिलेको जस्तो कच्चा पदार्थपनि सहज नभएको सुनाईन् ।
दुर्गाले भनिन पहिले कस्तो थियो, एक दुई बर्षमै उद्योग यो हालतमा आयो । कुनै समय मरन्ठानाको हर्वल सावुनले जिल्लामा पनि राम्रो बजार ओगटेको थियो । कोरोना महामारी अघिसम्म उद्योगले राम्रै आम्दानी गर्ने गरेको सञ्चालक केसीले बताईन् ।

उद्योगसंगै अन्यको रोजगारीसमेत गुमेको छ । उद्योगमा कामगर्ने तिनजना कामदारलाई उद्योग नचलेपछि घर फर्काएको सञ्चालक केसीले बताईन् । नौबहिनी गाउँपालिका १ स्याउलीवांगकी चित्रकली बुढाको कोठिहिमाल अल्लो उद्योग पनि कोरोना महामारीपछि आफ्नो लयमा आउन सकेको छैन् । स्थानिय कच्चा पदार्थ अल्लोबाट तयारी पोसाक बनाउने उद्योग सञ्चालनमा रहेपनि तिन चार बर्ष अघिको अवस्थामा छैन् ।
स्याउलीवांगमा प्रशोधन केन्द्र थियो । बहानेमा सिलाई बुनाई पनि थियो । प्यूठान नगरपालिका १० बडरामा तयारी पोसाक बिक्रि गर्ने उद्योग थियो । तर कोरोना महामारिपछि उनको ती तिनवटै स्थानमा काम ढिलागरी सुरु भैरहेको छ । ‘काम गर्ने दर्जनौं मान्छे थिए, अहिले पहिलेको तुलनामा आधापनि जनशक्ति लागेको छैन्,’ उनले भनिन,‘कोरोनापछि ब्यापार पुरै सिथिल बनेको छ ।’ अल्लोबाट बनेका तयारी पोसाक मेला महोत्सवमा राम्रो बिक्रि हुने गरेपनि पछिल्लो समय जिल्लामा मेला महोत्सव लागेका छैनन । बाहिरी जिल्लामा पनि गएर पहिलेको जस्तो ब्यापार नभएको चित्रकली बताउँछिन् । उनी भन्छिन ब्यापार पलिहेको तुलनामा २० प्रतिशत पनि भैरहेको छैन् । कोरोना महामारी अघिसम्म चित्रकलिको अल्लो उद्योगमा डेढ करोड रूपैयासम्मको कारोवार हुने गरेको थियो ।

कोरोनाले साना तथा घरेलु उद्योगहरू धरासायी बनेको मल्लरानी गाउँपालिका ४ खलंगामा चप्पल उद्योग सञ्चालन गरिरहेकी नर्मदा भट्ट सुनाउँछिन् । ब्यापारमा मन्दि लागेको छ । उत्पादित सामानले बजार नपाउदा उद्याृग बन्दहुने अवस्थामा पुगेको उनले बताईन् । बजारमा पैसा छैन्, पैसा नभपछि कारोबार कसरी हुन्छ र उनले भनिन । कोरोनापछि समस्याग्रस्त घरेलुउद्योगलाई उठाउन स्थानीय तहले कार्यक्रमनै ल्याउनुपर्ने उनको बुझाई छ । कच्चा पदार्थ खरिददेखी उद्योगलाई फेरी उठाउन स्थानीय तहले कार्यक्रम ल्याउनुपर्छ । ‘उद्योग चलाउन सक्ने क्षमता उद्यमीसंग छैन्,’ उनले भनिन,‘दुईबर्ष पहिलेको असर अहिले देखिइरहेको छ ।’ सञ्चालनमा रहेको उद्योगले पनि कर्मचारी कटौति गर्ने, उत्पादन आधाभन्दा कममा झार्ने गरेका छन् ।

प्यूठान जिल्लामा सानाठूला तिन हजार ६ सय साना तथा घरेलु उद्योग दर्ता छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता यस्ता उद्योगपनि पछिल्लो समय नयाँ दर्ता भन्दापनि खारेजीमा जाने बढेको कार्यालयका सुचना अधिकारी चप्मक श्रेष्ठले जानकारी दिए । चालु आर्थिक बर्षमा उद्योग खारेजीका लागी आएकाहरूको संख्या ३० जना छ । त्यसमा पनि अधिकांश महिलाले सञ्चालन गरेका उद्योग रहेको श्रेष्ठले बताए । घरेलु उद्योगमा कृषि फर्म, खारेजीमा बढि आउने गरेका छन् । केहि पहिलेदेखि चलेका उद्योगपनि बन्द भएका छन् । प्यूठानमा नयाँ दर्ता हुने उद्योगभन्दा खारेजीमा जाने उद्योगको संख्या बढि रहेको कार्यालयको तथ्याङमा छ । ‘बजारको समस्या अहिलेका उद्योगको मुख्य समस्या छ,’उनले भने,‘सरकारबाट यस्ता उद्योगलाई राहतको आवश्यक छ ।’ सरकारले नयाँ उद्यमी शृजना गर्न तालिमको आयोजना गर्ने गरेपनि पुराना उद्योगलाई टिकाईराख्न पहल गर्नुपर्ने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?