ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक

‘विज्ञापन बजारलाई मर्यादित बनाउन समन्वय र सहकार्य’
४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

बुटवल , ४ बैशाख।  बुटवलमा केन्द्रीय कार्यालय रहेका राष्ट्रिय ‘क’ वर्गका चार वटा छापा माध्यम (पत्रिका) को प्रकाशन संस्थाका प्रमुख तथा प्रतिनिधिहरू बसेर संयुक्त निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको संयुक्त बैठकले विज्ञापन बजारलाई मर्यादित बनाउनको लागि ठोस पहल गर्ने समेत निर्णय गरेको छ ।

बुटवल बाट प्रकाशित हुने बुटवल पब्लिकेशन प्रालिबाट प्रकाशित बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक नवराज कुँवर, बुटवल मिडिया प्रकाशन प्रालिद्वारा प्रकाशित दैनिक पत्र पत्रिकाका प्रधान सम्पादक डा. बालकृष्ण चापागाई, मेचिकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित मेचिकाली सन्देश दैनिकका कार्यकारी प्रमुख विष्णु गैरे, सिद्धार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनीका प्रबन्धक महेश रिजालको संयुक्त बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

बैठकले विभिन्न तह र निकायमा सल्लाहकार रहेका पत्रकारहरूबाट प्रायोजित समाचार सम्प्रेषण भई पत्रकारिताको आचारसंहिता र व्यवसायिक हित विपरीत कार्य भएको पाईएकोले आ–आफ्नो मिडिया हाउसको मुख्य जिम्मेवारीमा नराख्ने निर्णय समेत गरेको छ । साथै प्रेस सल्लाहकार सल्लाहकारहरू मार्फत आएका समाचारहरूलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ । विज्ञापन बजारलाई मर्यादित र सहज बनाउनको लागि कुनै पनि सरकारी निकायहरूको विज्ञापन प्रकाशित भए पश्चात भुक्तानी दिँदा उक्त सञ्चार संस्थाको कानून बमोजिम हुनुपर्ने विलको प्रतिलिपी अनिवार्य हेरेर मात्रै भुक्तानी गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

कतिपय स्थानीय तहका टेण्डर विज्ञापनहरू नेपाल सरकारबाट बर्गिकरणमा नै नपरेका पत्रपत्रिकाहरूमा प्रकाशित गर्दा टेण्डरहरू नै रद्द भएका घटनाहरू देखिएकोले सरकारी कार्यालय, प्रदेश सरकार र स्थानीय तहलाई विज्ञापन प्रकाशित गर्दा प्रेस काउन्सिल नेपालबाट राष्ट्रिय रूपमा बर्गिकरणमा परेका पत्रपत्रिकाहरूमा मात्र विज्ञापन प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै छापा माध्यममा प्रायोजित समाचारलाई प्रकाशन नगर्ने, विज्ञापन क्षेत्रमा भए गरेका विकृति विसंगती अन्त्यका लागि सबै निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?