ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

लमही, ४ बैशाख । जिल्लाका केही विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरूले सरकारी विद्यालयहरूमा पढ्नुपर्छ भन्ने अभियान शुरु गरेका छन् । गढवा गाउँपालिकाको वडा नम्बर ६ ले पनि फरक तरिकाले अभियानलाई शुरु गरेको छ । आईतबार गढवा गाउँपालिका वडा नम्बर ६ का सबै विद्यालयहरू, जनप्रतिनिधि र वडा कार्यालय एकजुट भएर पञ्चेबाजा बजाउँदै सरकारी विद्यालयहरूमा विद्यार्थी भर्नाको आव्हान गरिरहेका छन् ।

‘बोर्डिङमा पढ्न नै गाह्रो छ, मलाई त सरकारी प्यारो छ । बोर्डिङमा पढ्दिनँ–म त सरकारी स्कूलमै पढ्छु ।’– भन्ने गित र पञ्चैबाजाको रौनकताले आइतवार गढवाका गाउँ–गाउँ र बजारमा नौलो अभियानको रौनकता छाएको आभाष भल्किन्थ्यो । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको गढवा गाउँपालिकाले जनाएको छ । नेपाल सरकारका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले नैतिक रूपमा आफ्ना बालबालीकाहरूलाई सरकारी विद्यालयमा पढाउने अभियानलाई उत्प्रेरित गर्न यस्तो अभियान संचालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए । शिक्षा अर्जन गर्ने नैसर्गिक अधिकारबाट बालवालिकाहरूलाई कसैले पनि वञ्चित गर्न नमिल्ने र सबै शिक्षक कर्मचारी र जनप्रतिनिधिहरूले समेत नैतिक रूपमा सरकारी विद्यालयहरूमा आफ्ना बालबालीका पढाउन उनले आव्हान गरे ।

कानूनतः दवाब दिन मिल्दैन तर नैतिक रूपमा गुणस्तर सुधारका लागि सबैले सरकारी विद्यालयमा पठाउने अभियानलाई सहयोग गर्नुपर्छ–अध्यक्ष शर्माले भने । गतबर्ष गढवाका सबै सरकारी बिद्यालयहरूको कक्षा ८ को नतिजा निकै निराशाजनक आएपछि त्यसलाई निर्मम समिक्षा गर्दै यसबर्ष सबैजसो विद्यालयहरूमा अतिरिक्त कक्षा संचालन गरेपछि सबैको प्रयासबाट अहिलेको रिजल्ट सुधार गर्न सफल भएको शर्माले बतार सरकारी बिद्यालयहरूमा गुणस्तर सुधारका लागि गाउँपालिकाले थुपै्र योजनाहरू बनाएर काम गरिरहँदा सन्तोषजनक परिणाम आएको उनले बताए ।

आईतबार जनता माबि गढवाको प्राङ्गणबाट निस्किएको सरकारी बिद्यालयका शिक्षकहरू, बिद्यालय ब्यवस्थापन समिति र जनप्रतिनिधिहरूको पञ्चैबाजा सहितको र्यालीले बुद्धज्योतीरोड, बनकट्टी, थानदेउखुरी हुँदै गढवा बजार परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा ब्यक्तिगत घटना दर्ता समयमै गर्न नागरिकहरूलाई सचेतना समेत प्रवाह गरिएको थियो । बिद्यालय जानबाट कुनैपनि परिवारले बालबालिकाहरूलाई वञ्चित गर्न नमिल्ने यदि यसो गरेको पाईएमा सेवा सुविधाहरू समेत रोकेर बालबालीकाहरूलाई पढाउने दायित्व स्थानीय सरकारले लिने बताए । पढाउनै नसक्ने बिपन्न परिवारलाई हामीले के सहयोग गर्नुपर्छ वडामा आएर गुनासो राख्नुस तर सबैले सरकारी विद्यालयमा वालबालीकाहरू पठाउनुस कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बिरबहादुर आले मगरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?