ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

दाङ, ३ वैशाख ।

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम संचार नीति कस्तो बनाउने भन्ने विषयमा अवश्यक सुझावको अपेक्षामा सरकार रहेको बताएकी छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औं साधारणसभा तथा १२ औं अधिवेशन एवम् मिडिया महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले संविधानको कार्यभार र कानुनमा उल्लेख भए अनुसारको जिम्मेवारी पूरा गर्न अब मिडिया र राजनीतिक क्षेत्रबाट अभियान चलाउनु पर्ने बेला आएको बताइन् ।

अहिले पनि महिला उत्पीडन, सिमान्तकृत समुदायका मुद्दा, अधिकार कार्यान्वयनको विषयमा चुनौति देखिएको हुँदा संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न मिडियाको सशक्त भूमिका हुनुपर्ने उनले बताइन् ।

’महिला उत्पीडनका कुरा व्यवहारमा उतार्न कार्यभार राज्यले लिने बनाउन मिडियाको सशक्त भूमिका हुनुपर्छ । संविधानमा लेखिएको मौलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार रुपमा मिडियाले भूमिका खेल्न सक्छ भन्नेमा म विश्वस्त छु’ उनले भनिन् ।

समाजमा नकारात्मक धारणाले स्थान पाउने अवस्था बन्दै जानु मुलुकका लागि अहित भएको भन्दै आशाको दियो बाल्न थोरै सही तर कोशिस गर्न ढिलाइ गर्न नहुने धारणा राखिन् । समाजमा नकारात्मक मात्रै छ भन्ने भाष्य गलत छ । के यहाँ कुनै कुरा सकारात्मक कुरा भएको छैन ? समाजको हितमा लागेकाहरुको भूमिका सकारात्मक छैन र ?’ उनले भनिन् ’अब आशाको दियो बाल्न थोरै सही तर कोशिस गरौँ । समाजका सफलताका कथा बाहिर ल्याउनु लागौेँ ।’

गणतन्त्र माथिको गलत लान्छना लगाउने विरुद्ध बलियो आवाज उठाउन मिडियाको मुल मुद्दा बनाउन उनले आग्रह गरिन ।

अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता एक अर्काका परिपूरक रहेको उनको भनाई थियो । देशलाई अग्रगतिमा लैजान दुवै पक्ष गम्भीरतापूर्वक जनउत्तरदायी हुनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा उनले आम संचारको क्षेत्रमा आएको परिवर्तनलाई व्यवस्थित गर्न पुनर्संरचना जरुरी रहेको औल्याइन् । आम संचार ऐन र प्राधिकरण गठन भईसकेपछि काम प्रकृयामा अघि बढेको छ’ उनले भनिन् ’सामाजिक संजाल विधेयक मन्त्री परिषदमा लैजाने तयारी भएको छ । साईबर सुरक्षा, सुचना प्रविधि लगायत ऐन अघि बढाउने तयारी भएको छ । साना लगानीका मिडिया र मोफसलका मिडिया सबलीकरणमा के गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीर छौँ ।’

कार्यक्रमको उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङ शाखा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले राजनीतिमा देखिएको विकृति पत्रकारितामा भित्रिनु चिन्ताको विषय भएको बताए ।

सो अवसरमा बोल्ने वक्ताहरुले बदलिँदो परिवेशमा मिडियाले खेल्दै आएको भुमिका र अबका दिनमा गर्नुपर्ने कामका बारेमा भनाइ राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, अकोराबका अध्यक्ष अर्जुन गिरी, केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेल, महासंघ प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, महासंघका सल्लाहकार सुदीप गौतम, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कडायत, नेपाली कांग्रेस दाङका सचिज अर्जुनकुमार योगी, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष बिमला भण्डारी, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, क्रियाशील पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष लीला शाह, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार संगठन दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्तप्रकाश वलीलगायत शुभकामना दिएका थिए ।

आरके शीतलले गरेका थिए । दुई दिन चल्ने कार्यक्रममा मिडियासँग सम्बन्धि विविध विषयमा बहस पनि हुदैछ । कार्यक्रममा बुटवल टुडेकर्मी रञ्जिता अधिकारी लगायत १७ जना पत्रकारलाई सम्मान एव पुरस्कृत गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?